काठमाडौं - आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । सुनको मूल्य आज तोलामा ८०० ले बढेर १ लाख ९३ हजार ३०० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। तेजाबी सुनकाे मूल्यमा प्रतिताेला १ लाख ६५ हजार ७२५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँ कायम भएको छ । हिजाे चाँदीको मूल्य तोलामा २ हजार २८० रुपैयाँ कायम भएको थियाे ।