काठमाडाैं - डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक व्यवसायिक बैंकिङका लागि र्यापिड (RAPID) एपिआइ (API) बैंकिङ प्रणालीको सुरुवात गरेकाे छ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रा लिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म(API Banking Platform) RAPID संचालनमा ल्याएको हाे ।
यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा RAPID ले ग्राहकको ERP प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ERP भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ । साथै दोस्रो चरणमा, RAPID विश्वव्यापी मापदण्ड ISO20022 tyf MFA र OAuth2 जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित QR उपलब्ध गराउने छ ।
भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने,त्तच् कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरु उपलब्ध हुनेछन् ।
RAPID ले व्यवसायिक प्रयोगकर्तालाई OAuth2 मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (TOTP) को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक एप्क्ष् प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।
RAPID ले विश्वव्यापी क्ष्क्इ द्दण्ण्द्दद्द मापदण्डहरू पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर, र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्छ जसले गर्दा व्यवसायिक ग्राहकहरुले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन्। । यो सेवाले व्यवसायिक ग्राहकहरुको बैंकिङ कारोवारलाई धेरैनै सहज हुने विश्वास बैंकले लिएको छ ।