Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १६ वर्षमा रोजगारीका लागि विदेसिए ८१ लाख ३६ हजार युवा
भित्रियो १११ खर्ब ५२ अर्बभन्दा बढी रेमिट्यान्स  १६ वर्षमा रोजगारीका लागि विदेसिए ८१ लाख ३६ हजार युवा
ममता थापा
ममता थापा आइतबार, असार २९, २०८२

काठमाडौं– पछिल्लो १६ वर्षमा रोजगारीका लागि ८१ लाख ३६ हजार युवा श्रमशक्ति मुलुकबाट बाहिरिएको पाइएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आव २०८०/८१ सम्मको अवधिमा उक्त संख्यामा युवाहरु विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ । यसमा भारतमा रोजगारीका लागि जानेहरु समेटिएका छैनन् । भारतमा जान श्रम स्वीकृति लिनु नपर्ने भएकाले त्यहाँ काम गर्न जानेहरु यो तथ्यांकमा नसमेटिएका हुन् ।

उपरोक्त तथ्यांक संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । यद्यपि, यसरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुमध्ये कति फर्किए भन्ने तथ्यांक यहाँ उल्लेख गरिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त १६ वर्षको अवधिमा १११ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) मुलुकमा भित्रिएको छ । 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै उनीहरुले पठाउने विपे्रषण पनि बढेको देखिन्छ । आर्थिक वर्ष २०६५/६६ मा दुई लाख १९ हजार ९६५ जना रोजगारीमा गएका थिए । उक्त आवमा दुई खर्ब नौ अर्ब सात करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो । आव २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीमा गएका थिए भने १४ खर्ब ४५ अर्ब रुपैयाँ विप्रेषण मुलुक भित्रिएको थियो । 

Hardik health

सरकारले अवैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्तिलाई नियन्त्रण गर्न विभिन्न नीतिहरु अवलम्बन गरेसँगै वैधानिक बाटोबाट रेमिट्यान्स आउने क्रम बढ्दै गएको देखिन्छ । उदाहरणका लागि आव २०६९/७० मा छ लाख ११ हजार १५५ जना वैदेशिक रोजगारीमा गएका थिए र त्यस आवमा चार खर्ब ३४ अर्ब छ करोड रुपैयाँको हाराहारीमा मात्र रेमिट्यान्स भित्रिएको थियो । तर त्यसको छ वर्षपछि आव २०७५/७६ मा पाँच लाख तीन हजार ८२८ जना रोजगारीमा जाँदा आठ खर्ब ७९ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा सबैभन्दा कम विप्रेषण २०६५/६६ मा दुई खर्ब नौ अर्ब रुपैयाँ भित्रिएको तथ्यांक छ । सबैभन्दा बढी आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ भित्रिएको देखिन्छ । चालु आवको ११ महिनामै १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइसकेको छ । 

आव २०६५/६६ यता रोजगारीमा जानेहरुको संख्या क्रमशः बढे पनि आव २०७५/७६ पछिका तीन आर्थिक वर्षमा भने निरन्तर घटेको थियो । त्यसअघि लगातार चारवटा आर्थिक वर्षमा रोजगारीमा जानेहरु छ लाखभन्दा बढी थिए । यसैगरी आव २०७५/७६ मा पाँच लाख तीन हजार ८२८, आव २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ र २०७७/७८ मा १६ वर्षयताकै सबैभन्दा कम एक लाख ६६ हजार ६९८ जनामात्र रोजगारीमा गएका थिए । विश्वव्यापीरुपमा देखिएको कोरोना महामारीका कारण रोजगारीमा जानेहरुको संख्या अत्यन्तै न्यून देखिएको हो ।

महामारीपछि भने रोजगारीमा जाने क्रमले पुरानै लय समात्दै २०७९/८० मा अहिलेसम्मकै धेरै सात लाख ७१ हजार ३२७ जना श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए । त्यसपछि २०८०/८१ मा करिब ३० हजारले घटेको यो संख्या चालु आर्थिक वर्षमा फेरि बढेको छ । यस आर्थिक वर्षको ११ महिनामै सात लाख ६० हजारभन्दा बढीले श्रम स्वीकृति लिएर विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । 

यस अवधिमा रोजगारीमा गएकामध्ये १३ हजार २९९ जनाको ज्यान गएको देखिन्छ । सबैभन्दा बढी आव २०७८/७९ मा एक हजार ४७९ जनाको मृत्यु हुँदा सबैभन्दा कम २०६५/६६ मा ७८ जनाको मृत्यु भएको थियो । यसबीचमा कूल तीन हजार ५७ जना घाइते र बिरामी भएका छन् । सबैभन्दा बढी घाइते र बिरामी अघिल्लो आव २०८०/८१ मा ६५३ जना भएका थिए भने सबैभन्दा कम २०६५/६६ मा आठ जना थिए ।

विगतमा रोजगारीमा व्यक्तिगत र संस्थागत माध्यमबाट जानेहरु अधिकांश छ वटा खाडी मुलुक र मलेसिया जाने गर्थे । रोजगारीमा जानेको संख्या बढेसँगै नयाँ श्रम गन्तव्यतर्फ पनि आकर्षण बढेको पाइन्छ । आर्थिक वर्ष ०६९/७० को तथ्यांक हेर्दा जम्मा १५ हजार ९६७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए । जसमध्ये १३ हजार ७६८ जना खाडी मुलुक र मलेसिया जानेहरु थिए । गत आर्थिक वर्षमा ९५ हजार ३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा गएकामा यी सातवटा मुलुकमा जानेको संख्या ३० हजार ६४६ थियो । खाडी मुलुक र मलेसियाबाहेकका मुलुकमा जान ६४ हजार ३९२ जनाले श्रम स्वीकृति लिएका तथ्यांकमा देखिन्छ ।
 


प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP