Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सुशील विश्वकर्माले ल्याए दुई गीत
सुशील विश्वकर्माले ल्याए दुई गीत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०८२
तस्बिर : सुरेन्द्र थापा

काठमाडौं -  केही समय यताबाट अमेरिका बस्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याएका छन् । बरिष्ठ गायिका मिरा राणा र बरिष्ठ संगीतकार दीपक जंगलले दुबै गीतको पोष्टर सार्वजनिक गर्दै गीतको विमोचन गरेका हुन् ।

कार्यक्रममा उनका दुई गीत पछ्यौरीको छेउ...र भुतुक्क भएँ नी...को भिडियो पनि सार्वजनिक गरिएकाे छ  ।  दुबै गीतको भिडियोलाई गायक एवम् संगीतकार सुशीलले आफ्नै च्यानलबाट रिलिज गरेका छन् । कार्यक्रममा बिमोचित गीत भुतुक्कै भएँ नीमा राजेश गुरुङको रचना र महेश थुलुङको स्वर रहेको छ । रोमाञ्चक भावको यो गीतको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीको अभिनय रहेको छ । यो गीतको संगीत सृजना सुशील विश्वकर्माले नै गरेका हुन् ।

यस्तै अर्को गीत पछ्यौरीको छेउमालाई सुशीलले नै गायका छन् । यो गीतमा उनलाई गायनमा बिबी अनुरागीले साथ दिएका छन् । यो गीतलाई हेमन्त विवशले लेखेका हुन् । नदी किनारमा गिट्टी कुटेर जीवन यापन गरिरहेका मजदुरहरूको ब्याथामा यो गीत आधारित छ । गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ, श्रेया नापितले अभिनय गरेका छन् ।

Hardik health

यी दुबै गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन, केशव कोइरालाले कोरियोग्राफी, राजेन्द्र पाण्डेले छायांकन एवम् सम्पादन गरेका हुन् । बिमोचन कार्यक्रममा सबैलाई स्वागत गर्दै भिडियो निर्देशक कृष्ण रसालले यसपटक आफुलाई दुई फरक शैलीका गीतको निर्देशन गर्दा फरक अनुभव भएको बताए । बिगत चार दशकदेखि गायन, संगीत र बाँसुरी वादनमा क्रियाशील रहँदै आएका सुशीलले यसपटक निकै राम्रो गीत गाएको पनि उनले बताए ।

गायक एवम् संगीतकार सुशील विश्वकर्माले सबैलाई धन्यबाद दिँदै केही समय यताबाट आफू अमेरिकामा रहँदै आए पनि त्यहाँ रहेका नेपालीहरूलाई गीत संगीत नयाँ पुस्तालाई सिकाउँदै आएको बताए । आफू जहाँ रहे पनि संगीत सृजना र गायनलाई निरन्तरता दिने उनको कथन थियो ।कार्यक्रममा गायिका लोचन भट्टराईले पनि सुशीलको गायनको प्रशंसा गरिन् । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सुशीलको संगीत र गायन दुबै राम्रो भएको बताए ।

संगीतकार दीपक जंगमले सुशीलले सुन्दा आनन्द आउने गीत बजारमा ल्याएको भन्दै उनलाई यस्ता संगीत सृजनालाई निरन्तरता दिन पनि सुझाब दिए । भिडियो निर्देशक कृष्ण रसालले पनि गीतलाई भिडियोमा जीवन्तसँग ढालेको जंगमले बताए ।गायिका मिरा राणाले कार्यक्रममा बोल्दै अग्रज रेडियो नेपालमा समुहमा गीत गाउने गरेका सुशीलले एकल रुपमा पनि यसपटक राम्रो गीत गाएको बताइन् । सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको पनि उनले जिकिर गरिन् । संगीत सृजनासँगै उनले सुशीललाई गाउन पनि सल्लाह दिईन् ।


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP