Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • रोशन राईको  ‘धोका दियौ तिमीले’ सार्वजनिक 
रोशन राईको  ‘धोका दियौ तिमीले’ सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ४, २०८२

काठामाडौं -  सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई आज, असाढ ३ गते काठमाडौ, दरवारमार्ग, क्युएफएक्स हलमा एक भब्य कार्यक्रमका बिच गीतलाई सार्वजनिक गरेकाे हाे ।

लुङ्टो क्रियशन युट्युव च्यानलबाट अफिसियल गीतपनि सार्वजनिक भैसकेको छ ।३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको छ । ३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो ।

यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । अमर श्रष्ठा स्व. विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।सार्वजनिक गीतको बारेमा बोल्दै प्राज्ञ शान्तिरामले आफ्नो ३५ वर्ष अगाडीको संर्घष सम्झिए ।

Hardik health

शान्तिरामले भने ‘काठमाडौको बासाई, संर्घष अनी अभावमा जन्मिएको थियो धोका दियौ तिमीले ।’ यो गीत बाउ, छोरा र नाति पुस्ताहरुका लागी लोकप्रिय भएकोपनि शान्तिरामले बताए । त्यस्तै गायक रोशनले कार्यक्रमलाई सम्बोधन गर्दै, प्राज्ञ संगीतकार शान्तिरामलाई ढोग्दै सदावहार लोकप्रिय गीत गाउन दिएकोमा धन्यवाद प्रकट गरे । द भ्वाईस अफ नेपालका संचालक चर्चित होस्ट सुशिल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । सुशिलले पनि रोशनको स्वरसंगै अभिनयको पनि तारिफ गरेका थिए ।

चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ । गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ । निर्देशक राजेशले केकी र रोशनलाई दमदार अभिनय गराएका छन् ।

भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशन गीत संगीतमा बच्चैदेखी लागेका थिए । रोशनले ०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए । अहिले सम्म १ हजार बढी गीतहरु गाइसकेका रोशनको ४ एल्बमहरु दर्शक, श्रोताहरुमाझ ल्याईसकेका छन् । भर्सटाइल रोशन गायनसंगै शब्द तथा संगीतपनि सृजना गर्छन् । उनको १०० भन्दा बढी संगीतहरु पनि दर्शक, श्रोतामाझ ल्याईसकेका छन् । म्युजिक भिडियोमा पहिलो पटक अभिनयमा गरेका रोशनको गीत रिलिजपछि अभिनयकोपनि प्रसंसा भइरहेको छ । रोशनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ , ‘जिवनमा एउटै’ लगायत गीतहरु दर्शकमाझ लोकप्रिय रहेको छ । 


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP