Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #रेमिट्यान्समा रेकर्ड
  • #रोजगार वार्ता
  • #‘जय  लाखय्’
  • #सुनकाे मूल्य
  • #संसद् बैठक
  • #यातायात
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
ममता थापा
ममता थापा आइतबार, वैशाख २८, २०८२
एआईमार्फत तयार पारिएको तस्बिर

काठमाडौं– सिरहाको मिर्चैयाका सुरेन्द्रकुमार महराले गत वर्षको असारमा वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको सीपमूलक तालिम लिए । इलेक्ट्रिसियनको तालिम लिएका महरा अहिले मिर्चैयामै हाउस वायरिङ गर्छन् । हुन त उनी कतारमा इलेक्ट्रिसियन गरेरै फर्किएका हुन् । विदेशमा र यहाँ के फरक रहेछ भनेर तालिम लिन गएको उनले बताए । 

‘कुनै ठाउँमा काम गर्न जाँदा तालिम आवश्यक पर्छ । कतिपय ठाउँमा सिस्टम फरक पर्छ, त्यही भएर पनि तालिम लिएको हो,’ उनी भन्छन् । आफूले युट्युबबाट हेरेर प्लम्बरको पनि काम सिकेकाले दुवै काम सँगसँगै गर्ने गरेको उनी बताउँछन् । ‘यसरी तालिम दिनु धेरै राम्रो हो । सीप सिक्दा काम लाग्छ । फेरि तालिम लिन नागरिकताको फोटोकपी गर्नमात्र खर्च लाग्यो । तालिमभरि खाजा पनि त्यहीँ दिन्थ्यो,’ महराले भने ।  

बोर्डको तालिमा राम्रो छ । तर विदेश जानलाई यसले मात्र त पुग्दैन । एक महिनाको तालिमलाई बाहिर ‘फ्रेसर’ नै मान्छ । नेपालमै काम गर्नका लागिचाहिँ बेस बन्छ ।
रिभस भण्डारी
प्रशिक्षार्थी, मोरङ

मोरङ गछियाका रिभस भण्डारीले बोर्डले प्रदान गरेको कुकको तालिम लिए । होटल म्यानेजमेन्ट पढेका रिभसले वैदेशिक रोजगारीमा जाने मनस्थिति बनाएपछि तालिम लिएका हुन् । उनी कुकमै फ्रान्स जाने तरखरमा छन् । बोर्डले राम्रोसँग तालिम दिएको र प्रशिक्षकहरु पनि मिलनसार लागेको उनले बताए । तर विदेश जान बोर्डकै तालिममात्र पर्याप्त नहुने उनले बताए । ‘विदेश जानलाई यसले मात्र त पुग्दैन । एक महिनाको तालिमलाई बाहिर फ्रेसर नै मान्छ । नेपालमै काम गर्नका लागिचाहिँ राम्रो बेस बन्छ,’ उनले भने ।

Hardik health

सागर चौधरीले पनि बोर्डबाट मेसन (गारो लगाउने) तालिम लिएका थिए । दाङको गढवा गाउँपालिकाका उनले तालिम लिएपछि गाउँमै मेसनको काम गर्न थालेका छन् । मिल्यो भने विदेश जाने सोचमा पनि छन् । गाउँमै काम गर्दा पनि राम्रै भइरहेको उनको भनाइ छ । ‘पहिला अलिअलि काम त गर्थें तर तालिम लिएपछि धेरै कुरा जानेकै रहेनछु जस्तो लाग्यो,’ उनले भने । तालिम छोटो भएको र छोटो समयमा सबै कुरा भने सिक्न नसकिने उनी बताउँछन् । ‘यो त हामीले पहिलो चरण सिकेजस्तो हो । भर्खर एक कदम त चालियो अझै कति छ सिक्न । अलि लामो समय सिकाए हुन्थ्यो,’ चौधरी भन्छन् । 

यो तालिम सीप सिकाउन, आन्तरिक रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउने उद्देश्यले दिइरहेका छौं । अनुभवी भन्दा पनि ‘फ्रेसर’हरुलाई प्राथमिकता दिएका छौं ।
गुरुदत्त सुवेदी
निर्देशक तथा प्रवक्ता, वैदेशिक रोजगार बोर्ड 

मिर्चैयाकै उमेश यादवले पनि प्लम्बरको तालिम लिएका थिए । उनी एक वर्ष कतार गएर आएका हुन् । कतारमा विश्वकप सकिएपछि आफूहरु फर्किनुपरेको उनले बताए । तालिम लिए पनि खासै काम नपाइएकाले फेरि प्लम्बिङमै कतार जाने तयारीमा रहेको उनले बताए । अहिले उनी गाउँमै प्लम्बिङको तालिम दिने काम गर्छन् । ‘अहिले गाउँका कतिबेला तालिम आउँछ भनेर सोध्ने गरेको छ । सीप सिके पो केही गर्न सकिन्छ । अहिले त महिलाहरु पनि धेरै जान थालेको छ तालिममा । ब्युटिसियन, सिलाइकटाइ सिक्न थालेको छ,’ उनले भने ।

सुनसरीको इटहरीकी पूजा भण्डारीका श्रीमान् विदेशमा छन् । विदेश गएकाको परिवारलाई पनि बोर्डले तालिम दिन्छ भन्ने थाहा पाएपछि उनले पनि कुकको तालिम लिइन् । त्यसपछि उनी इटहरीमै काम गर्दै छिन् । तालिम राम्रो भए पनि काम गर्न भने पर्याप्त नभएको उनी बताउँछिन् । ‘यस्तो तालिम त धेरै राम्रो हो । अहिले कुक नै गर्दै छु । तर काममा जाँदा तालिममा सिकेको कुराले अलि पुगेन, थोरै समय त सिकियो,’ उनले भनिन् ।  

बोर्डको एक महिने तालिम यसपालि पनि गत वैशाख १५ गतेबाट देशभर सञ्चालन भइरहेको छ । बोर्डका अनुसार अघिल्लो वर्ष पाँच हजारभन्दा बढीलाई दिइएको तालिम यस वर्ष २० हजारभन्दा बढीलाई दिइँदै छ । यसका लागि ४० करोडभन्दा बढी खर्च लागेको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न र सीप नजानेकाहरुलाई सीप सिकाउन तालिम सञ्चालन गरिएको बोर्डका निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदी बताउँछन् । 

‘यो तालिम सीप सिकाउन, आन्तरिक रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउने उद्देश्यले दिइरहेका छौं,’ उनले भने । बोर्डले करोडौं खर्च गरेर सीप नभएकाहरुलाई सीपयुक्त बनाउन खोजेको उनको भनाइ छ । ‘पहिल्यै काम जानिसकेर तालिम कस्तो हुँदो रहेछ भन्नेहरुभन्दा पनि फ्रेसरहरुचाहिँ हाम्रोे प्राथमिकतामा छन् । उनीहरु सीपयुक्त होउन्, थोरै पैसामा काम गर्न नपरोस् भनेर हो,’ सुवेदीले भने ।

सरोकारवालाहरुले भने बोर्डको तालिमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । राज्यको धुकुटीबाट खर्च गरेर दिइने तालिम औपचारिकतामा मात्रै सीमित हुन नहुने उनीहरुको जोड छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
५९ लाखभन्दा बढी श्रमिक विदेसिँदा भित्रियो १०२ खर्ब २९ अर्ब रेमिट्यान्स
५९ लाखभन्दा बढी श्रमिक विदेसिँदा भित्रियो १०२ खर्ब २९ अर्ब रेमिट्यान्स आइतबार, भदौ १५, २०८२
युरोपबाट आउने मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती
युरोपबाट आउने मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती शुक्रबार, भदौ १३, २०८२
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, भदौ १२, २०८२
‘कोरिया रोजगारी दक्ष जनशक्ति विकासमा सहयोगी’
‘कोरिया रोजगारी दक्ष जनशक्ति विकासमा सहयोगी’ बिहीबार, भदौ १२, २०८२
वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न एनआरएनए र आइएलओबीच सम्झौता
वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न एनआरएनए र आइएलओबीच सम्झौता बिहीबार, भदौ १२, २०८२
युएईमा कार्यरत विज्ञ व्यक्तिहरुको विवरण संकलन गर्दै दूतावास
युएईमा कार्यरत विज्ञ व्यक्तिहरुको विवरण संकलन गर्दै दूतावास बुधबार, भदौ ११, २०८२
एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब
एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब सोमबार, भदौ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP