काठमाडौं–सप्तरी जील्लाको राजगढ गाउँपालिकाबाट अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् ।
प्रकाउ पर्नेमा राजगढ गाउँपालिका ३ नर्घो बस्ने ४१ वर्षीया रेखा कुमारी मण्डल रहेकी छन् । उनलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ८८ किलो ७ सय ३० ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।