Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
विचार
  • Home
  • विचार
  • पर्यटन क्षेत्रको पुनरुत्थानमा चाल्नुपर्ने कदम
पर्यटन क्षेत्रको पुनरुत्थानमा चाल्नुपर्ने कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २९, २०८२
मनोहर कार्की

 

पर्यटन क्षेत्रको विकासका लागि घोषित नीति कार्यक्रमले मूर्तता पाउन एकीकृत र सघन रणनीतिक कार्यक्रमलाई सम्बोधन गर्न जरुरी छ । यसका लागि पर्यटन, कृषि तथा पर्यावरणीय पक्षका आर्थिक उद्यमशीलता, रोजगारी प्रर्वद्धनका कार्यक्रम सञ्‍चालनमा ल्याउनुपर्दछ । साथै पर्यटनलाई भरपर्दो सेवा उद्योग वा व्यवसायको मान्यता दिने वातावरण हुनुपर्छ । स्थानीय कृषि, पशुपालन, वनपैदावर र पर्यापर्यटनलाई रोजगारी र व्यावसायिक वातावरणसँग जोड्ने कार्यले निरन्तरता पाउनुपर्छ । ग्रामीण घरवास कार्यक्रम, सांस्कृतिक धार्मिक क्षेत्रका पर्यटकीय गन्तव्यलाई थप आकर्षक बनाउने दिशामा ध्यान पुग्‍नुपर्छ । 

भरपर्दो सेवाजन्य उद्योगका रुपमा विगतको लामो समयदेखि पर्यटन क्षेत्रले छाप छोड्न सकेको छ । विदेशी मुद्रा आर्जन र रोजगारीको सिर्जनाका हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य रही आएको छ । सहरदेखि दूरदराजका बस्तीसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सकेमा पर्यटन उद्योगलाई आर्थिक सवलीकरण तथा रोजगारीको भरपर्दो व्यवसायको रुपमा विकास गर्न सकिन्छ ।

पर्यटन उद्योगलाई प्रमुख उद्योगका रुपमा संस्थागत विकासका लागि सरकारले चालेका नीतिगत कार्यक्रममा थप पृष्ठपोषण र सहकार्यको आवश्यकता छ । जसमा निजी तथा सार्वजनिक क्षेत्रको सक्रियता र सहकार्यले महŒव राख्दछ । सरकारले यस वर्षको नीति तथा कार्यक्रममा पनि पर्यटन क्षेत्रलाई महत्व दिएर यसको दीर्घकालीन विकासका लागि साझेदारी विकासका अवधारणालाई अघि सारेको छ ।

Hardik health

हालैको जेन–जी आन्दोलनका क्रममा भएका विभिन्न क्षेत्र र संरचनाका क्षतिका क्रममा पर्यटन क्षेत्रका संरचना पनि अछुतो रहन सकेनन् । त्यसै आन्दोलनका दैरानमा कयौं होटल तथा पर्यटकीय आतिथ्यता प्रदान गर्ने दर्जनौं संरचनाको क्षति हुनु दुःखद् तथा खेदजनक छ । प्रारम्भिक तथांकअनुसार २५ अर्बभन्दा बढीको क्षति पुगेको र तीन हजारभन्दा बढीको तत्काल रोजगारी गुमेको बुझ्‍नमा आएको छ ।

