Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
सुमित्रा चापागाईं अधिकारी / रासस
सुमित्रा चापागाईं अधिकारी / रासस मंगलबार, जेठ २७, २०८२

बुटवल - बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको जुत्ताचप्पल तालिमले महिलाहरुले साना उद्योग एवं व्यवसाय सञ्चालन गरी घरपरिवारको आयआर्जनका साथै यस क्षेत्रमा आर्थिक चलायमान गराउन सहयोग पुगेको छ । तालिमबाट प्राप्त सीपले धेरै महिला जुत्ताचप्पल व्यवसायबाट आत्मनिर्भर बन्न सकेका छन् । 

बुटवलका विभिन्न वडामा सञ्चालन भएका यस्ता तालिममा महिलाले हातले जुत्ता र चप्पल बनाउने सीप सिकिरहेका छन् । उनीहरू विभिन्न बजारमा आएको नयाँ नयाँ प्रकारका डिजाइनमा ज्ञान प्राप्त गरी उत्पादन गरेका जुत्ता चप्पलको माग बुटवल तथा आसपासका शहरमा वृद्धि भइरहेको छ ।

उपमहानगरबाट तालिम प्राप्त गरेकी ओसिन थापा गुरुङ सफल उद्यमी बन्न सफल भएका छन् । बुटवलको व्यस्त शहरमा रहेको उनको साना उद्योगमा जुत्ताचप्पल खरिद गर्न ग्राहकको घुइँचो लागेको देखिन्छ । सफल उद्यमी गुरुङ ग्राहकसँग हँसिलो अनुहारले कुरा गरी आफ्ना सामान बिक्री गर्दै आएकी छिन् ।

उनी  बुटवलको वडा नं ३ ज्योतिनगरले विसं २०७९ को माघमा दिएको सात दिने हातले बनाउने जुत्ताचप्पल तालिमबाट प्राप्त सीपले अहिले सफल व्यवसाय सुरु गरी साना उद्यमी बनेकी छिन् । गुरुङसहित सविता थापा, सुनिता गुरुङलगायत वडाका ५३ महिलालाई जुत्ताचप्पल बनाउने तालिम दिइएको थियो ।
 
उद्यमी गुरुङले तीन साथीहरुको सहयोगमा विसं २०८० मा बुटवलमा भएका साना घरेलु उद्योग उत्पादनको प्रदर्शनीमा रु एक लाख ८० हजार लगानीमा निर्माण गरिएका सामग्री बिक्री गरी शत्प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको बताइन्   । उनले प्रदर्शनीबाट प्राप्त मुनाफाले आत्मविश्वास वृद्धि भएकाले व्यवसाय दर्ता गरी कार्य सञ्चालन गरिरहेको जानकारी दिइन्  । 
  
वडा नं ३ ज्योतिनगरमा एकैचोटि सिकेका तीन जनाले आफ्नो व्यवसाय चलाउँदै धेरै महिलालाई स्वरोजगार बनाउन सफल भएको उनले सुनाइन्   । गुरुङले अहिलेसम्म उपमहानगरपालिकाबाट सञ्चालित जुत्ताचप्पल बनाउने तालिम १० वडामा दिएको बताइन्   ।
 
उनले पूर्वमेचीदेखि पश्चिममहाकालीसम्मका महिलालाई जुत्ताचप्पल तालिम दिएर धेरैलाई व्यवसाय चलाउन सक्ने सक्षम बनाएकी  छिन् । उनले अहिलेसम्म एक हजारभन्दा बढी महिलालाई यो तालिम दिइसकेकी छन्  । गुरुङ अहिले जुत्ताचप्पल बनाउने तालिम लिएर सुरु गरेको व्यवसायले प्रतिमहिना रु तीन लाख मुनाफा आर्जन गर्न सफल छिन् । 

अहिलेसम्म उनले दिएको तालिमबाट २०÷२५ जनाले आफ्नै व्यवसाय दर्ता गरेर धेरै महिलालाई रोजगारी दिँदै राम्रै आम्दानी गरिरएको छ । त्यसमध्ये काभ्रेपलाञ्चोककी महिला रञ्जु उप्रेती हुन् । उप्रेती भन्छिन् , “मैलै विसं २०८१ साउनमा  बुटवलमा लिएको जुत्ताचप्पल बनाउने तालिमले अहिले आफ्नै व्यवसाय दर्ता गरी दुई जनालाई रोजगारी दिई मनग्य आम्दानी गर्न सफल भएको छु ।” 

त्यसैगरी ओसिनकै अर्की प्रशिक्षार्थी महिला खउकुमारी गुरुङले पनि आफूले हातले जुत्ताचप्पल बनाएर अनलाइनमार्फत बेचेर आम्दानी गर्नाका साथै विभिन्न ठाउँमा तालिम दिँदै महिला उद्यमी उत्पादन गर्दै आएकी छिन्  । तालिम लिएका धेरै महिलाले यो व्यवसायबाट आम्दानी गर्नुभएको उदाहरण यस क्षेत्रमा देख्न सकिन्छ ।

त्यसैगरी, बुटवल वडा नम्बर ३ ज्योतिनगरमा रहेका १२ वटा टोलबाट २८ महिलालाई जुत्ताचप्पलसम्बन्धी साताव्यापी तालिम दिइएको थियो । त्यसबाट  सफल उद्यमी बन्नुभएकी अर्की महिला सविता थापा पनि हुन्  । थापा आफ्नै व्यवसाय सञ्चालन गरेर मुनाफा आर्जन गर्नाका साथै विभिन्न स्थानमा तालिम दिएर महिलालाई सक्षम उद्यमी बनाउन सफल भएकी छन्  । 

यस्तै, अर्की प्रशिक्षक सुनिता गुरुङले विसं २०७९ मा तालिम लिएर अहिले आफ्नै व्यवसाय दर्ता गरी सफल उद्यमी र महिलालाई जुत्ताचप्पल बनाउने तालिम प्रदान गरिरहेका  छन्  । विसं २०८२ मा बुटवल–१३ कार्यालयले दिएको हातले जुत्ता चप्पल बनाउने १० दिने तालिममा १३ जना सहभागी भएकामध्ये तारा रानाले अहिले साना उद्योग सञ्चालन गरिरहेका छन्  । 

रानासहित तालिम लिएका चार जनाले संयुक्त रुपमा सोही  वडा नं १३ मै साना जुत्ताचप्पल उद्योग सञ्चालन गरिरहेकी छन्  । राना भन्छिन् , “हामीहरूलाई पहिला दिन काट्न समस्या हुन्थ्यो भने अहिले तालिमबाट स्वरोजगार हुनाका साथै घरव्यवहार सञ्चालन गर्न केही रकम बचत गर्नसमेत सफल भएकामा खुसी लागेको छ ।”

बुटवल–८ की वडा सदस्य सीता खनालले गत वर्षको चैत २६ देखि वैशाख ३ गतेसम्म वडामा दिएको तालिमले हिजो घरभित्र बस्ने महिला आज बाहिर आएर सबल तथा सक्षम जुत्ता चप्पल उद्यमी भएर आफ्नो खर्च चलाउन सक्ने हुनुभएकामा हर्ष व्यक्त गरिन् ।

उपमहानगरपालिका महिला तथा बालबालिका शाखाका शाखा अधिकृत तारा भुसालले आर्थिक वर्ष २०८१/८२ मा उपप्रमुख महिला उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं १७, १८ र १९ मा हातले जुत्ताचप्पल बनाउने तालिम ९० जनालाई दिइएको बताइन् । नगरले महिला उद्यम विकास कार्यक्रमअन्तर्गत आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसमध्ये मन्टेश्वरी विधिमा आधारित बालबालिका सहजकर्ता एकमहिने तालिम २५ जनालाई, आधारभूत ब्युटी पार्लर तालिम ४५ दिने ३५ जनालाई, ज्येष्ठ नागरिक केयर गिभर तालिम २५ जनालाई, एडभान्स फेसन डिजाइन तालिम २५ जनालाई, एडभान्स आधारभूत सिलाइकटाइ एकमहिने तालिमलगायत सञ्चालन  भइरहेका छन् । शाखा अधिकृत भुसालले उपमहानगरपालिकाले महिलाहरूलाई दिएका यस्ता तालिमले उनीहरुलाई आत्मनिर्भर बनाउने र आर्थिक सशक्तिकरणमा सहयोग पु¥याउनाका साथै आर्थिक रूपमा सक्षम बनाएको बताइन् ।

 उपमहानगरपालिकाको लघु उद्यम विकास शाखाका सहजकर्ता मिठु माया दर्लामीले उपमहानगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकासका कार्यक्रम धेरै किसिमको गरिरहेको छ । पहिला महिलाहरू यत्तिकै घरमा बस्नुहुन्थ्यो भने तालिम लिएपछि अहिले फुर्सदको समयको सदुपयोग गरी स्वरोजगार भई आयआर्जन गर्न सक्ने भएका छन्  ।

महिलाहरु व्यक्तिगत रुपमा भन्दा पनि सामूहिक रुपमा काम गर्ने क्रमको विकास हुनाका साथै महिलामा लघु व्यवसायमा संलग्न भई आर्थिक अवसर प्रदान गर्नलाई यस्ता व्यवसायमा आबद्ध गराएको उनको भनाइ छ ।  उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले महिलालाई उत्पादनमूलक सीप दिएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको  बताए । प्रमुख पाण्डेयले भने,  “बेराजगार तथा गृहिणी महिलाहरुलाई सीप र अर्थतन्त्रसँग जोड्न सके मात्र समुन्नत शहर बनाउन सकिन्छ ।” 
  
 उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिकाले विशेषगरी महिलालाई धेरै किसिमको व्यावसायिक सीप तथा तालिम प्रदान गर्दै आइरहेको बताइन् । उनले कतिपय महिलाले उत्पादन मात्र होइन, मार्केटिङ र ब्रान्डिङमा पनि दक्षता हासिल गरेको सुनाइन्  । सीप, सहकार्य र सशक्तीकरणको सहयोगले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै समाजमा सम्मानित स्थान हासिल गर्न सफल गराएको छ । महिलाहरुलाई सीप प्रदानबाट उनीहरुको जीवनस्तर उकास्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको उपप्रमुख अर्यालको भनाइ छ । 


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप जीवनशैली
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित बुधबार, जेठ २८, २०८२
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती बुधबार, जेठ २८, २०८२
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ मंगलबार, जेठ २०, २०८२
महाकालीको माछा बेचेर जीविका चलाउँदै
महाकालीको माछा बेचेर जीविका चलाउँदै सोमबार, जेठ १९, २०८२
विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार
विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार सोमबार, जेठ १९, २०८२
बाँसका सामग्री उत्पादन सुरु
बाँसका सामग्री उत्पादन सुरु मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP