Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • तीज गीत 'श्रीमानज्यू' सार्वजनिक
तीज गीत 'श्रीमानज्यू' सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२

काठमाडौं - गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ सार्वजनिक भएकाे छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव बोकेको गीतको एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भएकाे हाे ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षतामा एवं विशिष्ट गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा उक्त गीतलाई सार्वजनिक गरिएको थियो ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी, निर्वतमान अध्यक्ष हरिबल्लभ नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि नारायण रायमाझीले पछिल्लो समय तीजका अवसरमा भड्कीला गीतहरुले चर्चा कमाइरहेको समयमा मौलिक गीत सार्वजनिक गरकोमा खुशी व्यक्त गरे । उनले भने – ‘कुनै एक व्यक्ति वा संस्थाले मात्र सांगीतिक क्षेत्रमा भएको बिकृतिलाई हटाउन सक्दैन । त्यसको लागि प्रत्येक कलाकारले आफैंलाई सेन्सर गर्नु पर्छ ।’

यस्तै विशिष्ट अतिथि लोकप्रिय गायक पशुपति शर्माले आजका श्रीमतीलाई घरमा मात्र सीमित बनाउन नहुने बताए । नारीको इच्छा बुझेर करिअर निर्माणका लागि श्रीमानहरुले पनि उत्प्रेरित गर्नु पर्नेमा जोड दिए । गायक बद्री पंगेनीेले गीत संगीतमा देखिएको विकृतिले सांगीतिक क्षेत्रलाई धुमिल बनाउने हुँदा चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता भएको धेरै अगाडिदेखि महसुस गरेको बताए । कविता अर्यालको सिर्जनात्मक क्षमताको प्रंशसा गर्दै मौलिक गीत सार्वजनिक गरेकोमा बधाई दिए । गायक पंगेनीले भने – ‘गीतको शब्दले सम्पूर्ण तीजको मौलिकता र मर्मलाई समेटेको छ । अझ भिडियोले गीतको भावलाई सही तरिकाले उतार्न निर्देशक सफल भएका छन् ।’

Hardik health

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले स्थापनादेखि वर्तमानसम्म संस्थाले भोगेका चुनौती र संस्थाको सक्रियताको बारेमा चर्चा गरे । पछिल्लो समय गीतहरू व्यावसायिकतामा बढी केन्द्रित भएपछि विकृति आउने रहेछ भन्दै त्यो कुरालाई स्वयं स्रष्टाले नै सेन्सर गर्नुपर्ने धारणा राखे । त्यस्तै सार्वजनिक गीतका निर्देशक शंकर बिसीले गीतमा मौलिकता सम्बद्र्धन गर्नको लागि कुनै संस्थाको मात्र नभई सबैको दायित्व भएको जिकिर गरे । गीतकार तथा संगीतकार रमेश परियारले आफूले सिर्जना गरेको मौलिक गीत मार्फत् यो टिमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै गायिका कविता अर्यालले आफ्नो नयाँ गीतको सन्दर्भमा बोल्दै सधैं आफूले मौलिकतामा ध्यान दिएर सिर्जनाहरु सार्वजनिक गर्ने बताइन् । लोक, संस्कृतिका क्षेत्रमा आवद्ध रहेर सञ्चार क्षेत्रमा आफ्नो बेग्लै स्थान बनाउन सफल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीत सार्वजनिक गर्न पाउनु ठूलो अवसर भएको उनले भनिन् । आफूलाई कलाक्षेत्रमा प्रवेश गराई आफ्नो कलाकार बन्ने हुटहुटीलाई पुरा गरिदिएकोमा गायक बद्री पंगेनीलाई धन्यवाद दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै समारोहका सभापति आयोजक संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले पहिले चेलीका वेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला, उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न स्रष्टाहरूलाई अनुरोध गरे । उनले मौलिक कला संस्कृतिलाई बिगार्ने गीत सार्वजनिक हुँदा आफु र आफ्नो संस्था चुप लागेर बस्न नसक्ने बताए । मौलिक गीत संगीतको संरक्षण र प्रबद्र्धनका लागि गृह मन्त्रालय र साइबर ब्युृरो सम्म पुग्नु परेको बाध्यता अध्यक्ष गौतमले सुनाए ।

संस्थाका सचिव कमल सरगम चौलागाईंले सञ्चालन गरेको कार्यक्रममा महिला विभाग प्रमुख सविता पोखरेलले स्वागत मन्तब्य राखेकी थिइन्  । सार्वजनिक गीत ‘श्रीमानज्यू’ गायिकाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कविता अर्यालको स्वर रहेको गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ । कृष्ण केसीले संगीत संयोजन गरेको गीतलाई खडक बाजृुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । शंकर बिसीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा लोसिना लामिछानेले कम्मर मर्काएकी छिन् । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नविन घर्तीले सम्पादन गरेका हुन् ।

सोही समारोहमा आयोजक संस्थाका उपाध्यक्ष हरि दुलालको जन्मदिनको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाइएको थियो । उपाध्यक्ष दुलालले विशेष समारोहमा जन्मदिन मनाउन पाएकोमा खुशी व्यक्त गर्दै संस्थाको कल्याणकारी कोषका लागि ११ हजार १ सय ११ रकम सहयोग गरेका थिए ।

 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP