Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘गीतकार टेक तामाङ सांगीतिक साँझ - २०८२’ हुँदै
‘गीतकार टेक तामाङ सांगीतिक साँझ - २०८२’ हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ५, २०८२

काठमाडौं -  चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा  तामाङको  पहिलो  एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो ।

प्रतिष्ठानको प्रेक्षालयमा आगामी असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ  हुने भएकाे छ ।  उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ नाम दिइएको छ । 

गीतकार तामाङको हालसम्म सयौं गीतहरु रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरु नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् । 

प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिका देखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दिप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान डेबिड शंकर, रुपक चौधरी, प्रदिपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उनका चर्चित गीतहरुमा गुञ्जिने छन् ।

Hardik health

कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको छ । गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार बसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यहरमा अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई (शिव), कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुन बहादुर घलान र गोपालचन्द्र राई रहेका छन् । 

‘टेक तामाङ सांगीतिक साँझ –२०८२ ’ ले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।

थापाले भने ,' नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं बिशिष्ट साहित्यकार बैरागी काइँलाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा सांगीतिक क्षेत्रका लोकप्रिय एवं विशिष्ट व्यक्तित्वहरुका बाक्लो उपस्थिती रहने छ । नेपाली संगीतको प्रवद्र्धनका लागी पनि यो कार्यक्रमको आयोजना गरिएकाले पनि गीत संगीतका सम्बन्धी संघसंस्था, व्यवसायी, समाजसेवी, पत्रकार र संगीतप्रेमी सबै सामु सहयोगको अपेक्षा र आग्रह गर्दछु ।’

थापाका अनुसार कार्यक्रममा गीतसंगीतलाई माया गर्ने दर्शक तथा स्रोतालाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको छ । विसं. २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील छन् ।

उनका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह–‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह ‘स्वदेश’, आधुनिक गीतसंग्रह ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह ‘आमा’, आधुनिक गीतसंग्रह ‘नाता’, भजनसंग्रह ‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह ‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि आउने तयारीमा छन् ।

नेपाली सांगीतिक क्षेत्रमा योगदान पूर्याउँदै आएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख भएर राष्ट्रसेवामा समर्पित छन् । 


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:४४
#गीतकार_टेक_तामाङ
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP