Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू
सुनिल बाबु पन्त
सुनिल बाबु पन्त बिहीबार, जेठ २९, २०८२

कुनै पनि लिंग प्रत्यारोपण शल्यक्रिया गर्नु अगाडि, केवल व्यक्तिको होइन, उनको परिवारको पनि गहिरो मनोवैज्ञानिक र कानुनी परामर्श अनिवार्य हुनुपर्छ। विशेषगरी जब कुनै पुरुषले विवाह गरी श्रीमती र सन्तान भएको अवस्थामा लिंग परिवर्तन गर्छन्, तब यो केवल व्यक्तिगत निर्णय मात्र हुँदैन यसको असर पूरै परिवारमा पर्छ।

सबैभन्दा पहिले प्रश्न उठ्छ- पत्नीको के हुन्छ? उनको यौनिक, भावनात्मक र कानुनी आवश्यकताको के सुनिश्चितता छ? के उनी अझै पनि त्यही "पति" की पत्नी रहन्छिन्? कि सम्बन्ध स्वतः अन्त्य हुन्छ? यस्तो अवस्थामा पत्नीको अधिकारको के रक्षा हुन्छ?

त्यस्तै, सन्तानको कुरा पनि गम्भीर छ। जब बाबुआमामध्ये एक जनाको लिंग परिवर्तन हुन्छ, त्यसले बालबालिकाको मनोविकास, पारिवारिक आत्मीयता र सुरक्षामा असर पर्छ। के यिनीहरूको पनि आवाज सुन्ने प्रयास भयो?हामीलाई यी प्रश्न सोध्न जरुरी छ—शल्यक्रिया अघि पत्नीको सहमति लिइयो? के उनले स्पष्ट जानकारी पाएर राय दिन सकिन्? कतै यस्तो त भएन कि उनलाई चुपचाप सहन भनियो? कि लिंग परिवर्तन गर्ने व्यक्तिलाई "हिजडा नेतृ" बनाएर कुन ठाउँमा माग्न जान पाउने अधिकार दिइएको भनियो?

Hardik health

के यही हो लैंगिक समानताको बाटो? जहाँ एक जनाको स्वतन्त्रताको नाममा अर्काको सम्मान, अधिकार र जीवनचक्र तोडिन्छ?अझ अर्को महत्त्वपूर्ण पक्ष हो—नैतिकता र दीर्घकालीन उत्तरदायित्व। अहिले केही अन्तर्राष्ट्रिय दाताहरूको पैसाले शल्यक्रिया निःशुल्क भइरहेको छ। तर भोलि त्यो पैसाको स्रोत सकिएपछि के हुन्छ? लिंग परिवर्तन गरेपछि आवश्यक पर्ने जीवनभरको हर्मोन थेरापी, स्वास्थ्य परीक्षण र सम्भावित जटिलताको उपचार कसले गर्ने?

के हाम्रा अस्पताल, डाक्टर, स्वास्थ्य मन्त्रालय यो दीर्घकालीन जिम्मेवारीका लागि तयार छन्?नेपालमा हालसम्म लिंग प्रत्यारोपण सम्बन्धी कुनै स्पष्ट नीति, मापदण्ड वा कानुनी संरचना छैन। कुनै राष्ट्रिय स्तरको परामर्श प्रक्रिया छैन, न त परिवार वा सन्तानका लागि आवश्यक समर्थन संरचना। यस्तो संवेदनशील विषयलाई दाताको पैसा देखाएर "प्रगतिशील कदम"को रूपमा हतारमा अघि बढाउनु खतरनाक हुन सक्छ।

त्यसैले हामीले स्पष्ट रूपमा सोध्नैपर्छ ,लिंग परिवर्तन किन गरिँदैछ?के यो सौन्दर्यका लागि हो? महिला बन्ने आकांक्षाका लागि हो? कि अरूको जीवनबाट टाढा भएर बधाइ माग्न जाने बाटो हो?के यसको कानुनी, सामाजिक र पारिवारिक आवश्यकता र असरहरू बुझिएको छ?साँचो सशक्तिकरण भनेको सही जानकारीसहित स्वतन्त्र निर्णय लिन पाउनु हो—जहाँ व्यक्ति मात्र होइन, उनको परिवार, सन्तान र समुदाय सबैको हित सुरक्षित होस्। केवल दाताको चासो पुरा गर्न गरिएको हतारो सशक्तिकरण होइन।

शल्यक्रियाले शरीर चिर्नु अघि, हामीले पहिले यी सबै प्रश्नहरूको जवाफ खोज्नुपर्छ।सही प्रक्रिया, पारदर्शिता, दीर्घकालीन योजना र सबै सरोकारवालाको सहभागिताबिना लिंग प्रत्यारोपणको बाटो अघि बढ्नु- अन्यायपूर्ण मात्र होइन, अमानवीय पनि हुन सक्छ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP