Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • तीज गीत 'श्रीमानज्यू' सार्वजनिक
तीज गीत 'श्रीमानज्यू' सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२

काठमाडौं - गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ सार्वजनिक भएकाे छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव बोकेको गीतको एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भएकाे हाे ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षतामा एवं विशिष्ट गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा उक्त गीतलाई सार्वजनिक गरिएको थियो ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी, निर्वतमान अध्यक्ष हरिबल्लभ नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि नारायण रायमाझीले पछिल्लो समय तीजका अवसरमा भड्कीला गीतहरुले चर्चा कमाइरहेको समयमा मौलिक गीत सार्वजनिक गरकोमा खुशी व्यक्त गरे । उनले भने – ‘कुनै एक व्यक्ति वा संस्थाले मात्र सांगीतिक क्षेत्रमा भएको बिकृतिलाई हटाउन सक्दैन । त्यसको लागि प्रत्येक कलाकारले आफैंलाई सेन्सर गर्नु पर्छ ।’

यस्तै विशिष्ट अतिथि लोकप्रिय गायक पशुपति शर्माले आजका श्रीमतीलाई घरमा मात्र सीमित बनाउन नहुने बताए । नारीको इच्छा बुझेर करिअर निर्माणका लागि श्रीमानहरुले पनि उत्प्रेरित गर्नु पर्नेमा जोड दिए । गायक बद्री पंगेनीेले गीत संगीतमा देखिएको विकृतिले सांगीतिक क्षेत्रलाई धुमिल बनाउने हुँदा चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता भएको धेरै अगाडिदेखि महसुस गरेको बताए । कविता अर्यालको सिर्जनात्मक क्षमताको प्रंशसा गर्दै मौलिक गीत सार्वजनिक गरेकोमा बधाई दिए । गायक पंगेनीले भने – ‘गीतको शब्दले सम्पूर्ण तीजको मौलिकता र मर्मलाई समेटेको छ । अझ भिडियोले गीतको भावलाई सही तरिकाले उतार्न निर्देशक सफल भएका छन् ।’

Hardik health

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले स्थापनादेखि वर्तमानसम्म संस्थाले भोगेका चुनौती र संस्थाको सक्रियताको बारेमा चर्चा गरे । पछिल्लो समय गीतहरू व्यावसायिकतामा बढी केन्द्रित भएपछि विकृति आउने रहेछ भन्दै त्यो कुरालाई स्वयं स्रष्टाले नै सेन्सर गर्नुपर्ने धारणा राखे । त्यस्तै सार्वजनिक गीतका निर्देशक शंकर बिसीले गीतमा मौलिकता सम्बद्र्धन गर्नको लागि कुनै संस्थाको मात्र नभई सबैको दायित्व भएको जिकिर गरे । गीतकार तथा संगीतकार रमेश परियारले आफूले सिर्जना गरेको मौलिक गीत मार्फत् यो टिमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै गायिका कविता अर्यालले आफ्नो नयाँ गीतको सन्दर्भमा बोल्दै सधैं आफूले मौलिकतामा ध्यान दिएर सिर्जनाहरु सार्वजनिक गर्ने बताइन् । लोक, संस्कृतिका क्षेत्रमा आवद्ध रहेर सञ्चार क्षेत्रमा आफ्नो बेग्लै स्थान बनाउन सफल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीत सार्वजनिक गर्न पाउनु ठूलो अवसर भएको उनले भनिन् । आफूलाई कलाक्षेत्रमा प्रवेश गराई आफ्नो कलाकार बन्ने हुटहुटीलाई पुरा गरिदिएकोमा गायक बद्री पंगेनीलाई धन्यवाद दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै समारोहका सभापति आयोजक संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले पहिले चेलीका वेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला, उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न स्रष्टाहरूलाई अनुरोध गरे । उनले मौलिक कला संस्कृतिलाई बिगार्ने गीत सार्वजनिक हुँदा आफु र आफ्नो संस्था चुप लागेर बस्न नसक्ने बताए । मौलिक गीत संगीतको संरक्षण र प्रबद्र्धनका लागि गृह मन्त्रालय र साइबर ब्युृरो सम्म पुग्नु परेको बाध्यता अध्यक्ष गौतमले सुनाए ।

संस्थाका सचिव कमल सरगम चौलागाईंले सञ्चालन गरेको कार्यक्रममा महिला विभाग प्रमुख सविता पोखरेलले स्वागत मन्तब्य राखेकी थिइन्  । सार्वजनिक गीत ‘श्रीमानज्यू’ गायिकाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कविता अर्यालको स्वर रहेको गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ । कृष्ण केसीले संगीत संयोजन गरेको गीतलाई खडक बाजृुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । शंकर बिसीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा लोसिना लामिछानेले कम्मर मर्काएकी छिन् । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नविन घर्तीले सम्पादन गरेका हुन् ।

सोही समारोहमा आयोजक संस्थाका उपाध्यक्ष हरि दुलालको जन्मदिनको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाइएको थियो । उपाध्यक्ष दुलालले विशेष समारोहमा जन्मदिन मनाउन पाएकोमा खुशी व्यक्त गर्दै संस्थाको कल्याणकारी कोषका लागि ११ हजार १ सय ११ रकम सहयोग गरेका थिए ।

 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक  शुक्रबार, पुस ११, २०८२
 चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक 
 चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक  बिहीबार, पुस १०, २०८२
भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ काे भिडियो सार्वजनिक
भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ काे भिडियो सार्वजनिक बुधबार, पुस ९, २०८२
‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक
‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक बुधबार, पुस ९, २०८२
पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै
पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै मंगलबार, पुस ८, २०८२
जीवनका संघर्ष बोलेको गीत ‘सारंगीको साथी’ बजारमा
जीवनका संघर्ष बोलेको गीत ‘सारंगीको साथी’ बजारमा मंगलबार, पुस ८, २०८२
'चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक
'चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP