Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई
छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ६, २०८२

काठमाडौं - परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताएका छन्  ।  नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाल–चीनबीचको सम्बन्ध र सम्भावनाको समीक्षा’  विषय गोष्ठीको उद्घाटन सत्रमा उहाँले चीन नेपालको विश्वासिलो र भरपर्दो छिमेकी मित्र भएको स्पष्ट पारे । उनले भने, “नेपाल–चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं परम्परागत सम्बन्ध रहिआएको घनिष्ट मित्रराष्ट्र हुन् ।

हामीले एक अर्काको चासो र सवेदनशीलतालाई बुझ्नुपर्छ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहिआएको छ ।”  नेपाल र चीनले एक अर्काका आकाङ्क्षालाई सम्मान गर्दै आएको स्मरण गर्दै उनले नेपालको सार्वभौमसत्ता र भौलोगिक अखण्डता एवं राजनीतिक स्वतन्त्रताप्रति चीनले लिँदै आएको नीतिप्रति आभार व्यक्त गरे ।

सचिव राईले भने, “हामी नेपाली जनता चीनको सहयोगप्रति आभारी छौँ, नेपालका लागि चीन आर्थिक सहभायताको सबैभन्दा ठूलो देश मात्र नभई दोस्रो ठूलो व्यापार साझेदार मुलुक हो ।”  सचिव राईले मित्रराष्ट्रको समृद्धिका लागि चीनका लागि राष्ट्रपति सी चिनफिङ्ले अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत दुई देशबीचको सम्बन्ध बहुआयामिक तहमा विस्तार हुँदै गएको बताए । उनले बिआरआइमार्फ अगाडि बढेका आयोजनाले नेपालको आर्थिक विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
 
नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले विगत ७० वर्षदेखि नेपाल र चीनबीच रहिआएको कूटनीतिक सम्बन्ध जनतस्तरसम्म पुगेको र यसले दुवै देशको चासोलाई सम्बोधन गर्दै आएको बताए । उनले भने, “विभिन्न समयमा हुँदै आएको उच्चस्तरीय राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्ध घनिष्ट तुल्याउन योगदान पुगेको छ, सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणले आपसी सम्बन्धलाई अझै उचाइमा पु¥याएको छ ।”
 
नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा, पावर ग्रिडजस्ता आयोजनामा चीनले नेपाललाई सहयोग गर्दै आएको र बिआरआइमार्फत नयाँ आयोजना अगाडि बढेको उल्लेख गर्दै उहाँले आगामी दिनमा द्विपक्षीय सहयोग र सहकार्य थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे  । चीनले नेपाललाई सधैँ समान र सहअस्तित्वको भावनाबाट सम्मान गर्दै आएको स्पष्ट पार्दै उपप्रमुख वाङले एकअर्काको आपसी चासोलाई दुवै देशले अन्तरमनबाट सहयोग गरिरहेको बताए ।नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको उत्सव मनाइएका बेला दुवै देशका सरकारी ‘थिङ्क ट्याङ्क’ ले आयोजना गरेको ऐतिहासिक गोष्ठी हो ।
 
नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्टाटेजी अफ दि चाइनिज अकाडमी अफ सोसल साइन्स (निस)ले पहलमा भएको यस गोष्ठीले औपचारिक सहकार्यको जग बसाल्ने आयोजकको अपेक्षा छ । त्यस अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राडा लेखनाथ शर्माले नेपाल र चीन एकअर्काका विश्वासिला छिमेकी मित्र भएको बताए । उनले भने, “नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध पाँचौँ शताब्दीदेखि नै रहिआएको छ, पूर्वाधार र उद्योगदेखि मानवीय सहयोगसम्म नेपालको विकासमा चीनको योगदान छ, जुन महत्त्वपूर्ण र प्रशंसनीय छ ।”

Hardik health

विगतमा काठमाडौँ अन्तरराष्ट्रिय व्यापार, पारवहन र सम्पर्क सञ्जालको प्रमुख केन्द्रका रूपमा रहेकामा अहिले पनि त्यसलाई निरन्तरता दिन आवश्यक रहेको अध्यक्ष शर्माको भनाइ थियो ।  विश्वमा भएका विभिन्न घटना र परिवेशले नेपाल र चीनबीच स्थिर, सहयोगी र अग्रगामी साझेदारीको आवश्यकतालाई आह्वान गरिरहेको जनाउँदै उनले हाम्रा सम्बन्ध दुई राष्ट्रहरूको फाइदाका लागि मात्र नभई समग्र एसिया क्षेत्रमा शान्ति, स्थिरता र साझा समृद्धिका लागि हुने धारणा व्यक्त गरे । नेपाल–चीन रणनीतिक सहयोग साझेदारीको प्रभावकारी कार्यान्वयनमा नेतृत्व र निर्णयकर्तालाई मार्गदर्शन गर्न सक्ने कार्ययोग्य नीतिगत सिफारिस गर्नु गोष्ठीको उद्देश्य रहेको जानकारी दिए  ।


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP