Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • इन्द्र चौधरीको 'सुदूरपश्चिमका थारू संस्कृति र लोककथा' सार्वजनिक
इन्द्र चौधरीको 'सुदूरपश्चिमका थारू संस्कृति र लोककथा' सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ३०, २०८२

काठमाडौं- बालसाहित्यकार तथा अनुसन्धाता इन्द्र चौधरीको "सुदूरपश्चिमका थारू संस्कृति र लोककथा" नामक अनुसन्धानात्मक पुस्तक लोकार्पण भएको छ । आइतबार आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक धनगढीमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । 

कार्यक्रममा उपकुलपति जोशीले सुदूरपश्चिमको मुख्य जातिका रूपमा रहेका थारूहरूको लोकसंस्कृति र लोककथासम्बन्धि पुस्तक प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले भने, "सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले सुदूरपश्चिमका विभिन्न जातजातिका कला, संस्कृति, भाषा, परम्परालाई संकलन, अध्ययन, अनुसन्धान गरी प्रकाशनमा लागेको छ । यसपटक थारू जातिका संस्कृती र लोककथा सम्बन्धी पुस्तक प्रकाशन गरेका छौं । आगमी वर्षमा हामी अन्य जातजातिका संस्कृतिलाई समेटिएका पुस्तक प्रकाशन गर्ने तयारीमा छौं  ।" त्यसैगरी मन्त्री खड्काले पनि प्रतिष्ठानले गरेको कार्यलाई धन्यवाद दिए ।

पुस्तकका लेखक चौधरीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आफूलाई विश्वास गरी  अध्ययनका लागि परियोजना कार्य दिएकोमा खुशी व्यक्त गरे । "प्रतिष्ठानले सुदूरपश्चिमका थारूहरूको संस्कृतिका बारेमा मलाई अध्ययन गर्ने  अवसर दियो । यसका लागि प्रतिष्ठानका उपकुलपतिलगायत सिङ्गो प्रतिष्ठान परिवारलाई धन्यवाद दिन चाहन्छु", उनले भने, "आफ्नै प्रदेश सरकारसँगको सहकार्यमा यस्तो महत्त्वपूर्ण कार्य गर्न पाएकोमा निकै खुशी लागेको छ ।" यसले आफूलाई अझै अध्ययन अनुसन्धानमा हौसला र प्रेरणा मिलेको उनको भनाइ छ । 

Hardik health

चौधरीका अनुसार यस पुस्तकलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा थारू समुदायको परिचय, दोश्रो खण्डमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ ।  "यस पुस्तकको मुख्य उद्देश्य सुदूरपश्चिमका थारू लोककथाको संकलन गर्नु थियो," चौधरीले भने, "यसमा सुदूरपश्चिमका थारूहरूका संस्कृतिका विविध पक्षलाई संक्षिप्तमा जानकारी दिने किसिमले समावेश गरिएको छ ।" 

यस पुस्तक बीसओटा लोककथा समावेश गरिएका छन् । चौधरीका अनुसार यस पुस्तकमा सकेसम्म पहिले प्रकाशित नभएका लोककथालाई समावेश गर्न खोजिएको छ । उनले भने, "मैले यस पुस्तक खासगरी अहिलेसम्म प्रकाशित नभएका लोककथालाई समेट्ने प्रयास गरेको छु ।" यस पुस्तकमा ७६ वर्षीय लौघरी डगौरा, ७८ वर्षीया कालीमैया डगौरा र ५५ वर्षीया रामप्यारी डगौराबाट लोककथा संकलन गरिएको अनुसन्धाता चौधरीले बताए ।

चौधरीको यो ७ औं कृति हो । उनका यसअघिका कृति पनि थारू र रानाथारू जातिको लोकसंस्कृतिसँग नै सम्बन्धित छन् । यस पुस्तकमा उदीयमान कलाकार दीपक चौधरीले आवरण तस्वीर बनाएका छन् ।


प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP