काठमाडौं- सिद्धार्थ बैंकका ग्राहकहरुलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनले छुट दिने भएको छ । सिद्धार्थ बैंकले ग्राहकहरुलाई जावेद हबी सैलूनसगँ २५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशत सम्मको छुट दिने भएको हो ।
यस सम्झौताबाट बैंकले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराई डिजिटल कारोबारमा उत्प्रेरित गर्ने विश्वास जनाएको छ । साथै यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र,वा ‘सिद्धार्थ केयर’ मा मेल तथा फोन गर्न सक्ने बैंकले जनाएकाे छ ।