काठमाडौं - अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ ।
नेपाली बजारमा मंगलबार प्रतितोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।