Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • बिपी समावेशी लोकतन्त्रका प्रणेता
बिपी समावेशी लोकतन्त्रका प्रणेता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०८२
धर्मेन्द्र झा

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए, यो भन्न कञ्जुस्याइँ गरिरहनु जरुरी छैन । उनी यथास्थितिवादी राजनीतिका एक यथास्थितिवादी नेता थिएनन्, बरु विचार र दर्शनका आधारमा विद्यमान राजनीतिलाई गति दिनसक्ने र समयानुकूल मोड्न सक्ने तथा तार्किक निष्कर्षमा पुर्याउन सक्ने क्षमतायुक्त राजनेता थिए ।

राजनीतिमा विकसित प्रत्येक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहार कुशलता भएका अन्तर्राष्ट्रियस्तरको राजनेताका रूपमा उनी सुपरिचित भए । नेपालको राजनीतिमा बिपी कोइराला एउटा व्यक्तिमात्र नभएर युगद्रष्टा पनि थिए भनेर भनियो भने अतिशयोक्ति हुने छैन । जतिबेला नेपालको समाज विकसित भइसकेको थिएन उनले उतिबेलै मुलुकको समृद्धिको सपना देखिसकेका थिए । सपना देख्नेमात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने परिकल्पनासहितको योजनाको खाका पनि बनाइसकेका थिए । नेपालका सन्दर्भमा झण्डै १८ महिने उनको प्रधानमन्त्रित्वकाल प्रजातन्त्रका लागि स्वर्णकाल मानिन्छ । यो अवधि देशको आधुनिकीकरण अनि विकासको दिशामा एउटा प्रस्थानबिन्दु मात्रै थिएन, बरु त्यो प्रस्ट दृष्टिकोण र दूर दृष्टिपूर्ण राजनीतिको एउटा सुरूआत पनि थियो भन्दा अस्वाभाविक हुँदैन । उनको नेतृत्वमा समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना हुन सकेको थियो र देशको एउटा भविष्यरेखा कोरिएको थियो । आज नेपाली राजनीतिमा त्यो नै बिपी चिनाउने एउटा विम्ब बनेको छ । यतिमात्र होइन, आज नेपालको विकासको खाकाको बिपीकै चिन्तनमा आधारित छ भन्दा असंगत ठहर्दैन ।

आर्थिक रूपान्तरण गरी जनताको जीवनस्तर माथि नउठाएसम्म लोकतन्त्र फलदायी हुन सक्दैन र लोकतन्त्रको अभावमा देशको विकासले कोल्टो फेर्न असम्भव हुने दर्शनका आधारमा उनले उद्योग, कलकारखाना स्थापनामा जोड दिएका थिए । उनले जनता केन्द्रित राजनीतिका आधारमा नेपाली समाज र भूगोललाई जोड्ने कालजयी प्रयास गरेका थिए । उनले राजनीतिलाई नयाँ अर्थ प्रदान गर्ने सन्दर्भमा बहिष्करणमा परेका जात, समुदाय र भूगोललाई राज्यको मूलधारमा प्रवाहीकरण गर्ने अवधारणा कार्यान्वयनको प्रयास थालेका थिए । आज समावेशीका नाममा राजनीति गर्नेहरूले बुझ्नु जरुरी छ, बिपीले उतिबेलै समावेशी सिद्धान्तको प्रतिपादनमात्र होइन कार्यान्वयन नै गरेका थिए र राष्ट्र निर्माणको प्रक्रियालाई दिशानिर्देश गर्ने प्रयत्न गरेका थिए । आज समावेशीकरणको कुरा जति भएको छ, त्यसको आधार बिपीले २०१५ सालमै खडा गरिसकेका थिए । उनको मन्त्रीमण्डल, उनले नियुक्ति गरेका व्यक्तिहरूलाई हेर्दा देशको सबै भूगोल, जातजाति, वर्ग समुदायको प्रतिनिधित्व भएको पाइन्छ । यस आधारमा भन्न सकिन्छ कि समावेशीकरणका माध्यमले उनले सामाजिक न्यायमा पनि जोड दिएका थिए । उनीपछिका दिनमा यो अवधारणाको कार्यान्वयनले सार्थक अर्थमा निरन्तरता प्राप्त गर्न सकेन ।

बिपीले जनता केन्द्रित राजनीतिका आधारमा नेपाली समाज र भूगोललाई जोड्ने कालजयी प्रयास गरेका थिए । उनले राजनीतिलाई नयाँ अर्थ प्रदान गर्ने सन्दर्भमा बहिष्करणमा परेका जात, समुदाय र भूगोललाई राज्यको मूलधारमा प्रवाहीकरण गर्ने अवधारणा कार्यान्वयनको प्रयास थालेका थिए । आज समावेशीका नाममा राजनीति गर्नेहरूले बुझ्नु जरुरी छ, बिपीले उतिबेलै समावेशी सिद्धान्तको प्रतिपादनमात्र होइन कार्यान्वयन नै गरेका थिए र राष्ट्र निर्माणको प्रक्रियालाई दिशानिर्देश गर्ने प्रयत्न गरेका थिए । 

Hardik health

नेपालको राजनीतिक विकासक्रमलाई मिहीन ढंगले विश्लेषण गरिएको खण्डमा उनको समयमा नेपालको राजनीति एउटा खास भूगोल र क्षेत्रमै सीमित रहेको पाउन सकिन्छ । उनले यस अवस्थामा परिवर्तन खोजे । समाजको यथार्थलाई राम्ररी बुझेका उनले बहुलवादमा आधारित समाजवादको नीति तय गरेका थिए । उनले सोहीअनुसारको नीति, योजना र कार्यक्रमहरू ल्याएबाट यो तथ्यको पुष्टि हुन्छ । यसको एउटा मुख्य उदाहरण भूमि सुधारलाई मान्न सकिन्छ । अहिले देशमा भूमि व्यवस्थासम्बन्धी जे जति काम हुन सकेका छन्, उनकै नीतिमा आधारित रहेका छन् ।

बिपी चिन्तनको विश्लेषणका आधारमा भन्न सकिन्छ, उनका लागि आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त थियो । उनमा यो अवस्था प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । कुनै दुईमत हुन सक्दैन, बिपीको यही दृढता नै आजको नेपाली राजनीतिको मार्गदर्शनको सिद्धान्त हो । त्यो बेला नेपाली कांग्रेसले अख्तियार गरेका धेरै नीतिहरू कांग्रेसको गर्भसिद्धान्त अर्थात् समाजवादी दर्शनका विम्ब हुन् । त्यसअघि वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैटौं महाधिवेशनले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई पार्टीको मूल सिद्धान्तका रूपमा प्राणप्रतिष्ठा गरेको थियो । यही महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्नेलगायत विभिन्न १८ वटा प्रस्ताव पारित गरेको थियो । उनले त्यतिबेला समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न संकल्प गरेका छौं भनेका थिए । आज पनि यसैको जगमा नेपाली कांग्रेस बाँचिरहेको छ ।

राजनीतिक दृष्टिकोण र बदलिँदो विश्व राजनीतिका कारण राष्ट्र निर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता जहिले पनि पर्दछ । लोकतन्त्रलाई सञ्चालन गराउने केही आवश्यकीय संरचनाहरूको कल्पना उनले पहिले नै गरेका थिए । जस्तै, प्रेस स्वतन्त्र नभएसम्म लोकतन्त्र बलियो हुन सक्दैन भन्ने उनको प्रस्ट बुझाइ थियो । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बिपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेका दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ । उनको विश्वास थियो, यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार तयार पार्छ ।

बिपीको राजनीतिक दूरदर्शिता उनको मेलमिलापको नीतिबाट छर्लंग हुन्छ । उनी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किएका थिए । निर्वासनको यो आठ वर्ष बिपीका लागि अत्यन्त कष्टपूर्ण, कठिन र संघर्षयुक्त रहेका थिए । निर्वासनबाट स्वदेश फर्कनु स्वयं बिपीका लागि, नेपाली कांग्रेसका लागि र समग्रमा नेपालका लागि निकै महत्वपूर्ण राजनीतिक खुड्किलो रहेको त्यसबेला स्वीकार गरिएको थियो । यो नीति अहिले पनि सान्दर्भिक र सामयिक छ । निकै जोखिम मोलेर नेपाल फर्कने सन्दर्भ बिपीको निकै ठूलो साहसिक निर्णय थियो । तत्कालीन राजनीतिक अवस्थाको विश्लेषण गर्ने हो भने यो जोखिमको अनुमान सहजै गर्न सकिन्छ । मृत्युदण्डसमेत हुनसक्ने प्रकृतिका आठवटा मुद्दा खेपिरहेका बिपीका लागि स्वदेश आगमनको निर्णय कम जोखिमपूर्ण थिएन । तर बिपी देश, प्रजातन्त्र र राष्ट्रियताको सम्वद्र्धनको उद्देश्य राखी स्वदेश फर्किए । यो उनको राजनीतिक दूरदर्शिता थियो । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुनसक्छ भन्ने उनको सोचलाई सबैले आत्मसात् गर्नु आवश्यक छ । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ ।

आज नेपालमा राजतन्त्र छैन । कम्युनिस्ट आन्दोलन पनि हिजोको अवस्थामा छैन । विश्वमा असंलग्न आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बिपी र नेपाली कांग्रेसको यो नीति आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा औचित्य छ ? यसको एउटै जवाफ हो, छ । देश आज संघीयतामा गएको छ । नयाँ संविधान कार्यान्वयनको अवस्थामा छ । हिजोको भन्दा फरक राजनीतिक अवस्था छ । राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ । भूराजनीतिक अवस्था संवेदनशील छ । यस्तो अवस्थामा सायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ । यस्तोमा उनले देखाएको मेलमिलापको बाटोको सान्दर्भिकता अझ बढेर गएको कुरामा दुई मत हुन सक्दैन । नेपालको विकास अपरिहार्य रहेको अवस्थामा नेपालका सबैथरि राजनीतिक शक्तिका बीच न्यूनतम समझदारीको आवश्यकतालाई अस्वीकार गर्न सकिँदैन ।

दुर्भाग्यवश उनले आफूले थालनी गरेका कार्यक्रम, योजना र नीतिहरूको कार्यान्वयन गर्न लामो समय पाएनन् । केही वर्ष उनले आफ्नो सोचअनुसार काम गर्न पाएको भए विश्वका अन्य धेरै राष्ट्रहरूले जसरी समृद्ध बन्न सके, नेपालले पनि त्यही गति समात्न सक्ने थियो । त्यहीँबाटै मुलुकले लामो समयसम्म सही बाटो पहिल्याउन सकेन । फलस्वरूप नेपालले एकदलीय निरंकुशता, सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता भोग्नुपर्यो । अब मुलुकमा लोकतन्त्र छ, उनको उत्तराधिकारीमाथि उनको त्यो सपना पूरा गर्नुपर्ने दायित्व थपिएको छ ।

बिपीका नारा र समाजवादको मन्त्र पढेर अनि कोरा अक्षरमा बिपीको नाम पुकारेर उनले देखेको सपना र उनले हाम्रो काँधमाथि छोडेर गएको लक्ष्यको भारीलाई हामीले गन्तव्यसम्म कहिल्यै पुर्याउन सक्दैनौं । बिपीले यो धर्ती छोडेको ४२ वर्ष पुगिसकेको छ । तथापि हामीलाई उनले छोडेर गएका कतिपय नीति, सिद्धान्त र आदर्शहरू युगौंयुगसम्म पनि हामीसँगै रहने छन् । 


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १२:४२
#धर्मेन्द्र झा
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP