Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली
फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली
अञ्जली थापा/रासस
अञ्जली थापा/रासस शुक्रबार, असार १३, २०८२

हेटौँडा-  मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अति लोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो ।

घरवरपर पाइने कच्चा पदार्थ एवं जडीबुटीको प्रयोगबाट उद्यमी बन्नुभएकी ४० वर्षीया सुन्तली वनकरियाको हाल एकतले पक्की घर छ । उनका दुई छोरा विद्यालय जान्छन् भने उनी पनि दिनभर साबुन बनाउनमा व्यस्त छिन्  । 

प्राकृतिक स्रोत महिला अधिकार समूह मनहरी–४ की अध्यक्षसमेत रहेकी उनलाई उद्यमी बन्न ग्रिन फाउन्डेसन नेपाल नामक संस्थाले सिकाएको बताइन्  । उनले  भनिन्, “पहिला बोल्नसमेत डर लाग्थ्यो, आजकल आफ्नो उत्पादनको विज्ञापन गर्न सक्ने भएकी छु”, उनले थप भनिन् , “साबुन बनाउने तालिममात्र होइन कतिमा उत्पादन गर्ने, अनि कतिमा बिक्री गर्ने र कसरी प्रचार गर्नेसमेत तालिम दिएकाले सक्षम भएकी हुँ ।” उनको समूहमा २१ जनाले साबुन उत्पादन गरिरहेका छन् । आम्दानीसँगै जीवनशैली परिवर्तन भएको बताउँदै उनी अहिले वनको कन्दमूल रहरले खाने गरेको बताइन्  ।

त्यसैगरी ७० वर्षीय हस्तबहादुर वनकरिया हाल खेतीबाट छ महिना खान पाउने र बाँकी समय अन्य कामसँगै साबुन व्यापारले राम्रो भएको बताए । कन्दमूल खोज्ने र माछा मारेर जीवन धान्ने गरेका उहाँ करिब २० वर्ष अगाडिबाट बस्तीमा बस्न थालेको होभने हाल खेतीमा व्यस्त बन्ने गरेका  छन्  । त्यसैगरी माया वनकरिया पनि खेतीसँगै साबुन उत्पादनमा लागेको बताए । साबुन उत्पादनले उहाँलाई जीवन धान्न सजिलो बनाइ दिएको छ ।

Hardik health

बस्तीका महिलाले खोला किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनमा आधारित जीवनयापन भएका उक्त जातिका लागि मसिने शान्ति सामुदायिक वन बफर्जुन क्षेत्रमा परिणत भएसँगै खेर गइरहेका तीतेपातीको प्रयोग गरेर उद्यमी बन्न प्रेरित भएका हुन् ।

उद्यम विकासले आम्दानी भए पनि यथावत समस्या

सन्तोषी वनकरियाले यो जाति भूमि पूजक भएर पनि किन जग्गाधनीपुर्जा नपाएकामा दुःख व्यक्त गर्दै सरकारले भूमिहीन बनाउन नमिल्ने बताइन्  । विसं २०६२ मा २० वर्षका लागि दिइएको कागजको समय २०८२ वैशाखमा सकिएको छ । हाल समय सकिएको जग्गामा बसिरहेको र उक्त जग्गामा अधिकार नभएको उनको भनाइ छ । उनले भनिन्, “मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ, जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौँ न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ, व्यवसाय दर्ता गर्न नै नपाएपछि तीन महिना काम रोकियो, वडाध्यक्षले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो, सधैँ हामी यसरी नै कतिञ्जेल चल्ने ?” उहाँलाई हाल चिन्ता भनेको जग्गामाथिको स्वामित्वमा रहेको छ ।

त्यसैगरी, स्थानीय सङ्गीता वनकरियाले आफ्नो समुदायका लागि भत्ता होइन, रोजगारी चाहिएको बताउनुभयो । लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ताभन्दा बढी हुने उनले बताइन्  ।  उनले  भनिन्,, “सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निःशुल्क पढाइदिएको बताउँछिन् । तर हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले फि बुझाइरहेका छौँ । यसका लागि हामीले कसलाई भन्नुपर्ने हो ?” उनले राज्यले दिने भनेको निःशुल्क शिक्षासमेत नपाएकामा दुःख व्यक्त गरिन्। उनलाई पनि सन्तोषीलाई जस्तै जग्गाको चिन्ता छ ।

वनकरिया जाति मकवानपुरमा मात्र बसोबास गर्ने लोपोन्मुख जाति हो । वनकरियाहरू मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रा खोला नजिकै सानो बस्तीमा केही दशकअघिदेखि मात्र घर बनाएर बस्न थालेका हुन् । त्यो बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जङ्गलमा बस्थे भने हाल २१ घरधुरीमा ८३ जनाको सङ्ख्यामा वनकरिया रहेको छ । केही दशक अघिसम्म चुरे जङ्गलमै बसेर कन्दमूल खोजेर, माछा मारेर र वन्यजन्तुको सिकार गरेर जीविका चलाउने वनकरियाहरूको जीवनशैली फेरिएको छ ।

पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक चार हजार सामाजिक सुरक्षाभत्ता थालेपछि यिनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ । अठार वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरियाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालदेखि यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा सामूहिक लालपुर्जा माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

नेपालका लोपोन्मुख १० जातिमध्ये ‘वनकरिया’ एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशकअघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका मानिस अहिले मकवानपुर मनहरि–४ वनकरिया बस्तीमा बस्छन् ।


प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी
दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
एकल महिलाकाे मेहेनत : लोभलाग्दो अग्रानिक तरकारीखेती
एकल महिलाकाे मेहेनत : लोभलाग्दो अग्रानिक तरकारीखेती शुक्रबार, असोज २४, २०८२
पुर्ख्याैली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना
पुर्ख्याैली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना बिहीबार, असोज २३, २०८२
मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै
मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त मंगलबार, असोज २१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP