Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक
चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ५, २०८२

काठमाडौं- चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।

सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ । गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।

विवाहित र अविवाहित महिलाले तीनका गीतमा कसरी आफ्नो बह पोखेर रमाइलो गर्छन्, गीतमा देख्न सकिन्छ ।गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।

आफू पनि अविवाहित भएकाले विवाह गर्ने भन्दै मन्जिल कुमार छन् । उनी सुरक्षाको पछि लागेका छन् । सुरक्षा पनि उनीप्रति सकारात्मक रहेको भिडियोमा देखिन्छ ।तीजको यो गीत र भिडियो नेपाली तीज गीत र यसको परम्परालाई समेट्ने खालको छ । परम्परा पनि जोगाउँदै नाच्ने खालको गीत बनेको छ । डान्स गर्ने बिट र स्टेप रहेकाले आउँदा वर्षहरूका तीजमा पनि यो गीत बज्ने सम्भावना देखिएको छ ।

यस्तै, निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ ।‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘स्वर्ग मेरो’ लिएर आए ओकिली 
‘स्वर्ग मेरो’ लिएर आए ओकिली  सोमबार, साउन ५, २०८२
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक 
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक  आइतबार, साउन ४, २०८२
चलचित्र ‘परिवार’ निर्माणको घोषणा
चलचित्र ‘परिवार’ निर्माणको घोषणा शुक्रबार, साउन २, २०८२
चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’  सार्वजनिक
चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक बुधबार, असार ३२, २०८२
रहेनन् अभिनेता धीरज कुमार
रहेनन् अभिनेता धीरज कुमार मंगलबार, असार ३१, २०८२
“आकाशै राम्रो जुनले“ सार्वजनिक
“आकाशै राम्रो जुनले“ सार्वजनिक मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP