पर्सा - विरगंजको अवैध गोदाममा सशस्त्रले छापा मारेर २२ लाख भन्दा बढिको अवैध लत्ताकपडा बरामद गरेकाे छ । पर्सा जिल्लाको विरगंज महानगरपालिका–६ रेशमकोटीबाट असार १ गते लुकाई छिपाई राखेको करीव २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हाे ।
सोही ठाउँको एक घरमा भारतबाट अवैध रुपले ल्याएर लुकाई छिपाई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले आईतबार साँझ छापा मारेको थियो ।
बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि सोमबार बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।