Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
समाचार
  • Home
  • समाचार
  • एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३१, २०८२

टोकियो  - गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी  खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्। हाल एनआरएनए जापानको प्रवक्ताको रुपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जवाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा संचालन गराउने उद्देश्यलेसन् २०२५-२०२७ को लागि एनआरएनए एनसीसी जापानको  महासचिव पदमा उम्मेद्वारी दिएको जनाए ।

‘संस्थाको विधि, विधान र जापानको कानुनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरुले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म लागि पर्नेछु,' उनले भने। आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढ़ाई सामान्य भन्दा सामान्य व्यक्तिले पनि  'एनआरएनए जापान मेरो दुःखको पनि सुखको पनि नजिकको साथी' भन्ने धारणा विकास गराउने नै मेरो मुख्य उद्देश्य रहने छ,' गौतमले भने।

जनहित न्यूजका सम्पादक समेत रहेका गौतम  गलकोट समाज जापानका लेखा अनुगमन तथा अनुशासन समितिका संयोजक पनि हुन्। उनले आगामी २७ जुलाईमा हुन लागेको एनआरएनए जापानको १२ औं महाधिवेशनबाट नयाँ कार्यसमितिको महासचिव पदमा विजयी बनाउन जापानवासी सबै पंजीकृत सदस्यहरुलाई आग्रह गरेका छन्।

Hardik health

"विगत २५ वर्षदेखि सञ्चारकर्म, १२ वर्ष गैर सरकारी संस्थाहरुमा काम गरेको अनुभव र एनआरएनए जापानमा विगत ३ कार्यकाल बाहिर रहि सहयोगीको भूमिका र हाल प्रवक्ताको रुपमा संस्थाको संस्थागत विकासमा पुर्याएको योगदान, अनुभव र सिकाईलाई एकमुष्ट एनआरएनए जापानको सुदृढीकरणमा योगदान प्रदान गर्न मैले महासचिव पदमा उम्मेद्वारी दिएको  हुँ," गौतमले भने।

एनआरएनए केन्द्रका साथै एनसीसी जापानलाई पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने उनले बताए। संस्थाका मौजुदा विधि, विधान नीति नियमको प्रभावकारी कार्यान्वयन गरेर हरेक नेपालीहरुले विश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन र विधानको समय सापेक्ष रूपमा विज्ञहरूको संलग्नतामा परिमार्जित गरि संघमा रहेका विभाग, कार्यदल, लगायतको प्रभावकारी परिचालनका लागि नियमावली कार्यावधि बनाउन संयोजनकारी भूमिका निर्वाह गर्न आफुले महासचिव पदमा उम्मेद्वारी दिएको उनले बताए।

 यसै गरी  "नेपाली घर हाम्रो साझा सपना हो" भन्ने सोचका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले "ड्रिम प्रोजेक्ट" अन्तर्गत निर्माणाधीन 'एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र' लाई सम्पन्न गराउन सहयोगीको रुपमा भूमिका निर्वाह गर्न पनि आफु सक्रिय रहने उनको प्रतिबद्धता छ ।

"विशेषत: एनआरएनएमा आइसकेपछि विगतमा के गरिन्थ्यो त्यो छोडिदिऊँ, केवल एनआरएनमा ध्यान दिउँ । बाहिरको राजनीतिक प्रभाव एनआरएनएको कार्यसम्पादनका कर्ममा नल्याऔँ । एनआरएनको उद्देश्य के हो त्यो पूरा गर्न पट्टि लागौँ," उनले भने।


 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ११:३३
#एनआरएनए_जापान
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी मंगलबार, मंसिर ९, २०८२
प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग
प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग मंगलबार, मंसिर ९, २०८२
क्यानडाका नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी मनाए
क्यानडाका नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी मनाए बुधबार, मंसिर ३, २०८२
‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड संकलन
‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड संकलन आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP