Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
प्रवास
  • Home
  • प्रवास
  •  एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
 एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

काठमाडौं -  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच एकता हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका टेनेसीमा दर्ता भई गैर आवासीय नेपाली सङ्घको स्थापनाकालदेखि नै सञ्चालन भइ आएको संस्था हो भने गैरआवासीय नेपाली संघ अमेरिका २०२३ देखि सञ्चालन हुँदै आएको  हो।

यो एकताको लागि दुई संस्थाका अध्यक्षहरू डाक्टर अर्जुन बन्जाडे र सूर्य लम्सालले लिखित सहमति गरेका छन् । उक्त सहमति अनुसार डा अर्जुन बन्जाडेले नेतृत्व गरेको एनआरएनए एनसीसी अमेरिकाले सङ्घका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा  सूर्य लम्सालको उपस्थिति रह्यो। त्यस्तै सूर्य लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले सङ्घका अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न  न्यू योर्कमा हुन गइरहेको  कार्यक्रममा पनि डाक्टर अर्जुन बन्जाडे र अन्य पदाधिकारीहरुको  उपस्थिति हुने भएको छ।

शुक्रबार बाल्टिमोरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले  एनआरएनए विवादका कारण  संस्थाप्रति नै  नकारात्मक धारणा बनेको  बताए । उनले काठमाडौँमा गत महिना सम्पन्न  एकता महाधिवेशनको मर्म बमोजिम संस्थालाई एकजुट बनाउन आफुले सक्दो पहल गरिरहेको पनि जनाए।  

Hardik health

२०२२ मार्चमा काठमाडौँमा छुट्टाछुट्टै एनआरएनएका दशौँ महाधिवेशन आयोजना गरिए पछि अमेरिकामा पनि एनआरएनएका छुट्टाछुट्टै कमिटिहरु गठन भएका थिए।अमेरिकाका दुवै कमिटीहरुबीच एकता प्रक्रिया बढाउन भएको सहमतिले संसारभरि नै एउटा सकारात्मक संदेश गएको एनआरएन अभियन्ताहरुले बताएका छन्  ।  
 


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ११:५६
#एनआरएनए_ सहमति
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता बिहीबार, असोज ९, २०८२
 एनआरएनबाट बग्गीखाना अनुगमन
 एनआरएनबाट बग्गीखाना अनुगमन बुधबार, असोज ८, २०८२
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP