Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #रेमिट्यान्समा रेकर्ड
  • #रोजगार वार्ता
  • #‘जय  लाखय्’
  • #सुनकाे मूल्य
  • #संसद् बैठक
  • #यातायात
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रम मन्त्रालयको बेरुजु ३ करोड ५३ लाख बढी श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
ममता थापा
ममता थापा शुक्रबार, जेठ २, २०८२
  • मन्त्रालयद्धारा विनियोजित बजेटको ५८.०७ प्रतिशत खर्च
  • विप्रेषण प्राप्तिलाई सस्तो, सुलभ र व्यवस्थित बनाउन सुझाव
  • व्यवसायीको धरौटि वापतको रकम सवारी खरिददेखि विदेश भ्रमणमा प्रगोग
  • वैदेशिक रोजगार कल्याणकारी कोषको रकम मेला व्यवस्थापनदेखि कर्मचारीको विदेश भ्रमणमा प्रयोग

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बेरुजु ३ करोड ५३ लाखभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार यस्तो बेरुजु देखिएको हो ।

मन्त्रालय अन्तर्गतका १२ वटा सरकारी कार्यालयमा चार करोड ३० लाख ६२ हजार बेरुजु देखिएकोमा प्ररम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ७६ लाख ९४ हजार फस्र्यौट भएको थियो । फस्र्यौट हुन बाँकी रकम ३ करोड ५३ लाख ६८ हजार रहेको छ । सोमध्ये म्याद नाघेको पेश्की २७ लाख २८ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । 

मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा देखिएका अनियमितता आँैल्याउँदै महालेखाले त्यसलाई सुधार्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई सस्तो र सुलभ ढंगले प्राप्त गरी यसको परिचालनलाई व्यवस्थित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ८०÷८१ मा १४ खर्ब ४५ अर्ब विप्रेषण मुलुकमा भित्रिएको थियो । 

वैदेशिक रोजगार विभागमा अनलाइन प्रणाली सुरु भएपछि फारम भर्न शुल्क लिने र आवश्यक कागजात नभएपनि निवेदन गरिदिनेजस्ता कारणले सेवाग्राही मर्कामा परेको महालेखाले जनाएको छ । विभागलाई अनलाइन सेवा शुल्कमा एकरुपता ल्याउन, सेवा प्रदायकहरु अनिवार्य रुपमा दर्ता हुनुपर्ने, तोकिएभन्दा बढी सेवाशुल्क नलगाउन र आवश्यक कागजात भए निवेदन गर्न मिल्ने प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ ।

Hardik health

विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली(फेमिस) कर्मचारीले जुनसुकै आइपी एडे«सबाट सञ्चालन गरेको पाइएकाले कार्यालयको आइपी एड्रेसबाट मात्र संञ्चालनको व्यवस्था मिलाउन भनेको छ । कर्मचारीले श्रम स्वीकृतिसम्बन्धी सिफारिस, प्रमाणित तथा स्विकृत गर्ने काम कार्यालय समयभन्दा बाहिर अनधिकृत आइपी एडे«सबाट गर्दा अनियमितता हुुने र सूचनाको सूरक्षामा जटिलता हुने महालेखाले औँल्याएको छ । 

वैदेशिक रोजगारीका लागि प्रमुख सात गन्तव्य मुलुक जाँदा कामदारको भिजा तथा टिकटको खर्च रोजगारदाताले गर्नुपर्ने निर्णय २०७२ असार २१ मा भएको थियो । यसलाई कार्यान्वयन गर्न सर्वोच्च अदालतले २०७५ पुस १८ गते निर्देशनात्मक आदेश दिएको थियो । तर यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै भिजा र टिकट प्राप्ति सहज र मितव्ययी बनाउन सुझाव दिएको छ । 

विभागले इजाजतप्राप्त व्यवसायीको धरौटीवापतको रकम ४ अर्ब ३३ करोडको ब्याजवापत २६ करोड ६६ लाखमध्ये ५ करोड १५ लाख ८७ हजार वैदेशिक रोजगार व्यवसाय कोषमा जम्मा गरेको छ । उक्त रकम व्यवसायीको क्षमता अभिवृद्धि, कल्याणकारी काम र अध्ययन अनुसन्धानमा लगाउनपर्नेमा सवारी साधन खरिदमा ५२ लाख ९९ हजार, विविध खर्चमा १२ लाख १३ हजार र विदेश भ्रमणमा २२ लाख ११ हजार खर्च गरेको पाइएको छ । 

रोजगारीमा जानेले शर्तअनुसार रोजगारी नपाए उजुरी दिँदा क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था छ । विभागमा परेका कुल उजुरीमध्ये ४९.५८ प्रतिशत फस्र्यौट हँुदा मागदाबीको १७.५७ प्रतिशतमात्र क्षतिपूर्ति निर्धारण हुनेगरी निर्णय भएको उल्लेख गरेको छ । बाँकी उजुरीको बिगो खुलाइ निर्णय कार्यान्वयनमा शीघ्रता ल्याउन निर्देशन दिएको छ । 

दक्षिण कोरियाबाहेक अन्य मुलुक जाने कामदारले पन्ध्र सय रुपैँया वैदेशिक रोजागार बोर्डको खातामा जम्मा गर्नुपर्छ । यसरी जम्मा गर्दा सात लाख २९ हजार ३९६ जनाको एक अर्ब नौ करोड ४० लाख भन्दा बढीको श्रेस्ताकागज बोर्डले तयार नगरेको भेटिएको छ । बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषको रकमसमेत दूरुपयोग गरेको पाइएको छ । उक्त रकम वैदेशिक रोजगारीमा जाने या गएका कामदारकै हितमा प्रयोग गर्नुपर्नेमा नेपाली राजदूतावास अबुधावीलाई मेला व्यवस्थापन र व्यवसायी संघ, संघ संगठनका प्रतिनिधिलाई भ्रमण खर्चबापत ३३ लाख १६ हजार, मेलामा सहभागी कर्मचारीको भ्रमण खर्चमा १८ लाख २७ हजार, विद्युतीय कार खरिद गर्न ७९ लाख ४० हजार, दूतावासका सवारीसाधन मर्मत गर्न २३ लाख ९८ हजार र नियोगमा कर्मचारी नियुक्ती गर्न २ करोड ५७ लाख २८ हजार खर्च गरेको भेटिएको छ । 

इपिएस शाखाले पोशाक खरिद गर्दा बोलपत्रमार्फत खरिद गरेको पोशाक सोझै खरिद गरेको भन्दा बढी देखिएको छ । त्यसैगरी कोरिया जाने श्रमिकका लागि टिकट खरिदमा समयमा ठेक्का व्यवस्थापन नगर्दा श्रमिकलाई बढी व्ययभार परेको भन्दै सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउनसमेत महालेखाले निर्देशन दिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वीट्जरल्यान्ड सरकारको सोझै भुक्तानी अनुदानबाट पुनः एकीकरण परियोजना र रोजगार प्रवर्धन कार्यक्रममा ४४ करोड १२ लाख ५० हजार खर्च गरेपनि यसको लेखापरीक्षण पेश भएको देखिँदैन । अर्थ मन्त्रालय र स्वीट्जरल्यान्ड सरकारबीच २०७५ भदौ २० गते भएको सम्झौताअनुसार सबै प्रकारका आम्दानी र खर्चहरुको लेखापरीक्षण गराउनुपर्ने प्रावधान भएपनि सो बमोजिक नभएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार मन्त्रालयले कुल विनियोजित बजेटको ५८.०७ प्रतिशत खर्च गरेको छ । यो अवधिमा १८ अर्ब ७५ करोड ५६ लाख रुपैयाँभन्दा बढी विनियोजन भएकोमा १० अर्ब ८९ करोड १३ लाख खर्च भएको छ । जसमा श्रम मन्त्रालयको वित्तिय प्रगति ७०.५९ प्रतिशत छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पहिलो चरणको एकीकरण पुनः एकीकरण योजनामा ७२.९७ प्रतिशत, वैदेशिक रोजगार विभागले ८४.२९ प्रतिशत र वैदेशिक रोजगार बोर्डले ९८.२१ प्रतिशत खर्च गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
५९ लाखभन्दा बढी श्रमिक विदेसिँदा भित्रियो १०२ खर्ब २९ अर्ब रेमिट्यान्स
५९ लाखभन्दा बढी श्रमिक विदेसिँदा भित्रियो १०२ खर्ब २९ अर्ब रेमिट्यान्स आइतबार, भदौ १५, २०८२
युरोपबाट आउने मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती
युरोपबाट आउने मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती शुक्रबार, भदौ १३, २०८२
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, भदौ १२, २०८२
‘कोरिया रोजगारी दक्ष जनशक्ति विकासमा सहयोगी’
‘कोरिया रोजगारी दक्ष जनशक्ति विकासमा सहयोगी’ बिहीबार, भदौ १२, २०८२
वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न एनआरएनए र आइएलओबीच सम्झौता
वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न एनआरएनए र आइएलओबीच सम्झौता बिहीबार, भदौ १२, २०८२
युएईमा कार्यरत विज्ञ व्यक्तिहरुको विवरण संकलन गर्दै दूतावास
युएईमा कार्यरत विज्ञ व्यक्तिहरुको विवरण संकलन गर्दै दूतावास बुधबार, भदौ ११, २०८२
एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब
एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब सोमबार, भदौ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP