काठमाडौं– बारा जील्लाको जीतपुरसिमरा उपमहानगरपालिका जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको छ । जील्लाको जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित जानकी टोलबाट जुवातास खेलिरहेको अवस्थामा पाएको हो ।
उक्त क्रममा सोहि उपमहानगरपालिका १ बस्ने ३० वर्षीय सुसन खाती सुनार सहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । ।