Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया  
बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया  
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ६, २०८२

ब्रसेल्स -  ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम्  समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ।

बेनेलक्स एवम्  युरोपेली संघका  लागि नेपाली राजदुत नियुक्त भएर ३ महिना अघि कार्यभार सम्हाल्न आएकी पूर्व  परराष्ट्र सचिव सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस्  भनेर नेपाली समुदायको सुझाव  लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् ।

डायस्पोराका संघसंस्थासंग विशेष गरि चार वटा बुँदा “नेपालमा पर्यटन प्रबर्धन एवम पर्यटकीय गन्तब्यको प्रभावकारी प्रचारप्रसार, नेपालमा लगानी भित्र्याउन दूतावासले खेल्नु पर्ने भूमिका, बेल्जियममा उपलब्ध रोजगारीका अवसर र चुनौती, दूतावासको सेवा प्रवाहलाई सरलीकृत गर्न  के कस्ता उपाय अपनाउन सकिन्छ ?" भन्ने बारेमा सुझाव  मागिएको थियो ।

Hardik health

बुधबार आयोजित अन्तरक्रियामा उपस्थित नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले बेल्जियममा बिसौ बर्षदेखि  भोग्दै आएका समस्या र समाधानका लागि व्यावहारिक उपाय र कूटनीतिक पहल, लगानी र पर्यटन प्रबर्धनका लागि नेपाल सरकारले गर्नु पर्ने र सुधार्नु पर्ने नीतिनियम एवं  युरोपको श्रम बजारमा नेपाली जनशक्तिको पहुँचका लागि गर्न सकिने काम लगायत एनआरएन नागरिकता, दोश्रो पुस्तालाई नेपालसंग जोड्नका लागि पहल, भिसा सम्बन्धि समस्या,  हवाई यातायात समस्या, युरोपमा नेपाली वायु सेवा कम्पनिहरु माथि लगाइएको प्रतिबन्ध फुकुवाको पहल साथै योग, ध्यान, नेपाली परिकार, कला संस्कृति मार्फत नेपालको  प्रबर्धन गर्ने लगायतका सुझावहरु दिएका थिए ।

यसैगरी सहभागीहरुले  दूतावासको सेवासुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग,  सेवाग्राहीलाई सेवा सम्बन्धि सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रुपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरुमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्था (रेस्टुरेन्ट, पसल) हरुमा नेपाल झल्काउने सामग्री वितरणको ब्यबस्था, नेपाल फेस्टिबल, फूड फेस्टिबल गरिरहेका नेपाली संघसंस्थाहरुसंग सहकार्य र प्रोत्साहन, नेपाली मूलका बालबालिकाहरुलाई नेपाली  भाषा सिकाउन  पाठ्यपुस्तक र परिक्षाको ब्यबस्था, आफ्ना नजिकका बेल्जिक साथीहरुलाई नेपालको भ्रमणमा जान प्रोत्साहन गर्ने लगायतका दूतावास र नेपाली समुदायले गर्न सक्ने थुप्रै विषयमा सुझाव दिएका थिए ।

नेपाली दूतावास बेल्जियमका तृतीय सचिव  रमेश गैरेले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत लम्सालले सबै सहभागीहरुलाई स्वागत गरिन्।  उनले आफ्नो बेल्जियम आगमनको १२० दिन मात्र पुगेको भए पनि आफु दशकौंदेखि  बेल्जियमको वस्तुस्थितिबारे जानकार रहेको बताइनन्।  उनले प्रवासमा बसेर पनि नेपाल र नेपालीको हितका लागि निस्वार्थ सेवा गरि रहेका नेपाली संघ संस्था तथा अगुवाहरुको प्रशंसा गर्दै छलफलबाट प्राप्त सुझावहरु कार्यपुस्तिका बनाएर राख्ने र सोहि अनुसार कार्या न्वयन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

उनले नेपालमा लगानीका लागि व्यवसायीहरु, नेपालको प्रचारप्रसारका लागि संचारकर्मीहरु, रोजगारीका लागि पेशाकर्मी तथा संस्थाहरु, भाषा साहित्य र कलासंस्कृतिको प्रबर्धन एबम प्रचार प्रसारका लागि कलाकार, साहित्यकार, जातीय तथा सांस्कृतिक संस्थाहरुलाई दूतावाससंग सहकार्य गर्न अनुरोध गरिन् ।

कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव रूस कार्की, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा,एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु एवं  केन्द्रीय पदाधिकारीहरु पीजी शेर्पा, गंगाधर गौतम, लोक दाहाल, चित्र सुवेदीका साथै बेल्जियमस्थित  सांस्कृतिक, सामाजिक, क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस सोमबार, साउन १८, २०८३
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP