Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • 'विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२'  सम्पन्न
'विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२'  सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २९, २०८२

काठमाडौं -  नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहयोगमा चल्ने चित्रको मार्फतबाट जनजनमा जनचेतना जगाउने परिकल्पनाका साथ सुरु गरिएको 'जनचेतना नेपाल'ले असार २७ गते शुक्रबारको दिन श्री भीमसेन गोला माध्यमिक विद्यालयमा 'विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२' सम्पन्न भएको छ ।

जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको परिकल्पनामा, विपिन किरणको शब्द, बाबु बोगटीको आवाज तथा संगीतमा तयार गरिएको 'कुरीतिलाई पन्छ्याउँदै' नामक जनचेतनामूलक गीतबाट सुरु भएको कार्यक्रममा कवि सुरज पराजुलीले सोही अवधारणाको कविता प्रस्तुत गरेको थिए ।

कार्यक्रममा जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौला सभापतिको पदमा आसिन थिए भने प्रमुख अतिथिको रुपमा नाट्यकर्मी, चलचित्रकर्मी, चलचित्र  तथा नाटक निर्देशक, वरिष्ठ अभिनेता आशान्त शर्मा उपस्थित थिए । साथै विशिष्ट अतिथिमा अभिनेत्री, समाजसेवी मुना निरौला त्रिपाठी, वरिष्ठ अधिवक्ता समाजसेवी वासुदेव रिजाल, समाजसेवी, अभिनेता कविन्द्र त्रिपाठी, कवि,लेखक  निर्देशक तथा अभिनेता सुरज पराजुली, शिक्षाप्रेमी, समाजसेवी बिमला ढुङ्गाना, जनचेतना नेपालका राष्ट्रिय पर्वेक्षक तथा सामाजिक व्यक्तित्व सचित खतिवडा, भीमसेन गोला माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल लगायत विभिन्न कला संस्कृतिका धरोहरहरूको  उपस्थिति रहेको थियो ।

Hardik health

त्यसैगरी सोही विद्यालयका शिक्षक नवराज न्यौपाने र गणेश पहरी अतिथिको रुपमा उपस्थित रहेका थिए । जिज्ञासु विद्यार्थीहरूको विभिन्न जिज्ञासाहरूलाई मेटाउँदै प्रमुख अतिथि आसन्त शर्माले चलचित्र र नाटक बीचको फरक, चलचित्र र नाटकमा हुने विभिन्न किसिमका उपकरणहरूको प्रयोग, प्रविधिको प्रयोग, नेपाली चलचित्र तथा विश्व चलचित्रको इतिहास, अभिनयका कौशल, कलाकार तथा पात्रहरूको भिन्नता र नाट्य तथा चलचित्रमा विद्यमान रहेका सङ्घर्षका कुराहरु बताएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथिहरू मुना निरौला त्रिपाठी, बासुदेव रिजाल, कविन्द्र त्रिपाठी, लगायतले चलचित्र तथा नाट्य क्षेत्रसँग सम्बन्धित रहेर आफ्नो धारणा व्यक्त गरेका थिए । साथै विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल, शिक्षक नवराज न्यौपाने तथा शिक्षक गणेश पहरीको उपस्थितिमा कार्यक्रम अझ ज्ञानवर्धक बन्नमा टेवा पुग्यो । कार्यक्रमका सभापति बालकृष्ण निरौलाले आफ्ना गुरु मोहन निरौलाले दिएको मार्गनिर्देशनको सम्झना गर्दै चलचित्र विकास बोर्डले गरेका नयाँ कामको प्रशंसामा बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका विभिन्न १० वटा कामको बारेमा चर्चा गरेका थिए ।

चलचित्र विधेयक, चलचित्र दिवस, आमाको पोस्टर अङ्कित हुलाक टिकट, ३३ वटा कामहरु डिजिटल रुपमा अनलाइनबाट नै सेवा सुरूआत, नेपाली चलचित्रमा पहिला शीर्षकको महत्त्वपूर्ण ऐतिहासिक पुस्तक प्रकाशन, पटकथा संग्रहालय, चलचित्रकर्मी क्षमता अभिवृद्धि वर्ष, सर्वाधिक व्यापार गर्ने २५ वटा चलचित्रहरूको सम्मान आदी विषयमा उनले चर्चा गरेका थिए । निरौलाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गरेका थिए ।
 


प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP