काठमाडौं-  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी  गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्र महतलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको प्रहरीले जनाएकाे  हो ।   
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महत रहेका छन्  । 
महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको पिडितहरूको उजुरीमा  उल्लेख भएकाे छ । 
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे  हो ।