काठमाडाैं -  वैदेशिक रोजगारीमा रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ  गरेकाे छ ।  वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाईदिन्छु भनि रकम ठगी सम्बन्धी कसुर मुद्दामा गर्ने  २३ वर्षीय दिप्ती के.सी लाई प्रहरीले पक्राउ  गरेकाे हाे ।
वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिन्छु भनि उनले पिडितसँग तेह्र लाख रकम ठगी गरेकाे उजुरीमा उल्लेख छ ।  वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र पाएपछि के.सी.लाई प्रहरी टोलीले मिति २०८२।०३।२९ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०१ बाट पक्राउ गरकाे जनाएकाे हाे ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाईएको प्रहरीले जनाएकाे छ  ।