Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
साउदीमा अवैधानिक घरेलु कामदारलाई अवसर छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ममता थापा
ममता थापा मंगलबार, वैशाख ३०, २०८२
  • यही मे ११ बाट छ महिनाको ‘ग्रेस’ अवधि लागू
  • नयाँ रोजगारदाता रोजेर वैधानिकता कायम गर्नुपर्ने
  •  मे ११ पछि रोजगारदाता छाडेर भागेका कामदारले यो अवसर नपाउने

काठमाडौं– साउदी अरेबियामा रोजगारदाता छाडेर भागेका घरेलु कामदारले कानुनी दायरामा आउन छ महिनाको अवसर पाउने भएका छन् । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले कम्पनी छाडेर भागेका घरेलु कामदारलाई लक्षित गरी छ महिनाको ‘ग्रेस’ अवधि घोषणा गरेको हो । यही मे ११ बाट लागू भएको यो नयाँ नियमले अवैधानिकरुपमा बसेका घरेलु कामदारहरुलाई नयाँ रोजगारदाता रोजेर वैधानिकता कायम गर्न अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

साउदीमा कम्पनीको अनुमति नलिइकन अनुपस्थित भएका, काम गर्न नमान्ने या भागेर लुकिछिपी बसेकाहरुलाई ‘हुरुब’ भनिन्छ । उनीहरु अवैधानिक मानिन्छन् र अधिकारबाट पनि वञ्चित हुन्छन् । उनीहरुलाई सरकारले पक्राउ गर्न, जरिवाना तिराउन, डिपोर्ट गर्न या फेरि साउदी प्रवेश गर्नबाट आजीवन रोक लगाउन सक्छ । मन्त्रालयले त्यस्ता श्रमिकहरुलाई कुनै दण्ड सजायविनै कानुनी अवस्था सच्याउन थप समयसीमा दिएको हो । उक्त अवधिमा उनीहरुले नयाँ रोजगारदाता छनोट गर्नुपर्ने छ या त साउदीबाट बाहिरिनुपर्ने छ । 

मे ११ तारिखपछिका घटनामा भने यो नियम लागू नहुने मन्त्रालयको भनाइ छ । अर्थात् मे ११ तारिखभन्दा पछाडि कामबाट भागेका श्रमिकहरुले सुविधा उपयोग गर्न पाउने छैनन् । यो नियम आगामी नोभेम्बरबाट निस्क्रिय हुने छ । साउदी सरकारले श्रमबजारको सुधारका लागि विभिन्न नीति नियमहरु फेरबदल गर्न थालेको छ । मन्त्रालयले यस निर्णयलाई पनि सुधारको पाटो भनेको छ । यो नियमले अवैधानिक ठहरिएका श्रमिकलाई काम लगाइरहेका रोजगारदाता र त्यसरी काम गरिरहेका श्रमिकहरुलाई राहत दिने विश्वास गरिएको छ । यसले रोजगारदाता र रोजगारकर्ता दुवैको अधिकार सुक्षित गर्ने मन्त्रालयले जनाएको छ । 

Hardik health

रोजगारदाताबाट भागेर पनि साउदीभित्रै रहेका र अवैधानिक ठहरिएका कामदारहरुलाई श्रम प्रणालीमा आबद्ध गराउन सरकारले यस्तो कदम चालेको हो । त्यस्ता श्रमिकहरुले मन्त्रालयको आधिकारिक घरेलु श्रमिक प्लेटफर्म ‘मुसेद’मा गएर आवश्यक प्रक्रिया पूरा गरेपछि नयाँ रोजगारदाता छनोट गर्न सक्ने छन् । पूर्णरुपमा डिजिटल माध्यमबाट प्रक्रिया पूरा गर्न सकिने भएकाले श्रमिकहरुले कसैको दबाब या हस्तक्षेपविनै आफूलाई मन लागेको कम्पनीमा जान सक्छन् । सन् २०१६ बाट कार्यान्वयनमा आएको मुसेद प्रणालीलाई साउदीको घरेलु श्रमिक सुधार एजेण्डाको अभिन्न अंग मानिन्छ । यसले श्रम सम्झौता प्रमाणीकरण, भर्ना प्रक्रियाको ट्र््याकिङ र विवाद समाधानमा सहयोग गर्दै घरेलु श्रमिकको क्षेत्रलाई पारदर्शी र जवाफदेही बनाउँदै आएको बताइन्छ । 

गत जनवरीमा सार्वजनिक एक अध्ययनअनुसार साउदीमा ३९ लाखभन्दा बढी घरेलु कामदार रहेका छन् । जसमध्ये २७ लाखभन्दा बढी पुरुष र १२ लाखभन्दा बढी महिला छन् । उनीहरु सफाइ, सवारी चालक, कुक, सुरक्षा गार्डजस्ता काममा आबद्ध छन् । विशेषगरी नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकबाट साउदीले ठूलो संख्यामा श्रमिक लग्दै आएको छ । अन्य खाडी मुलुकको तुलनामा साउदीमा श्रमिकको माग बढी छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालबाट व्यक्तिगत, संस्थागत पुनः श्रम स्वीकृति लिएर एक लाख ४१ हजार ५०३ जना रोजगारीका लागि साउदी गएका थिए । जसमा महिलाको संख्या भने ८३६ जनामात्र थियो । त्यस्तै चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट कूल एक लाख १७ हजार ५७ जना रोजगारीका लागि साउदी गएका छन् । उक्त अवधिमा महिला ५१६ जना गएका छन् । उनीहरुमध्ये अधिकांश पुनः श्रम स्वीकृति लिएर गएका हुन् ।

वार्षिक लाखौंको संख्यामा नेपाली श्रमिकहरु साउदी गइरहेको अवस्थामा विभिन्न कारण अवैधानिक बनेका श्रमिकको संख्या उल्लेख्य रहेको अनुमान गर्न सकिन्छ । यसअघि साउदीले गैरकानुनीरुपमा बस्दै आएका कामदारलाई ‘एक्जिट भिसा’ दिएर नेपाल फर्काइदिने गरेको थियो। श्रमबजारलाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको बनाउँदै लैजान भन्दै घरेलु श्रमिकको हकमा नयाँ नियम लागू गरेको हो ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग सोमबार, भदौ ३०, २०८२
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै  आइतबार, भदौ २९, २०८२
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प शुक्रबार, भदौ २७, २०८२
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन बिहीबार, भदौ २६, २०८२
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा मंगलबार, भदौ २४, २०८२
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै 
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै  सोमबार, भदौ २३, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP