Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १७, २०८२
Hardik health

काठमाडौं  -  गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो समय विकसित घटनाक्रम र विवादका विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिको निगरानीमा गत मे ३–४ मा काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले यो सम्मेलन आयोजना गर्न लागेको हो।

अध्यक्ष श्रेष्ठका अनुसार, पत्रकार सम्मेलन बुधबार नेपाली समयअनुसार बेलुका ६ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ। यो सम्मेलनको मुख्य उद्देश्य पछिल्लो समय एनआरएनएभित्र देखिएको विवाद र अवैधानिक गतिविधिबारे स्पष्ट धारणा अाउने छ।

एनआरएनए प्रवक्ता गंगाधर गौतमका अनुसार, बदी केसी नेतृत्वको समूहले अवैधानिक रूपमा बालुवाटारस्थित एनआरएनएको सचिवालय कब्जा गरेको र विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई फुटाउने उद्देश्यले निर्वाचित कार्यसमितिहरू भंग गर्ने कार्य गरेको छ। यस्ता गतिविधिले विश्वभर रहेका नेपाली समुदायमा भ्रम सिर्जना गरेको भन्दै गौतमले यस्ता कार्यप्रति आइसीसीको कडा आपत्ति रहेको बताए।

“केसी नेतृत्वको समूहले गरेको एनसीसी भंग गर्ने कथित  निर्णयलाई हाम्रो कार्यसमितिले मान्यता दिँदैन,” गौतमले भने, “उक्त पत्र खारेज गरिएको छ र हामी विश्वभरका नेपालीहरूलाई भ्रममा नपार्न आग्रह गर्छौं।” उनले थपे, “हाम्रो कार्यसमिति वैधानिक रूपमा निर्वाचित छ र हामी एनआरएनएको एकता र उद्देश्यप्रति प्रतिबद्ध छौं।”

यो पत्रकार सम्मेलनमार्फत श्रेष्ठ नेतृत्वको कार्यसमितिले एनआरएनएभित्रको पछिल्लो अवस्था, अवैधानिक गतिविधि, र संगठनको भावी योजनाबारे जानकारी गराउने अपेक्षा गरिएको छ। साथै, विश्वभर रहेका एनसीसीहरूलाई एकताबद्ध राख्न र नेपाली डायस्पोराको हितमा काम गर्न आफ्नो प्रतिबद्धता दोहोर्याउने योजना रहेको प्रवक्ता गौतमले बताए।

गैर आवासीय नेपाली संघ (एनआरएनए) विश्वभर छरिएर रहेका नेपालीहरूको साझा मञ्च हो, जसले नेपाली डायस्पोरालाई एकताबद्ध गर्दै नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पुर्याउँदै आएको छ। हालैका विवाद र नेतृत्वको विषयले संगठनको एकता र प्रभावकारितामा प्रश्न उठेका छन्। यो पत्रकार सम्मेलनले ती प्रश्नहरूको जवाफ दिने र संगठनको वैधानिक नेतृत्वले आफ्नो अडान स्पष्ट पार्ने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता बिहीबार, असोज ९, २०८२
 एनआरएनबाट बग्गीखाना अनुगमन
 एनआरएनबाट बग्गीखाना अनुगमन बुधबार, असोज ८, २०८२
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP