
काठमाडौं– सरकारले गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्ति गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा.राजन खनालको नाम सिफारिस गरेको थियो । गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकाश पाएका अधिकारीसँग राष्ट्र बैंकमा तीनदशक काम गरेको अनुभव छ ।
उनी यसअघि डा. चिरञ्जीवी नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले अधिकारीलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।