भोलिका दिनमा यस्ता सेवाप्रदायक तथा आतिथ्यता प्रदान गर्ने उद्योगलाई शान्तिक्षेत्रका रुपमा स्थापित गरेर नेपालको पर्यटन क्षेत्रमा बेलाबेलामा पर्न जाने राजनीतिक तथा हिंसात्मक र उत्तेजक गतिविधिबाट टाढा राख्नु न्यायसंगत रहला । यसमा सबैको इमान्दारिता र नैतिक दायित्व पनि रहन्छ । यस वर्षको पर्यटन दिवस मनाउँदै गर्दा पर्यटकले ‘हामी नेपालमा छौं अहिले’ भन्ने स्लोगनलाई यहाँ घुम्न आएका विदेशी पर्यटकले सार्वजनिकरुपमा सन्देश प्रवाह गर्नु पर्यटन क्षेत्रमा देखिएको अन्योलको कालो बादलको घेरालाई चिर्न निक्कै सहयोगी भएको छ । आशा गरौं भोलिका दिनमा र सबै याममा विदेशी पर्यटकको ओइरो लागिरहोस् ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको बहुआयामिक विकास र परिलक्षित कार्यक्रमलाई दिगो पर्यटन विकासका उद्देश्य निर्धारण गर्ने दिशामा परिणाममुखी हुने अपेक्षा गर्न सकिन्छ । मुख्यतः चारवटा बुँदामा पर्यटनसम्बन्धी सरकारका नीति तथा कार्यक्रम निर्धारण गरिएको छ । पर्यटनसम्बन्धी नीति तथा कार्यक्रममा नेपालको प्राकृतिक, सांस्कृतिक, आर्थिक सवलीकरणसँग जोड्ने । दिगो, पर्यावरण तथा वातावरणमैत्री पर्यटन प्रवद्र्धनलाई नीति कार्यक्रममा प्राथमिकीकरण गरिनु । योजनाबद्ध विकास र समुदाय केन्द्रित पर्यटन विकासका कार्यक्रमलाई अघि बढाउनु जरुरी देखिन्छ । नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पु्ुरातान्त्रिक महत्‍वका धरोहरहरुलाई विश्वसम्पदा सूचीमा राख्न पहललाई निरन्तरता दिँदै थप यस्ता धरोहरहरुलाई सूचीकृतका लागि पहलले तदारुकता पाओस् । नेपालको हवाई सेवा तथा नागरिक उड्डयन प्राधिकरणको प्रभावकारी नियमन तथा व्यवस्थापकीय सवलीकरणका लागि समयानुकूल ऐन निर्माण र परिमार्जनमा सरकारले प्राथमिकताका साथ कार्यपद्धतिलाई अवलम्बन गर्ने नीतिगत घोषणा भएअनुसार यसको कार्यान्वयन पक्षलाई तदारुकताका साथ कार्यक्षेत्रमा ल्याउनुपर्ने देखिन्छ ।

पर्यटन क्षेत्रको विकासका लागि घोषित नीति कार्यक्रमले मूर्तता पाउन एकीकृत र सघन रणनीतिक कार्यक्रमलाई सम्बोधन गर्न जरुरी छ । यसका लागि पर्यटन, कृषि तथा पर्यावरणीय पक्षका आर्थिक उद्यमशीलता, रोजगारी प्रर्वद्धनका कार्यक्रम सञ्‍चालनमा ल्याउनुपर्दछ । साथै पर्यटनलाई भरपर्दो सेवा उद्योग वा व्यवसायको मान्यता दिने वातावरण हुनुपर्छ । स्थानीय कृषि, पशुपालन, वनपैदावर र पर्यापर्यटनलाई रोजगारी र व्यावसायिक वातावरणसँग जोड्ने कार्यले निरन्तरता पाउनुपर्छ । ग्रामीण घरवास कार्यक्रम, सांस्कृतिक धार्मिक क्षेत्रका पर्यटकीय गन्तव्यलाई थप आकर्षक बनाउने दिशामा ध्यान पुग्नुपर्छ । यसका साथै नेपालको हवाई क्षेत्रको सुरक्षाको प्रत्याभूतिले अन्तर्राष्ट्रिय मान्यताको प्रत्याभूति पाउने दिशामा सक्दो पहल गर्नुपर्छ ।

पछिल्लो तथ्यांकलाई केलाउने हो भने पनि भारत, अमेरिका, चीन, बंगलादेश, अस्ट्रेलिया तथा जर्मनीबाट क्रमागतरुपमा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । विगतका केही वर्षको पर्यटकीय आगमनको तथ्यांकलाई विश्लेषण गरिएको खण्डमा नेपाल आउने पर्यटकहरुमा चिनियाँ, भारतीय पर्यटकका साथै मलेसिया, सिंगापुर तथा खाडी मुलुकका पर्यटकहरुको आवागमन तथा उनीहरुलाई पुर्‍याउन सकिएको पर्यटकीय सेवाले नेपालको पर्यटकीय क्षेत्रको आर्थिक लाभका क्षेत्रमा निकै योगदान दिइआएको बुझ्‍न सकिन्छ । अबको दिनमा चिनियाँ तथा दक्षिणपूर्वी एसियाली मुलुकका पर्यटकको आकर्षणमा थप ऊर्जा दिने सवालमा सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ । अबको कार्यगत आवश्यकता भनेको ‘सबै समय सबै याम पर्यटन सेवा’ मान्यताका आधारमा पर्यटन प्रर्वद्धन र पर्यटकीय सेवाको कार्यकलापहरु अझ विस्तार गर्न सकिएमा पर्यटन क्षेत्रको आशाका बुँदाहरु सिञ्चन गर्न सकिन्थ्यो कि !

पर्यटन प्रवद्र्धन र समयानुकूल विकासका सवालमा विभिन्‍न मुलुकमा भए गरिएका प्रयासलाई उदाहरणीय कार्यका रुपमा लिने बानीको थालनी हामीले कहिले गर्ने ? उदाहरणका रुपमा सन् ८० को दशकमा दुई दशकभन्दा बढी गृहयुद्धको भयावह अवस्थाबाट गुज्‍रिएको क्याम्बोडियाले पछिल्ला समयमा राजनीतिक स्थिरता, योजनाबद्ध पर्यटन प्रवद्र्धन र विकासका रणनीतिक कार्यक्रमको सफल कार्यान्वयनका कारण पर्यटन क्षेत्रमा आश्चर्यजनक संख्यात्मक र गुणात्मक फड्को मारेको छ । हालका समयमा क्याम्बोडियामा प्रतिवर्ष लाखौंको संख्यामा विदेशी पर्यटकले भ्रमण गर्ने तथा ती पर्यटकको कुशलतापूर्वक आतिथ्यता प्रदान गर्न सकेको छ । यसका साथै पर्यटन गन्तव्यका दृष्टिकोणले निकै फड्को मारिसकेका दक्षिणपूर्वी एसियाली मुलुकहरु थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया तथा सिंगापुरमा पर्यटन विकासले उत्कृटता हासिल गर्न सकेको छ । 

छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतले विगतका केही वर्षदेखि गुणात्मक र परिणाममुखी पर्यटकीय विकासमा छलाङ मारेको छ । गुणस्तरीय पर्यटकको आतिथ्यता प्रदान गर्ने सवालमा नजिकको सार्क मुलुक भुटानको बजारीकरण र पर्यटकीय चलायमानताका असल अभ्यासबाट नेपालका पर्यटन व्यवसायीले निकै सिक्न सकिन्छ । विशेषतः पर्यापर्यटन, वातावरणमैत्री पर्यटन र धार्मिक पर्यटन (बौद्ध धार्मिक क्षेत्र) का आकर्षक पर्यटकीय प्याकेजबाट नेपाली पर्यटन क्षेत्र र व्यवसायीका लागि निकै ग्रहण गर्ने पाटाहरु छन् । जहाँ सरकारी पर्यटन नीतिले पनि निकै सरहानीय काम गरेको छ । छिमेकी र आसपासका क्षेत्रका मुलुकले गरेका असल अभ्यासको सिको हामीले पनि गर्ने र हाम्रा मौलिक पर्यटकीय गन्तव्यको बजारीकरण र गुणस्तरीय सेवा दिने दिशामा हाम्रा क्रियाकलाप र भोगाइ एकलव्यदृष्टि हुनुपर्दछ ।

एकीकृत ग्रामीण पर्यटन विकासका कार्यक्रमलाई समन्वयात्मक ढंगबाट अघि बढाउने दिशामा ठोस पहल गरिनु सान्दर्भिक रहला । ग्रामीण पर्यटन प्रवद्र्धन तथा कृषि उत्पादन र कृषिजन्य उद्यमशीलता विकासका कार्यक्रमहरुलाई साथसाथ अघि बढाउन जरुरी छ । पछिल्लो समयमा घरवास (होम–स्टे) ग्रामीण पर्यटनको विकास र विस्तारले केही संस्थागत पाइला चालेको सन्दर्भमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि अझ प्रभावकारी पर्यटकमैत्री वातावरण निर्माण गर्ने दिशामा पहलकदमी आवश्यक छ । पर्या–पर्यटकीय गन्तव्यस्थलमा पर्यटकका सेवा र आतिथ्यतामा स्थानीय ग्रामीण जनताले तत्अनुकूल पर्यटकमैत्री सेवा दिने दिशामा सचेत र इमान्दारिता देखाउनुपर्छ । साथै, सेवासुविधा र पर्यटकले सन्तोषको आत्मबोध गर्ने वातावरण आधारभूत अधिकार भइसक्यो भन्ने चिन्तनलाई सोच्न र मनन गर्न अत्यावश्यक भइसकेको छ ।

पर्यटकीय गाउँहरुमा स्थानीय जनताकै घरआँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ लिन सकिन्छ । हामीले थालनी पनि निकै पहिले गर्‍यौं । तर सन्तोषजनक परिणाम पाउन सकिएको छैन । सिकौं र अघि बढौं । घरवास पर्यटनका दृष्टिकोणले दक्षिण एसियाकै नमूना लमजुङको घलेगाउँ, स्याङजाको सिरुबारी, म्याग्दीको पुनहिललगायत अन्नपूर्ण पदमार्ग सर्किटका विभिन्न बस्तीहरु अनि सगरमाथा बेसक्याम्प तथा लाङटाङ पदयात्रा पर्यटनलगायतका क्षेत्रमा प्रर्वद्धनका आयामलाई अझ फराकिलो गर्न सकिएको खण्डमा राम्रो हुने थियो ।

नेपालको पर्यटन क्षेत्रको नवप्रर्वद्धन र पुनरुत्थानका लागि हाम्रो साझा प्रयास हुनुपर्छ । विकासको योजना र नीतिगत कार्यक्रम पर्यटकीय विशेषता र मौलिक पहिचानसहितका उत्थानशील कार्यक्रममा जोड दिनुपर्दछ । अर्थतन्त्रको सवल हिस्साको रुपमा रहेको पर्यटन क्षेत्रको दिगो सोच भएमा उत्साहजनक परिणाम पाउन कुर्नु नपर्ला ।


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
पुनर्जागरण समयको सदुपयोग 
पुनर्जागरण समयको सदुपयोग  मंगलबार, असोज २८, २०८२
ब्वाँसोको कन्तविजोग !
ब्वाँसोको कन्तविजोग ! मंगलबार, असोज २८, २०८२
दृष्टि सुरक्षाः उज्यालो भविष्यको पहिलो कदम
दृष्टि सुरक्षाः उज्यालो भविष्यको पहिलो कदम सोमबार, असोज २७, २०८२
मुटु र दाँतको दुस्मन चिनी
मुटु र दाँतको दुस्मन चिनी आइतबार, असोज २६, २०८२
इतिहासको मूल्य नबिर्सौं 
इतिहासको मूल्य नबिर्सौं  आइतबार, असोज २६, २०८२
सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम बिहीबार, असोज २३, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP