काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले लोकलाई नै लज्जित पार्नेगरी विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गरेको बताए ।
प्रचण्डले यसो भन्दै गर्दा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले हात उठाए ।