काठमाडाैं - देशकै सबैभन्दा ठूलो दुईपांग्रे सवारी साधन एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ आज लगनखेल बसपार्कमा सुरु गरेकाे छ।कार्यक्रमको औपचारिक उद्घाटन वडा नं १ का अध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन् ।
असार १२ गतेदेखि १७ गतेसम्म चल्ने यस महोत्सवमा जुनसुकै ब्रान्डका बाइकलाई यामाहाका नयाँ बाइक वा स्कुटरसँग सहजै एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको छ।महोत्सवमा ग्राहकहरूका लागि आकर्षक मूल्याङ्कन र विशेष अफरहरू उपलब्ध छन्।
मुख्य अफरहरू ः
- जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने सुविधा
- यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५०,००० को मूल्यांकन
- अन्य ब्रान्डमा न्यूनतम २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य)
- एक्सचेन्जमा थप १०,००० बोनस
- नगद छुट ६,००० सम्म
- निःशुल्क एक्सेसरिज र आर्थिक वर्ष ०८२र८३ को सडक कर भुक्तान
- ७.९९५ ब्याजदरमा वित्तीय सुविधा, जसमा ग्यारेन्टर आवश्यक पर्दैन
यामाहा नेपालले दैनिक यात्रु, रेसिङ प्रेमी तथा साहसी एडभेन्चर राइडरहरूका लागि विभिन्न प्रकारका बाइक तथा स्कुटर उपलब्ध गराउँदै आएको छ। उच्च माइलेज, स्टाइलिश लुक, स्पोर्टी पर्फर्मेन्स र जापानी प्रविधियुक्त यामाहाका सवारीहरूले नेपाली बजारमा छुट्टै पहिचान बनाएको छ।
‘यामाहा ब्लू फेस्ट’ केवल सवारी साधनको एक्सचेन्ज कार्यक्रम मात्र नभई नयाँ प्रविधि, रमाइलो र सवारी संस्कृतिको उत्सव पनि हो। महोत्सव अवलोकन गर्न इच्छुक सबैलाई आयोजकले लगनखेल बसपार्कमा स्वागत गरिरहेको छ।एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपालले सधैं उत्कृष्ट ग्राहक सन्तुष्टि, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव दिन प्रतिबद्धता जनाएको छ।