Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
विचार
  • Home
  • विचार
  • दिमागचाहिँ खाली, यिनलाई चाहिने ताली ! 
दिमागचाहिँ खाली, यिनलाई चाहिने ताली ! 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, वैशाख ३०, २०८२

डम्बरे काका ताली पाइएन भन्दै रुञ्चे अनुहार लिइरहेका थिए । पटक–पटक संस्थाको अध्यक्षमा बसेका उनले काम पनि खासै गरेका होइनन् । त्यही भएर पनि ‘नहुनु मामाभन्दा कानो मामा बेश’ भनेजस्तै  उनका अनुयायी सदस्यहरुले उनलाई स्वीकार गरिरहेका थिए ।

डम्बरेको डमरू बजेको सुन्ने चाहना कसैका पनि थिएन । सबै आ–आफ्नै काममा भए पनि उनको कुरा नसुनी धरै नपाउने । तर पनि डम्बरे काकाको गफ सुन्न भने निकै लालायित पनि हुन्थे । उनले गफ गर्दा पनि हरेक कुरालाई हास्यको पात्र बनाइदिन्थे त्यही भएर उनको गफ सन्देश लागिभन्दा पनि हाँस्नका लागि निकै नै रमाइलो हुन्थ्यो । 

‘सबैका आ–आफ्नै विशेषता हुन्छन् नि’ डम्बरे आफैं बखान गर्थे । ‘यसरी तपाईंहरुलाई सुनिरहँु लाग्नेगरी गफ दिनु नै मेरो विशेषता हो । पत्याउने नपत्याउने भन्ने कुरा त तपाईंकै मर्जी ।’उता चौताराको माहोल अर्कै थियो । पिपलको बोटमुनि बसेर पनि असत्य, अधर्मी कुरा सुन्नुपर्ने । झूठलाई सत्य मानेर ताली ठोकिदिनुपर्ने ! ‘दिमागचाहिँ खाली यिनलाई चाहिएको छ ताली’ प्रद्युम्नले सँगैका साथीलाई सुनाउँदै थिए । 

प्रद्युम्नको कुरा सुनेर उनीसँगै बसेका बालकृष्ण खित्का छाँडेर हाँसे । उता डम्बरे काकाको भाषण पुराण सुनेजस्तै एकाग्र गरी सुनेर बसेकी ममता भाउजुको एकाग्रता भंग भएछ क्यारे । आँखा तरेर हेर्दै, ‘कस्ता होउ तिमेरु बाँदरजस्ता भाको ! यो उमेरमा पनि आफू पनि सुन्नु छैन अरूलाई पनि सुन्न दिनु छैन ।’

Ncell
Hardik health

डम्बरेले के भन्दै थियो थाहा त थिएन । तर भाउजुको कुराले बालकृष्णले ताली ठोक्यो । बालकृष्णले किन ताली ठोक्यो भन्ने कसैले भेउ नै नपाई त्यहाँ वसेका सबैले तरऽऽरऽ ताली बजाए । ताली सुनेर डम्बरे अझै उत्साहित भयो । उसलाई लागेको थियो– मैले दिएको भाषणमा सबै दंग परे । समर्थनमा ताली बज्यो ।
ऊ अझै हावादारी गफ दिन थाल्यो । लामो भाषण सुनेर दिक्क भइसकेका प्रद्युम्नले फेरि बालकृष्णलाई भने, ‘होइन हो भाइ, यसले कति गफ दिएको । हामीलाई यसको बारेमा थाहा नै नभएको जस्तो गरी देको छ देको छ । रिस उठ्न थालिसक्यो । ढुंगा उठाएर पुर्पुरोमा हान्दिउँ जस्तो लागिसक्यो भन्या !’

हैट, प्रद्युम्न दाइ के कुरा गरेको हो तपाईंले ? अब त तपाईं पनि ढुंगा उठाउनु कुरा गर्नु हुन्छ यो उमेरमा आएर ! अब समयले जस्तो माग्यो त्यस्तै गर्नु पर्ने अवस्था आयो त । यो डम्बरेका कुरा कति सालदेखि सुनेको हो केही उपलब्धि छ । तात्तो न छारो कुरा गरेको छ । मानिसलाई बेवकुप बनाउने कामबाहेक केही गरेको होइन ।

उता डम्बरे दाहिने हातको चोरी औंला ठड्याएर चर्किंदै थियो । अब यस्तो हुन्छ । त्यसपछि यस्तो हुन्छ । मानौं कि उसले ज्योतिष शास्त्रको पनि पारंगत प्रमाणपत्र हासिल गरिसकेको छ । कसको प्रभाव परेको हो कुन्नि नेपाली उखान टुक्का पुस्तकमा भएजति सबै टुक्का हान्दै थियो । यता प्रद्युम्न उमेरले ६० नाघिसकेका भए पनि जोस भने ४० वर्षकै जस्तो  देखिन्थ्यो । होइन हो बालकृष्ण, तिम्रो छेउमा भएको त्यो ढुंगाको टुक्रा देउन मेरो हातले भेटेन । यो बकमफुसे डम्बरेको तालुको टुटुल्को उठ्ने गरी हान्दिन्छु !

ममता भाउजुले यी दुईको कुरा पनि पनि उत्तिकै ध्यान दिँदै थिइन् । हेर हेर यो उमेरमा आएर पनि टुटुल्को उठाउने गरी हान्छु भन्छन् बाई । पापको पोको ! भाउजुले डम्बरेतिर आँखा डुलाउँदै प्रद्युम्नलाई भनिन् । ममता भाउजुको कुराले फेरि बालकृष्ण हाँस्यो । ‘होइन हो भाउजु, यस्ताका कुरा सुनेर किन बेकारमा ‘प्रेसर हाई’ गराउनुहुन्छ । सुन्नुस् उडाइदिनुस् । अब प्रद्युम्नलाई यसका कुरा मन परेन बजाइदिन्छु भने । ठीकै त हो नि ।’

ममता भाउजुले फेरि भनिन्, ‘जे भए पनि हामीले मानेका मान्छे हुन्छ, हामीले नै अध्यक्ष बनाएका हौं । बुद्धि नभए पनि दिमाग खाली भए पनि पदको त सम्मान गर्नुप¥यो नि । मान्छे मन नपरे उ बेला किन थापाजीको पसलमा चिया हान्दै उसैलाई अध्यक्ष बनाउने कुरा गरेका थियौ त ?भाउजुको वचन निकै नै रोचक थियो । मन नपर्ने भए पनि किन अध्यक्ष छानेको । कुरा त ठीकै हो नि कि कसो ? ताली ! ताली !  प्रद्युम्नतर्फ हेर्दै बालकृष्णले फेरि ताली बजाए । 

अब ममता भाउजुको कुरामा समर्थन पाएपछि भाउजुले पनि ताली बजाइन् । यी दुईको तालीले सुनेर आएका जति सबैले ताली बजाए । डम्बरे बिचरा फुरुंग । अझ डम्बरेका आसेपा भिजिलान्तेहरुको त कुरा नै नगरौ एकै छिनका दिमाग खाली भएकाका लागि ताली टरऽरऽर बज्यो । 

चौतारीमा अगाडि बसेकाहरुले ताली बजाएपछि पछाडि बसेकाले त बजाउने नै भए । डम्बरेले भाषण गरिरहँदा अगाडि आप्mनै तालमा ताली बजाउने र उनीहरु पछाडिको केही लाइनमात्र थिए । उनीहरु पनि कुरै नबुझी ताली बजाइरहेको थिए । तर सुरूमा जति गाउँलेहरु थिए । ती सबै विस्तारै–विस्तारै फर्किसकेका थिए । पछाडि बसेका मानिसहरु हिँड्न थालेपछि डम्बरेका अर्का साथी रुद्र रिसले चुर भइसकेको थियो । किनकि उसले भाषण गर्ने मौका नै पाएको थिएन । डम्बरेको लामो भाषणले धेरै मासिनहरु पाखा लागिसकेको थिए । उसको भाषण सुन्ने मानिस नै नहुने भए पनि ऊ रिसाउनु स्वाभाविक पनि थियो । तर डम्बरे भाषणा छाड्ने छाँटकाँट नै देखिएन । 

कालो टोपी कालै चस्मा र कालै कोटमा बसेको रुद्रलाई झ्वाँक चले छ  । ऊ सरासर डम्बरेको छेउमा गएर भन्यो– ‘होइन हो बज्रस्वाँठ । यहाँ तिमी मात्र बोल्ने हो कि हामीले पनि बोल्ने हो । तिम्रा यस्ता कुराले गर्दा सबै मानिस उठेर हिँडिसके जाऊ गएर बस ।’ रुद्रले माइक खोसेर डम्बरेलाई उता धकेली दियो ।रुद्र पनि उही ड्याङको मूला त हो । आफ्नोभन्दा बढी डम्बरेकै कुरा काटेर भाषण गर्न थाल्यो । ‘जसको दिमाग छैन उसैले बढी गफ दिन्छ हो ।’ अरुले पनि ताली खानुप¥यो नि । मान्छे सकिएपछि कसले बजाउँछ ताली हो कि होइन ल भन्नुस्,’ उल्टै सोध्यो । रुद्रेको कुरा सुनेर फेरि अगाडि बसेकाले ताली बजाए । यता ताली बजाउने उता भाषण दिने । 

दिमागचाहिँ सबैको खाली अनि फेरि यिनीहरुलाई नै चाहिने ताली । अब त ताली होइन दिनुपर्छ गाली । प्रद्युम्न जुरुक्क उठे अनि बालकृष्णको देब्रे हात तानेर बाटो लागे ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
भोटेकोशी बाढीः प्रलय, पाठ र आगामी बाटो
भोटेकोशी बाढीः प्रलय, पाठ र आगामी बाटो शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढी सतप्रतिशत जलवायुजन्य विपद्
भोटेकोशी बाढी सतप्रतिशत जलवायुजन्य विपद् बिहीबार, भदौ २५, २०८३
प्रेसलाई नियन्त्रण गर्ने सरकारको नयाँ रणनीति
प्रेसलाई नियन्त्रण गर्ने सरकारको नयाँ रणनीति बुधबार, भदौ २४, २०८३
विद्रोहको एक वर्ष, जेन-जी नतर्स
विद्रोहको एक वर्ष, जेन-जी नतर्स मंगलबार, भदौ २३, २०८३
नेपालमा बलात्कारसम्बन्धी कानुनी प्रावधान  
नेपालमा बलात्कारसम्बन्धी कानुनी प्रावधान   मंगलबार, भदौ २३, २०८३
व्यावसायिकताको बाटोमा भलिबल
व्यावसायिकताको बाटोमा भलिबल सोमबार, भदौ २२, २०८३
हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग
हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग शनिबार, भदौ २०, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP