Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • देखेको हैदराबाद, भोगेको नेपाल
देखेको हैदराबाद, भोगेको नेपाल
टिकाराम सुनार/रासस
टिकाराम सुनार/रासस आइतबार, असार २२, २०८२

काठमाडौं - भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ । यसको स्थापना पाँच दशक लामो सङ्घर्षपछि भएको थियो, तर एक दशकमै त्यो सङ्घर्षको अभिष्ट पूरा गर्न देखाएको तदारुकता हाल भारतभित्रै उदाहरणीय बनेको छ । 

यहाँको समावेशी विकास, प्रविधि र नवप्रवर्तन, सांस्कृतिक सहिष्णुता र राजनीतिक स्थायित्वबारे धेरै नेपालीले सुनेका छन् । नेपालका केही सञ्चारकर्मीले भने हालै (१५–२८ जुन) दुई साता लामो पत्रकारिता तथा जनसम्पर्कसम्बन्धी तालिमका क्रममा त्यसलाई नजिकबाट देखेर फर्किएका छन् । त्यसमा पङ्तिकार पनि सहभागी थियो । दक्षिण अमेरिकी, अफ्रिकी र एसियन गरी विभिन्न १५ देशका प्रतिनिधिले त्यहाँको सङ्घीयता यात्राबारे बुझ्ने अवसर पाएका थिए । 

देखेको हैदराबादः सङ्घर्ष र सफलता

जानकारहरूका अनुसार तेलगु भाषी बाहुल्य यो क्षेत्र तत्कालीन निजाम शासक (मुस्लिम शासन) ले स्थापना गरेको हैदराबाद राज्यको हिस्सा थियो । भारत स्वतन्त्र भएपछि पनि यो क्षेत्र सन् १९४८ देखि हैदराबाद राज्यकै रूपमा अस्तित्वमा रह्यो । पछि सन् १९५६ मा आन्ध्र प्रदेशमा समाहित गरियो, तर यहाँका जनताले आफ्नो आत्मसम्मान, विकास र पहिचान संरक्षणको महसुस गरेनन् । त्यसैले सामाजिक न्याय, क्षेत्रीय समानता र स्थानीय अधिकारका लागि छुट्टै प्रदेशको माग गर्दै सन् १९६९ देखि ‘जय तेलङ्गना आन्दोलन’ सुरु भयो । विभिन्न चरणका आन्दोलन, सम्झौता र आन्दोलन हुँदै अन्ततः छुट्टै राज्य बन्यो । यही प्रदेशको राजधानी हो, हैदराबाद । 

Hardik health

सन् १५९१ मा मुहम्मद कुली कुतुब शाहले स्थापना गरेको भनिएको यो सहर, इतिहास र भविष्यको सङ्गमजस्तै लाग्छ–जहाँ एकातर्फ चारमिनार, गोलकोँडा किल्ला, उर्दू संस्कृति र सभ्यताले परम्पराको झल्को दिन्छ । अर्कातर्फ, हाइ–टेक सिटी, साइबराबाद, नलेज सिटी र स्टार्टअप हबले आधुनिक समयको गति बोक्छ । यसबारे पङ्तिकारलाई पनि लागेको छ– त्यहाँ इतिहासको जगेर्ना र भविष्यको निर्माण सँगसँगै भइरहेको छ । त्यहाँका जनता र राजनीतिक दलले अधिकारपछि दायित्व र जिम्मेवारी पनि बहन गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । 

राजधानी सहर हैदराबादले १० वर्षसम्म (सन् २०२४ सम्म) आन्ध्र प्रदेशसँग साझा राजधानी बाँड्यो । यसले त्यहाँको सहिष्णुता र समन्वयको व्यावहारिक सन्देश सम्प्रेषण गरेको छ । यही समन्वयकारी भूमिकाले उक्त  क्षेत्रलाई देशकै बलियो आर्थिक मेरुदण्डका रूपमा स्थापित गरेको छ । जसले भारतको दक्षिण मध्यभागबाट सूचना प्रविधि, अनुसन्धान, शिक्षा, स्वास्थ्य र स्टार्टअप क्षेत्रमा महत्वपूर्ण सन्देश प्रवाह गरिरहेको छ । गुगल, माइक्रोसफ्ट, फेसबुक र अमेजोनलगायत विश्वकै ठूला बहुर्राष्ट्रिय कम्पनीहरूले यही क्षेत्र रोजेका छन्, जसले हैदराबादलाई भारतको अग्रणी प्रविधि सहर बनाउन सघाएको छ ।

तालिमको समापन समारोहमा तेलङ्गना राज्य प्रमुख जिस्नुदेव वर्मा विकासमा गतिमात्रै होइन, यस सहरले उत्तर र दक्षिण भारतलाई सांस्कृतिक रूपमा पनि जोड्ने काम गरेको उदाहरण प्रस्तुत गर्दै हुनुहुन्थ्यो । उहाँ भन्दै हुनुहुन्थ्यो, “यहाँको सांस्कृतिक सहिष्णुता, भाषा र खानपानको विविधता भारतीय एकताको उदाहरण हो । तेलङ्गना आन्दोलनको ऐतिहासिक भूमि भए पनि यसले सहिष्णुता, समावेशी विकास, स्थायित्व र दूरदर्शिता देखाएको छ । विविध भाषा, धर्म, संस्कृति र पहिचानका हिसाबले यो क्षेत्र ‘मिनी भारत’ हो, तर यहाँ सबै स्वतन्त्र, सबै खुसी र सबै सहिष्णु छन् ।” 

पङ्तिकारसँगको कुराकानीमा त्यहाँको ‘सेन्टर फर हुमन सेकुरिटी स्टडिज’का संस्थापक डा रमेश कन्नेगान्टी ‘हैदराबाद केवल तेलङ्गनाको राजधानी मात्र होइन, भारतको आत्मविश्वास, सम्भावना र समावेशी सोचको प्रतीक हो’ भन्दै हुनुहुन्थ्यो । तालिमकै महत्त्वपूर्ण पाटो रहेको अध्ययन भ्रमणका क्रममा त्यहाँका गोलकान्डा, चारमिनार, मक्का मस्जिद, सलारगञ्ज म्युजियम, वाराङ्गल, हुसेन सागर र लुम्बिनी पार्क, पचम्पल्लीलगायत सांस्कृतिक क्षेत्र र टि–हब, बिर्ला प्लानेटोरियम तथा विज्ञान सङ्ग्रहालय, तेलङ्गना एकीकृत प्रहरी कमाण्ड एण्ड कन्ट्रोल सेन्टर, ट्राइबल वेलफेयर म्युजियम, इण्डियन विजनेस स्कुल हेर्दा लाग्यो–हैदराबाद, एउटा सहरमा दुईवटा समय छन् । एउटा समय, जहाँ गोलकान्डा, चारमिनार र ऐतिहासिक सभ्यताका प्रतीकहरूले त्यहाँको इतिहास बोलिरहेका छन् । अर्को समय, जहाँ स्टार्टअप, साइबर सिटी र साइबर हबलगायत सूचना प्रविधिले विश्वग्राममा नयाँ भविष्य बोकिरहेका छन् ।

यो सहर सूचना प्रविधिका हिसाबले भारतको दोस्रो ठूलो आइटी निर्यातकर्ता सहर हो । ‘दी टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा सन् २०२४ जुन १२ मा प्रकाशित एक समाचारअनुसार हैदराबाद एसियाका शीर्ष २० स्टार्टअप हबमध्ये एक हो । सन् २०१४ मा यहाँ करिब २०० स्टार्टअप रहेकामा सन् २०२४ मा यो सङ्ख्या सात हजार ५०० भन्दाबढी पुगिसकेको छ । यसले स्टार्टअप विकास, लगानी आकर्षण, प्रतिभा सञ्चय, बजार पहुँच र ज्ञानका क्षेत्रमा सन्तुलित र तीव्र वृद्धि देखाएको छ । सोही अनलाइनमा ८ जुन २०२५ मा प्रकाशित सामग्रीअनुसार यहाँ भारत सरकारअन्तर्गतको निकाय एसटिपीआइमा दर्ता भएका आइटी कम्पनीले सन् २०२४–२५ मा एक खर्ब ४२ अर्ब भारतीय रूपैयाँ बराबरको सफ्टवेयर बिक्री गरेका छन् । 

यहाँका प्रमुख हाइटेक सिटी र जिनोमी भ्यालीजस्ता प्रमुख प्रविधि केन्द्रमा मात्रै पाँच लाखभन्दा बढीले काम गरिरहेका छन् । यो सहरलाई विश्वका शीर्ष १० आउटसोर्सिङ गन्तव्यहरूमध्ये एक मानिन्छ । भारतीय समाचार समिति पिटिआइले लेखेअनुसार विश्वका दश गन्तव्यमा हैदराबाद धेरैअघि दोस्रोमा रहेको छ । दी न्यू इण्डियन एक्सप्रेस (१८ फेब्रुअरी २०२५) मा छापिएको एउटा समाचारअनुसार गएको १० वर्षमा यस राज्यको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा १९६ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । जबकी समग्र भारतको जिडिपी १३६ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । तेलङ्गनाको अर्थतन्त्र सन् २०२३–२४ मा करिब १८० अर्ब अमेरिकी डलर छ, जुन पछिल्लो पाँच वर्षमा वार्षिक औसत ११ दशमलव चार प्रतिशतको वृद्धिदर हो । यसमा हैदराबादले मात्रै करिब ५० प्रतिशत योगदान गर्ने गरेको कतिपयले भन्ने गरेका छन् । 

एमसीआर मानवस्रोत विकास संस्था, तेलङ्गानाका कानुन तथा सार्वजनिक प्रशासन केन्द्र प्रमुख डा माधवी राभुलापति विगतको सभ्यताको जगमा वर्तमान हैदराबाद निर्माणमा यहाँका विविध धर्मावलम्बी, आमनागरिक, राजनीतिकर्मीलगायत सबैको इमानदार योगदान रहेको बताउनुहुन्छ । “भारत सङ्घीय गणराज्य भएको देश हो । विविध भाषाभाषी, संस्कार, संस्कृति, भौगोलिक विविधता भए पनि देशप्रतिको साझा समर्पणका कारण ‘ग्रेट इण्डिया’ बन्न सफल भइरहेको छ । यस्तै विविधता हैदराबादमा पनि छ, तर विविधतामा एकता, नवनिर्माणको हुँटहुटी, नवीन सोचका कारण भारतभित्र हैदराबाद आफ्नो छुट्टै पहिचान बनाइरहेको छ”, उहाँले भने । 

भोगेको नेपाल 

नेपाल पनि लामो सङ्घर्षपश्चात् सङ्घीय प्रणालीमा गएको हो । ऐतिहासिक संविधानसभाबाट संविधान बनेको १० वर्ष र त्यही आधारमा सङ्घीय व्यवस्था कार्यान्वयनको आठ वर्ष भएको छ, तर देशले अझै स्थायित्व र विकासको स्पष्ट ‘लय’ समात्न नसकेको आमगुनासो छ । तालिममा सहभागी ‘जेनजी’ पुस्ताका प्रतिनिधि किरण पौडेललाई पनि यस्तै लागेको रहेछ । हत्केलाको मोबाइलबाट संसार हेरेपछि उनी भन्छन् , “हाम्रो विकासको गति किन यति धिमा ?”

यो प्रश्न पौडेलको मात्रै होइन, आमनेपालीको हो । दुई हप्ता हैदराबादमा बसेर आफ्नो देश फर्किएपछि सायद उहाँले आंशिक भए पनि उत्तर भेटाएका छन्  । पौडेलले  सुनाए, “भारतको कान्छो प्रदेश हेर्दा हामी अझै विकासको मोडल र नीतिमै अस्पष्ट छौँ कि ! हाम्रो विकास मोडल आधुनिक सङ्घीय नेपाल सुहाउँदो छैन कि भन्ने लाग्यो । त्यसैले आधुनिकीकरणलाई समावेशी, दिगो विकासलाई सन्तुलित बनाउने विषय हैदराबादबाट सिक्न सकिन्छ ।”हैदराबाद र नेपालका धेरै कुरा मिल्दाजुल्दा छन् । यहाँ सङ्घीयताका लागि सङ्घर्ष र ठूलो बलिदानी गर्नुपरेको छ । त्यहाँ पनि पाँच दशक लामो आन्दोलनपछि छुट्टै प्रदेश सम्भव भएको हो । हैदराबादमा विगतमा निश्चित वंशपरम्पराको शासन थियो, नेपाल जस्तै । 

त्यहाँ पनि छुट्टै प्रदेशको अभ्यास र अपनत्व महसुस भएको १० वर्ष मात्रै भयो, यहाँ पनि त्यसकै हाराहारी । फरक यत्ति हो, हैदराबादमा राजनीतिक स्थायित्व छ । त्यहाँ १० वर्षमा मात्र दुई मुख्यमन्त्री (कार्यकाल तीन) भए । नेपालमा भने पटकपटक सत्ता परिवर्तन भएका छन् । त्यसो हुँदा नीतिगत र योजनाले निरन्तरता पाउन सकेको छैन । त्यहाँ नयाँ प्रदेश खोज्नुको जवाफ कामबाट दिइएको छ, यहाँ नयाँ व्यवस्थाअनुसार व्यवहार प्रदर्शन हुन नसकेको आरोप छ । “हो, त्यहाँ प्रदेश नयाँ थियो र सोच पनि नयाँ । त्यसैले छोटो समयमै विकासको गति समाते । हामीकहाँ व्यवस्था नयाँ, तर सोच पुरानो । हामी गन्तव्य ठीक भएर पनि बाटोमै अल्मिलिरहेका छौँ”, पौडेलले भने ।  
    
 सञ्चारकर्मी राज ढुङ्गानाले भने, “उनीहरूको लक्ष्य भूगोल मात्रै थिएन, विकासको लक्ष्य पछ्याउने र विशाल भारतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने रहेछ । केन्द्र सरकारले प्रदेश सरकारको कदममा कदम मिलाएको छ, तर हामी कहाँ ? सङ्घीयता माग्ने प्रदेशले नै आफू छुट्टै हुनुको अर्थ प्रमाणित गर्ने प्रयाससमेत गरेका छैनन् । त्यसैले असन्तुष्टि, गुनासा र फरकफरक स्वार्थको द्वन्द्व देखिरहेका छन् ।”

उनकाे बुझाइमा हामीसँग बलियो अर्थतन्त्र नभए पनि भएकै स्रोत पनि कहाँ, कसरी र किन खर्चिने भन्ने स्पष्ट सोच छैन । “विकास त केवल फल हो, त्यसको जग त सोच हो नी ! हामीकहाँ सङ्घीयतालाई सत्ता बाँडफाँटको खेलजस्तो मात्रै बनाइयो”, ढुङ्गानाले अगाडि भने, “विकास भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ, तर सोचेअनुसार त्यसो भइरहेको छैन ।”

हैदराबाद देखेर आएका सञ्चारकर्मी सुरोजङ्ग पाण्डे पनि सही सोच र योजना भएमात्रै गन्तव्यमा पुगिने धारणा राखे । “छुट्टै प्रदेश माग्नुको कारण प्रमाणित गर्ने दबाबमा थियो हैदराबाद, त्यस्तै दबाब नेपालमा पनि छ । त्यहाँ एउटा प्रदेशको कुरा थियो, यहाँ देशकै । त्यहाँ अधिकार माग्ने र त्यो पाएपछि सफल उदाहरण पेस गर्नसक्ने, तर हामीले किन नसक्ने ?”, प्रश्न गर्दै उनी भन्छन् , “हैदराबाद हेरेर धेरैका आँखा खुल्छन् । राजनीतिक स्थिरता, दूरदर्शी नेतृत्व, स्पष्ट लक्ष्य, साझा जिम्मेवारी मुख्य कुरा रहेछ ।”

सङ्घीयता कार्यान्वयनमा आएपछि नेपालमा पनि सरकारले देशका विभिन्न ठाउँमा १० वटा नमुना आधुनिक सहर बनाउने घोषणा गरेको छ ।  राजधानी काठमाडौँलगायत पुराना सहरले ट्राफिक व्यवस्थापन र खानेपानीको चुनौती सामना गरिरहेका छन् । पाण्डे यिनै क्षेत्रलाई हैदराबादजस्तै योजनाबद्ध विकास गर्न सक्नुपर्नेमा त्यसो हुननसकेको बताए ।   

सञ्चारकर्मी सविका श्रेष्ठले भने, “नेपालमा विकास नभएको होइन, भइरहेकै छ । देशमा बस्ती विकास र सहरी योजना कार्यान्वयन भइरहेकै छन्, तर परिणाम त हामीले देखिरहेका छौँ । सडकबाटो, सार्वजनिक यातायात, विकास पूर्वाधार, खानेपानी व्यवस्थापन अझै समस्याका रूपमा छन् । त्यसका लागि हैदराबादको ‘स्मार्ट सिटी’ योजना, प्रविधि हब र सार्वजनिक यातायात प्रणालीबाट नेपालले धेरै सिक्न सक्छ”, उनले अगाडि भनृ, “त्यहाँ सडक किनारको हरियाली, घरघरको बगैँचा र विद्युतीय शासनले सहरलाई व्यवस्थित र बस्नलायक बनाएको छ ।”

यसबारे त्यहाँको जिपी बिर्ला पुरातात्विक, खगोलशास्त्रीय तथा वैज्ञानिक अनुसन्धान संस्थाका निर्देशक डा के मृत्युञ्जय रेड्डीको भनाइ मननयोग्य छ । उहाँ आफ्नो संस्थाको भित्तामा भारत स्वतन्त्र भएलगत्तै नवनिर्माण सुरु हुँदै गर्दाका तस्बिर देखाउँदै भन्दै हुन्, “एउटा मान्छेले आफ्नो साइकलको पछाडि नमुना परीक्षणका लागि बनाइएको सानो आकारको मिसाइल बोकिरहेको छ । अर्को तस्बिर एप्पल उपग्रह परीक्षणका लागि गोरुगाडामा राखेर परीक्षणस्थल लगिँदै गरेको छ । त्यसताका प्रसिद्ध न्युजविक पत्रिकाले यस कदमलाई ‘शताब्दीकै टक्कर’ भनेर महत्वका साथ प्रकाशित गरेको थियो । उसबेला भारतसँग धेरै पैसा थिएन, तर नवीन सोच थियो, जसले अन्तरिक्षमा सफल भू–उपग्रह प्रक्षेपण गर्ने बाटोमा डो¥यायो । भारत आज कहाँ छ, तपाईंहरू देखिरहनुभएको छ ।”

यिनै कुरा आज सङ्घीय नेपालले पनि खोजिरहेको छ । “सङ्घीयता सत्ता र शक्ति वितरणको उपाय मात्रै होइन, यो विकासको अवसर पनि हो । हामीले पनि यसलाई समयमै बुझ्न सक्नुपर्छ र व्यवहारमा उतार्न लाग्नुपर्छ”, सञ्चारकर्मी ममता थापाको भनाइ छ ।

हो, सङ्घीयता केवल शक्ति विकेन्द्रीकरण मात्रै नभई नागरिक हित प्रवर्द्धन, उपलब्ध स्रोत र साधनको समुचित परिचालनको आधार पनि हो । पौडेल, ढुङ्गाना, श्रेष्ठ र थापा मात्रै होइन, त्यहाँ गएका नेपालका २२ जना प्रतिनिधिको साझा चिन्ता थियो, “नेपालले कागजमा सङ्घीयता अनुशरण गरे पनि सरकार, पार्टीका संस्कार, आचरण र अभ्यास त्यस अनुकूल छैनन् । यस्तो अवस्था कायम रहँदासम्म व्यवस्था जतिसुकै उत्कृष्ट भए पनि त्यसको सफल कार्यान्वयन हुन सक्दैन ।”


प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP