पोखरा - सी.जी. हिरो मोटोकर्पले आफ्नो दोस्रो संस्करणको अफ-रोड मोटरसाइकल इभेन्ट "एक्सट्रयाक" यस शनिबार पोखराको महेन्द्र गुफा नजिक आयोजना गर्दैछ। युवाहरूमा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन र हिरोका अत्याधुनिक बाइकहरूको प्रत्यक्ष अनुभव गराउन मोटोकर्पले एक्सट्रयाककाे आयोजना गरेकाे हाे ।
धुलिखेलमा पहिलोपटक सफलतापूर्वक सम्पन्न इभेन्टपछि, यसपटक पोखरामा मोटरसाइकल प्रेमीहरूले हिरो एक्सपल्स २०० 4V र 4V Pro मा अफ-रोड राइडिङ्गको अनौठो अनुभव लिन सक्नेछन्। विशेष ट्रयाकमा राइडिङ्गसँगै, सहभागिहरूले प्रशिक्षित मार्शलहरूसँग प्रत्यक्ष प्रशिक्षण, सुरक्षा मापदण्डअनुसार सवारी, र राइडिङ टिप्स समेत प्राप्त गर्नेछन्।
इभेन्ट बिहान १० बजे सुरु हुनेछ। इच्छुक राइडरहरूले हिरो मोटोकर्प नेपालको सामाजिक सञ्जाल पेजबाट निःशुल्क दर्ता गर्न सक्नेछन्। ड्राइभिङ लाइसेन्स र सेफ्टी गियर अनिवार्य गरिएको छ। कम्पनीले सहभागीहरूलाई मोटरसाइकल र लिमिटेड एडिसन एक्सपल्स ब्राण्डेड जर्सी निःशुल्क उपलब्ध गराउनेछ।