काठमाडौं– संखुवासभामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका ९ बस्ने ६२ वर्षीय शम्सेर बहादुर तामाङ हुन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनले भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या भएको घटनामा पुनरावेन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भएको थियो । त्यहि समयबाट फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका ९ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा आदलतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ ।