बागमती- बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्र्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
बैठकमा प्रदेशसभाअन्तर्गतको विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकहरु प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ । चालु प्रदेशसभा अधिवेशनबाट अगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ ।