Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
विचार
  • Home
  • विचार
  • पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२
मदन रत्न मानन्धर

सर्वप्रथम बुद्ध जन्म दिवस २६४९, बुद्धत्व लाभ दिवस २६१४ र महापरिनिर्वाण दिवस, बुद्ध संवत् २५६९ को पावन त्रिसंयोग दिवसका उपलक्ष्यमा सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र दुःख मुक्तिको हार्दिक शुभकामना छ । आजभन्दा २६४८ वर्षअघि इपू. ६२३ मा) नेपालको दक्षिण पश्चिम तराईको लुम्बिनी उपवनमा जन्मिएका राजकुमार सिद्धार्थले ३५ वर्षको उमेरमा बुद्धत्व ज्ञान प्राप्त गरी बुद्ध कहलाइयाे  ।

नेपालको कपिलवस्तुका तत्कालीन राजा शुद्धोदन र महारानी महामायादेवीका ज्येष्ठ सुपुत्र उनले आफूले प्राप्त गरेको बोधिज्ञान (दुःख मुक्तिको उपाय) लाई आफ्नो शेष जीवनको ४५ वर्षसम्म भूगोलको विभिन्न खण्डमा बाँडे  र ८० वर्षको पाको उमेरमा महापरिनिर्वाण (देहावसान) भए । उनको परिनिर्वाणको करिब तीन महिनापछि नै विद्वान शिष्य भिक्षुहरूबाट सम्पूर्ण बुद्धवचनलाई सङ्ग्रह गरी त्रिपिटक खडा गरे  । बुद्धले ज्ञान बाँड्नमा प्रयोग गर्नुभएको भाषा त्यतिबेलाको प्रचलित जनभाषा मागधी भाषा थियो । पछि सो भाषा पाली भाषाबाट चिनियो । यस लेखमा उक्त पाली भाषाको प्राचीनता र व्यापकताका बारेमा प्रकाश पार्न खोजिएको छ ।

नेपालका विभूति, विश्व शान्तिका अग्रनायक, सम्पूर्ण प्राणीहरूको दुःख मुक्तिका लागि अनवरत प्रयासरत रहेका महाकारुणिक तथागत गौतम बुद्धले बाँड्नु भएका करिब चौरासी हजार धर्मस्कन्ध (उपदेश वा शिक्षा) को समूह नै त्रिपिटक हुन् । यसलाई सूत्रपिटक, विनयपिटक र अभिधर्मपिटक भनी विभाजन गरिएको छ । सूत्रपिटक अध्ययन गर्न सहजताका लागि यसलाई पनि पाँच वटा निकायमा विभाजन गरिएको छ । ती हुन् – दीघनिकाय, मज्झिमनिकाय, संयुत्तनिकाय, अंगुत्तरनिकाय र खुद्दकनिकाय । 

तीमध्ये खुद्दकनिकायको १५ वटा ग्रन्थमा उल्लिखित धम्मपदको चार सय २३ वटा गाथा (श्लोक) हरू अन्तर्गत बुद्ध वर्गको एक सय ८३ गाथामा भनिएको छ – “सब्बपापस्स अकरणं, कुसलस्स उपसम्पदा, सचित्तपरियोदपनं एतं बुद्धान सासनं ।। अर्थात् सबै प्रकारका पाप कर्म नगर्नू, कुसल कर्म सञ्चय गर्नू, आफ्नो चित्त (मन) लाई शुद्ध गर्नू, यही (सबै) बुद्धहरूको शिक्षा हो ।” यहाँ सबै बुद्धहरूको शिक्षा हो भनिएबाट एकजना बुद्धको मात्र होइन भन्ने कुरा स्पष्ट हुन्छ । लोकमा एकभन्दा बढी बुद्धहरू उत्पन्न भइसक्नुभयो र भविष्यमा पनि अनेक बुद्धहरू उत्पन्न हुने छन् भन्ने जानकारी खुद्दकनिकायको १५ वटा ग्रन्थहरूअन्तर्गत बुद्धवंश पालीमा पाइन्छ । यी सबै बुद्धहरूको शिक्षा एकै हुन्छन् भन्ने आशय माथिको धम्मपद गाथाले दर्साउँछ ।

Hardik health

बुद्धवंश पालीमा दीपङ्कर बुद्धदेखि वर्तमान गौतम बुद्धसम्म २५ जना बुद्ध र त्यसभन्दा पहिलेका तीन जना गरी जम्मा २८ जना बुद्धको विवरण उल्लेख भएको छ । एक जना बुद्ध उत्पन्न हुन पनि धेरै कल्प समय लाग्ने कुरा पनि त्यहाँ उल्लेख छ । कल्प भन्नाले अनगिन्ति वर्षहरू हुने गर्दछ । यसरी बुद्धहरूको परम्परा अनन्तकालदेखि चलिआएको देखिन्छ । सबै बुद्धहरूले पालिभाषामै उपदेश वा शिक्षा बाँड्नु हुने भएकोले पालि भाषाको प्रचलन प्राचीन कालदेखि नै रही आएको पाइन्छ । यस अर्थमा पालि भाषा कति पुरानो हो भन्ने अडकल गर्न सकिन्छ । साथै, यस भाषाको प्राचीनता उजागर हुन आउँछ ।

यसैगरी सूत्रपिटकको तेस्रो ग्रन्थ संयुक्त निकायको महावग्ग, सच्चसंयुक्तमा धम्मचक्कप्पवत्तन सुक्त नामक एक सूत्र उल्लेख छ, जसलाई बुद्धको प्रथम देशनाको रूपमा लिइन्छ । सोही सूत्र विनयपिटकको महावग्ग पाली, महाखन्धकमा धम्मचक्कप्पवत्तन भनी उल्लेख गरिएको पाइन्छ । सो सूत्र अनुसार सिद्धार्थ गौतमले करिब दुई हजार ६१४ वर्ष पहिले वैशाख पूर्णिमाको रात बोधिज्ञान लाभ गरी बुद्ध बन्नुभयो । त्यसको दुई महिनापश्चात अर्थात् असार पूर्णिमाको दिन वाराणसीको मृगदावनमा पाँच जना शिष्यहरूलाई पालि भाषामा प्रथम धर्मचक्र प्रवर्तन याने कि धर्मको प्रथम देशना गर्नुभयो ।

यसमा चार आर्य सत्य, आर्य अष्टांगिक मार्गका कुराहरू प्रमुख रूपमा रहेका छन् । यस सूत्र देशना गर्ने क्रममा बुद्धले ‘पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, विज्जा उदपादि, आलोको उदपादि’ भनी बडो स्पष्टसँग उद्घोष गर्नु भएको पाइन्छ, जसको अर्थ हो ‘पहिले नसुनेको धर्ममा चक्षु (आँखा) उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक (प्रकाश) उत्पन्न भयो ।’ यी र यस्तै कुरा सुनेर ती पाँच जना शिष्यहरूमध्ये ज्येष्ठ कोण्डिन्यले विरज विमल ज्ञान प्राप्त गरेको कुरा उल्लेख छ । 

उक्त धम्मचक्कप्पवत्तन सुक्तमा उल्लेख भएअनुसार बुद्धको सो उपदेश सकिना साथ भूमिमा रहेका देवताहरूले अभिनन्दनका साथ बुद्धले धर्मचक्र प्रवर्तन गर्नु भएको कुरा उद्घोष गरे । ती देवताहरूको उद्घोष सुनेर चतुर्महाराजिका देवताहरूले पनि सो कुराको उद्घोषण गरे । यसलाई सुनेर त्रायत्रिंश देवताहरूले, यामा देवताहरूले, तुसिता देवताहरूले, निर्माणरति देवताहरूले, परनिर्मित वशवर्ति देवताहरूले र ब्रह्मकायिका देवताहरूले एकैस्वरमा बुद्धले उक्त धर्मचक्र प्रवर्तन गर्नुभएको कुराको उद्घोषण गरे भन्ने विवरण उल्लेख भएको छ । यस हिसाबले बुद्धले उपदेशका क्रममा प्रयोग गर्नु भएको पाली भाषा विभिन्न प्रकारका र विभिन्न लोकमा रहेका देवतालगायत ब्रह्माहरूले समेत बुझेको भन्ने सुस्पष्ट हुन्छ । यसबाट पालि भाषाको व्यापकता देवलोक ब्रह्मलोकसम्म पनि रहेको छ भन्ने बुझ्न गाहे भएन । 

विनयपिटक अट्ठकथा, चूलवग्ग, खुद्दकवत्थुक्खन्धकमा भनिएको छ –‘सकाय निरुत्तियाति एतथ सका निरुत्ति नाम सम्मासम्बुद्धेन वुत्तप्पकारो मागधिको वोहोरो’ अर्थात् सकाय निरुत्ति भनी आफ्नो भाषा सम्यकसम्बुद्धले बोल्नु भएको भाषा मागधिक हो भनिएको छ । पदपसिद्धि व्याकरणमा ‘सा मागधि मूलभासा, नरा यायादिकप्पिका । ब्रह्मनो चस्सुतालापा, सम्बुद्धा चापि भासरे’ अर्थात् उक्त मागधी मूलभाषा, मानिसहरूदेखि लिएर ब्रह्मादेखि लिएर असुर र सम्बुद्धहरुले पनि बोल्नु हुने भाषा भनिएको छ (कुसलञाणी गुरुमां, २०८१) ।

बुद्धकालीन समयमा वेदको भाषा छन्दस् थियो । चूलवग्गपालिमा भगवान बुद्धले यमेलु र तेकुल भन्ने दुई दाजु भाइ ब्राह्मण भिक्षुहरूलाई भन्नुभएको पाइन्छ –‘बुद्धवचनलाई जसले छन्दस् भाषामा उल्था गर्छ, उसलाई दुष्कृत्य आपत्ति हुन्छ । कि बुद्धवचन आ–आफ्नो भाषामा अध्ययन गर्नका लागि म अनुमति दिन्छु’  भनी विनय प्रज्ञप्त गर्नुभयो ।ं यसरी बुद्धवचनलाई आ–आफ्नो भाषाबाट सिक्न, जान्न स्वतन्त्रता दिनुभएको कुरा स्पष्ट हुन्छ । पाली भाषाको आफ्नो लिपि नभएकाले आ–आफ्नै लिपिमा पाली भाषा सरल रुपमा सिक्न सकिन्छ (कुसलञाणी गुरुमां, २०८१) ।

बौद्ध विद्वान भरत सिंह उपाध्यायको कथनअनुसार उन्नाइसौं शताब्दीमा आएर मागधि भाषालाई पाली भाषा भनी प्रचलनमा ल्याइएको हो । भगवान बुद्धको वचनलाई सुरक्षित राखेको र पालन गरिएको भाषा भएकोले पाली भाषा भनिएको हो । हाल आएर मागधि भन्ने चलन हराएर मूल त्रिपिटक र अर्थकथा आदि समस्त ग्रन्थलाई नै पाली भाषा भनिएको पाइन्छ । पाली भाषा एक भाषा मात्र नभएर बुद्धवचन वा बुद्धशिक्षा भनी मनन् गर्न आवश्यक छ (कुसलञाणी गुरुमां, २०८१) ।

बुद्ध जन्मभूमि देश नेपालका नेपालीहरूले आफ्नै पुर्खाको रूपमा रहेका भगवान बुद्धद्वारा प्रयोग गर्नुभएको पाली भाषाको प्राचीनता र व्यापकताको बारेमा राम्रो जानकारी राखी उहाँद्वारा उपदेशित शिक्षालाई शुद्ध रूपमा ग्रहण गरी सो अनुरूप आफ्नो र आफूमा आश्रित परिवारजनको स्थायी सुख, शान्ति र उत्तरोत्तर प्रगति गर्नमा विलम्ब नगर्दा अहिले प्राप्त दुर्लभ मनुष्य जीवन सार्थक बनाउन सहयोगी हुन सक्दछभन्दा अत्युक्ति नहोला । अस्तु ।

(लेखक बौद्ध धर्म दर्शनका अध्यता हुन्)


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP