Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’
‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ८, २०८२

काठमाडौं -  नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन्, आर्यन सिग्देल । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गर्नुभएका उनले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेलेका छन्  । दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको । 
 
यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहनुहुन्न । त्यसैले नै उहाँले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गरे  । जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उनलाई चिनेनन् । त्यसपछि ‘नाइके’ मा द्वन्द्व प्रधान भूमिका गरे  । आफ्नो ‘लभर ब्वाई’ को छवि मेट्न उनी दुवै चलचित्रबाट असफल हुन्। 

“मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन, विविध कारणले त्यो सम्भव भएन । मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो किजस्तो पनि लाग्यो, तर बिस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले । फलतः मेरो उपस्थिति कम भयो”, अभिनेता सिग्देलले भने । 

उनलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन् । ‘गुड लुकिङ’ सँगै अभिनय गर्न सक्ने अभिनेता सिग्देल बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो, तर गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पुजार सार्की’ पश्चात् उनको छवि फेरियो । ‘लभर ब्वाई’ का रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहेका छन्  । “मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याए  । अहिले म पात्रमा रमाउन थालेको छु”, अभिनेता सिग्देलले भने  । 

Hardik health

उनलाई मात्र नभई ‘प्रेम गीत’ चलचित्रमार्फत ‘प्रेम’ उपनामले समेत चिनिनुभएका अभिनेता प्रदीप खड्कालाई समेत निर्देशक राउतले ‘स्टारडम’ को छाया बाहिर ल्याएर अभिनय गराए अर्थात् सुकिलामुकिला कपडा, आकर्षक शरीर र काल्पनिक दृश्यमा प्रस्तुत हुने अभिनेता खड्कालाई जुम्लाको ग्रामीण परिवारको युवकका रूपमा निर्देशक राउतले ‘प्रकाश’ मा प्रस्तुत गरे ।  त्यसपछि अभिनेता सिग्देल र खड्कालाई निर्देशक राउतले ‘पुजार सार्की’ मा एकसाथ अभिनय गराए  । 

‘लभर ब्वाई’ को छवि बनाउनुभएका दुई अभिनेता ग्रामीण भेगका युवा झैँ देखिए । अन्य निर्देशकले कल्पना पनि नगर्नुभएको भूमिका निर्देशक राउतले सोच्नुको कारण सामीप्यता भएको बताए । “मैले उहाँ दुईलाई भेट्दा चललचित्रमा गरिरहेको भूमिका र चलचित्रप्रतिको चेतनामा फरक पाएँ किनकि उहाँहरू पनि आफूले गर्ने भूमिकामा मात्र सीमित हुने सोचमा हुनुहुन्थेन । मैले उहाँ दुईमा देखेको सोचले नै छवि बदल्ने भूमिका सुनाए । उहाँहरूले विश्वास गरेकै कारण चलचित्र सफल हुनाका साथै दर्शकले पनि रुचाउनुभयो”, निर्देशक राउतले भने । 

उनले अभिनेतालाई एकै किसिमको भूमिकामा सीमित गर्न नहुने विचार राखे । सोही कारण आफ्ना प्रायः चलचित्रमा निर्देशक राउतले फरक भूमिकामार्फत नयाँ छवि निर्माण गरे । “कलाकारलाई दर्शकले हेर्ने नजरिया कुनै न कुनै चलचित्रमार्फत नै निर्माण भएको हो, त्यसैले हामीले नयाँ प्रयोग गर्न डराउनु हुँदैन । सधैँ बजारमा चलेको ‘ट्रेन्ड’ लाई पछ्याउनु हुँदैन, हामीले नयाँ कुरा बजारलाई दिनुपर्छ”, उनले भने ।  राउतले निर्देशन गर्नुभएको चलचित्र ‘महाभोज’ आगामी १५ जेठमा प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा अभिनेता सिग्देलसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन्। 


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
विष्णु खत्रीले ल्याए दसैँगीत  ‘प्यारो गाउँघरमा’
विष्णु खत्रीले ल्याए दसैँगीत  ‘प्यारो गाउँघरमा’ मंगलबार, असोज ७, २०८२
अमेरिकाबाटै रुजनको नयाँ गीत चञ्चले आँखा रिलिज  
अमेरिकाबाटै रुजनको नयाँ गीत चञ्चले आँखा रिलिज   सोमबार, असोज ६, २०८२
‘परिवर्तन’ फिल्म माघ ९ मा प्रदर्शनमा आउँदै
‘परिवर्तन’ फिल्म माघ ९ मा प्रदर्शनमा आउँदै सोमबार, असोज ६, २०८२
निर्देशक राज बहादुर सानेले ‘लज्जावती’ फिल्म बनाउँदै
निर्देशक राज बहादुर सानेले ‘लज्जावती’ फिल्म बनाउँदै सोमबार, असोज ६, २०८२
इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा’ बन्दै
इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा’ बन्दै सोमबार, असोज ६, २०८२
 दशैंमा ‘अभिमन्य’को नेपाली र हिन्दी संस्करण प्रदर्शन हुँदै
 दशैंमा ‘अभिमन्य’को नेपाली र हिन्दी संस्करण प्रदर्शन हुँदै आइतबार, असोज ५, २०८२
‘बलिदान’को ट्रेलर सार्वजनिक
‘बलिदान’को ट्रेलर सार्वजनिक शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP