Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • बागमती र यमुना नदीमा पापी मन
बागमती र यमुना नदीमा पापी मन
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, वैशाख २३, २०८२

धर्म गर्न मानिसहरू मन्दिर जाने गर्छन् । तीन धाम, चार धाम... कता कता । धर्म पनि के–के हो के–के ! एउटै धर्मभित्र पनि विभिन्न रूप । कोही शिवका भक्त, कोही कृष्णका, कोही रामका, कोही हनुमानका, कोही देवीका... यस्तै यस्तै । कोही हिन्दू, कोही बुद्धिष्ट, कोही मुश्लिम, कोही क्रिस्चियन, कोही यहुदी, कोही जैन, कोही के कोही के । जे होस् धर्ममा मन नहुने कमै छन् ।

पशुपतिनाथ मन्दिर पुग्ने होस् कि स्वयम्भू । मस्जिद पुगोस् कि चर्च, जहाँ पुग्ने पनि धर्म गर्न गाको भन्छन् । तर धर्म गर्न जानेहरूले आफ्नो मठमन्दिर जे–जे छ, ती क्षेत्रमा पुग्दा आफ्नो भलो होस् या इच्छा पूरा होस् भन्ने कामना गर्छन् । आफ्नो मनोकामना पूरा गर्न पुगेको ठाउँलाई दूर्गन्धित बनाएर आफूले मान्ने भगवान् वा देउतालाई फोहोरले घेरिदिन्छन् । 

बागमती होस् कि विष्णुमती, यमुना नदीदेखि गंगा सागरसम्मको अवस्था हेर्ने हो भने जो–जो जहाँ पुगे पनि पापी मन देखिँदो रहेछ । बागमतीको शिरबाट बागद्वार बगे पनि जब हिन्दूहरूको पवित्रस्थल पशुपतिनाथ परिसर र त्यही बग्ने बागमतीले प्रस्ट पार्छ । बागमतीमात्र हैन, केही समयअघि भारतमा भएको महाकुम्भ मेलामा गंगामा देखिएको फोहोर अनि सबैले आनन्द महसुस गर्ने ध्यान योग र धार्मिकरूपमा निकै महŒवपूर्ण मानिएको वृन्दावन परिसर भएर बग्ने यमुना नदीको कहालिलाग्दो अवस्थाले बागमतीदेखि यमुना नदीसम्म पनि पापी मन देखिन्छ । 

यमुना नदीको किनारामा मस्त घाममा पल्टिएर बसेका हिरालाल काकाको अनुहारमा खुसी थिएन ! खुसी लिन आएका काकाको मन दुखित थियो । काकाको अनुहारमा चमक नदेखिएपछि काकालाई मैले सोधें, ‘काका के भो यस्तो ठाउँमा आएर पनि निराश देखिनुभएको छ, के चिन्ता प¥यो ?’ काका बोल्न सकेनन् । फेरि मैले दोहो¥याएर सोधे भन्नू न के भो ?

Hardik health

काकाले मुख खोल्नु भो । अब के भनिरहनुपर्छ र ! यस्तो अवस्था किन बनाउँछन् ? कुरा ठूलाठूला गर्ने अनि काम भने, कठैवर पापी मन ।‘मैले कुरा बुझिन काका !’ जिज्ञासा राखें । ‘यी हेर न यमुना नदीको अवस्था । सभ्यता र संस्कृति जोगाउँछु भन्नेहरूको नाकमा ढुंगा,’ काकाले निराश हुँदै भने, ‘मैले धेरै समयअघि यही यमुना नदीको तटमा यसैगरी पल्टिएर आनन्द लिएको थिएँ तर त्यो आनन्दलाई चकनाचुर बनाएछन् ।’‘बागमती नदीलाई ढलमती बनाए भनेर कराउने म यमुना नदीलाई पनि त्यस्तै ढलमती बनाएको देख्दा मुटु भक्कानियो बाबु ।’

उनको अनुहार निराश हुनुको कारण मैले बुझें । नदीमाथि दोहन र कुदृष्टि नेपालमात्र हैन भारतमा पनि उस्तै रहेछ । बागमती विष्णुमतीमा मात्र पापी मन रहेछ भनेको हैन भगवान् श्रीकृष्णको जन्मभूमिको हालत पनि त्यस्तै रहेछ । यमुना नदीमा हाम्फालेको दिल्लीदेखिको ढलले नदीको सुन्दरतालाई कुरूप बनाइसकेको थियो । तैपनि निकै नै रापतापले गन्ध फालिरहेको यमुना नदीको किनारमा काका पल्टिएर पुरानै आनन्द भने लिइरहेका थिए । धन्न यमुना नदी स्वच्छ बनाउँछु भनेर अर्बाैंको बजेट स्वाहा भएको रहेन छ ।

बागमती नदीमा त अर्बाैं रूपैयाँ बगिसकेर पनि नदीको अवस्था ढलमतीकै रूपमा चिनिएकाले काकाको मन यमुना नदीको तटमा बसेर पनि दुखिरहेको छ । नदी देशको सभ्यता हो । संस्कृति र पहिचान पनि हो तर ती नदीहरूको अवस्था संकटमा छ । बागमती होस् कि यमुना नदी सत्तामा बस्नेहरूका लागि कमाई खाने भाँडोका रूपमा स्थापित बनेको छ ।

धर्मका नाममा सत्ताको जालझेल गर्ने बागमती नदी सभ्यतामा बस्ने हुन् कि यमुना नदीको सभ्यतामा बस्नेहरूले बुझ्नुपर्ने ठानेका छैनन् । ‘आफ्नै अस्तित्व गुमिरहँदा पनि दंग परेको छन् स्वाँठहरू,’ काकाले अनुहार अमिलो बनाउँदै रोष व्यक्त गरे । ‘भन त कान्छा, यसरी नदीको कुरूपताले हाम्रा सन्ततीले के शिक्षा पाउलान् । हाम्रा पुर्खाले छाडेर गएको सभ्यता हामीले हाम्रा पुस्तालाई त्यस्तै कसरी दिन सकौला ?’

काकाको प्रश्नको उत्तर म के दिन सक्थें र ! वनकाली वनको हरियाली र वृन्दावनको हरियालीको आनन्द हिन्दू धर्मसँग जोडिएको होला । त्यहाँ रहेका मठमन्दिरको प्रसंगसँग होला । बागमती र यमुना नदीले दिने जलप्रवाह सम्पूर्ण जीवसँग सम्बन्धित छ तर त्यसको संरक्षण कसले गर्ने ? धर्म गर्न जाने मन्दिर फोहोर गर्ने, नदी प्रदूषित बनाउने, सहर सभ्य बनाउँछु भन्नेहरूले विकास भन्दै नदीमा ढल मिसाएर नदी सभ्यता संकटमा पारेर कुरूप बनाउनेबाट के अपेक्षा गर्न सकिएला र ?

‘देश ठूलो होस् वा सानो होस् । पद ठूलो होस् या सानो ! उसले गर्ने कर्म कत्तिको ठूलो छ भन्नेमा भर पर्छ ।’ काकाले मलाई सम्झाउँदै भन्नु भो ।देशलाई चिनाउन सभ्यता चाहिन्छ । सभ्यताका लागि नदी जोगाउनुपर्छ । स्थानीय पहिचान देखिनुपर्छ । जुन ठाउँमा पुगिन्छ त्यही ठाउँको परिचय हुनुपर्छ । तर अहिले त सभ्यता र संस्कृति नै ध्वस्त भएर जान थाले । काकाको अनुहारमा अझै असन्तुष्टिका ज्वारभाटा चल्न थाले । काका एक्लै भुतभुताउन थाल्नु भो । मैले केही भन्नै सकिनँ । काकामा नदी सभ्यता जोगाउने भूत यति सवार छ कि सक्ने भए अहिले नै ढल मिसाएको यमुना नदीलाई उसबेलाकै यमुना नदी बनाइदिनुहुन्थ्यो । 

नदी र प्रकृतिको मोह र संरक्षणका लागि कुनै सिमानाले छेक्ने रहेन छ । प्रकृतिको मोह र आनन्दलाई देशको पहिचानले पनि मतलव गर्दाे रहेन छ । धर्म, संस्कृति, सम्पदा र सभ्यताले ब्रह्माण्डको जुनसुकै कुनामा गए पनि उत्तिकै मोह गराउँछ ।‘बागमती नदी होस् कि गंगासागर वा यमुना नदी नै किन नहोस् नदीमा सत्ता हाँक्नेदेखि सबै मानवको पापी मन नहोस् । सबै मिलेर प्रकृतिले दिएको वरदान जोगाउन ध्यान दिऊँ ।’ काकाले भन्नुभयो र जुरूक्क उठेर भूमिमा ढोग्दै लम्कनुभयो ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP