काठमाडौं - अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
आज नको मूल्य तोलामा तीन हजार सात सय रूपैँयाले घटेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार ८०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० सय रूपैँया कायम भएको थियाे ।
त्यसैगरी,महासंघका अनुसार एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ ।अघिल्लाे दिन एक तोला चाँदी रु एक हजार ९७० मा खरिदबिक्री भएको थियो ।