काठमाडौं - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री सरदसिंह भण्डारीले उद्यमसिलता र सिपलाई प्रवद्र्धन गर्ने ढंगबाट मन्त्रालयले काम अघि बढाएको बताएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको ११ औं साधारणसभालाई सम्वोधन गर्दै मन्त्री भण्डारीले गहना उद्योगलाई पनि प्रवद्र्धन गर्ने ढंगबाट योजनाहरु ल्याईने बताए ।
साधारणसभाले ११ बुद्धे घोषणपत्र सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष किसान सुनारले सुनचाँदी क्षेत्रको चुनौति र समाधानको लागि महासंघले निरन्तर कार्य गरिरहेको बताए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ,सल्लाहाकारहरु छविलाल विश्वकर्मा,उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघमा आवद्ध जिल्लाका सयौ व्यवसायीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम महासंघका महासचिव नीरवहादुर विके विमलले संचालन गरेका थिए ।