Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीको बाध्यता तत्काल हटाउन असम्भव
नीति तथा कार्यक्रममा व्यवसायीको प्रतिक्रिया वैदेशिक रोजगारीको बाध्यता तत्काल हटाउन असम्भव
ममता थापा
ममता थापा आइतबार, वैशाख २१, २०८२

देशमै रोजगारी दिन सके हामी खुसी हुन्छौं । तर अहिलेसम्म सरकारको कुरा कार्यान्वयन भएको छैन, सरकारले जनतालाई ढाँट्ने काममात्र गरेको छ । अझै ५० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन भनेर राज्यले बुझ्नुपर्छ ।
हरिबहादुर पाण्डे
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाज

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखे पनि त्यसको कार्यान्वयन तत्काल सम्भव नहुने वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिने व्यवसायीहरुले यस्तो बताएका हुन् । 

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्न वर्षौं लाग्ने व्यवसायीहरु बताउँछन् । सरकारले नीति तथा कार्यक्रममा वैदेशिक रोजगारलाई निरुत्साहित गर्दै स्वदेशमै रोजगारी गर्ने घोषणा गरेको छ । आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने सरकारको घोषणा सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डे बताउँछन् । सरकारले जनतालाई झुक्याउनमात्र यस्तो घोषणा गरेको उनको दाबी छ ।

‘देशमै रोजगारी दिन सके हामी व्यवसायी खुसी हुन्छौं । तर अहिलेसम्म सरकारको कुरा कार्यान्वयन भएको छैन, सरकारले जनतालाई ढाँट्ने काममात्र गरेको छ । स्वदेशमै रोजगारी दिन सक्छ भने व्यवसायीले त्यसलाई स्वागत गर्छ,’ अध्यक्ष पाण्डेले प्रभावसँग भने, ‘तर अझै ५० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन भनेर राज्यले बुझ्नुपर्छ ।’

Hardik health

सरकारले हामीलाई आन्तरिक रोजगारीमा पनि काम गर्ने अधिकार दिनुपर्छ । वैदेशिक रोजगार व्यवसायीलाई आन्तरिक रोजगारीमा ‘प्लेसमेन्ट’को अधिकार दिने हो भने प्रत्येक वर्ष ५० हजारदेखि एक लाख रोजगार सिर्जना गर्न सक्छौं ।
डकबहादुर खत्री
प्रथम उपाध्यक्ष, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री पनि अहिलेको अवस्थामा वैदेशिक रोजगारी विकल्पहीन रहेको बताउँछन् । वैदेशिक रोजगारलाई सुधार गर्न सरकारले ल्याएको कार्यक्रम स्वागतयोग्य रहे पनि कार्यान्वयन हुनेमा उनले आशंका व्यक्त गरे ।

‘वैदेशिक रोजगारको सुधारका लागि ल्याइएका कार्यक्रम स्वीकार्य छन् तर कार्यान्वयन नभए यसको अर्थ हँुदैन । देशमा रोजगारी नभएकै कारण तत्कालीन विकल्प वैदेशिक रोजगारी हो । आन्तरिक रोजगारी सिर्जना नहुञ्जेल वैदेशिक रोजगारीलाई व्यवस्थित बनाऊ भनिरहेका छौं । नीति तथा कार्यक्रममा यसका अन्तरकुन्तरका विषयमा बहस गरिँदैन । यो नगरेसम्म वैदेशिक रोजगारमा सुधार हुँदैन,’ प्रथम उपाध्यक्ष खत्रीले भने ।

वैदेशिक रोजगार व्यवसायीलाई आन्तरिक रोजगारीमा पनि काम गर्ने अधिकार दिनुपर्ने उनले माग गरे । आफूहरुलाई आन्तरिक श्रमबजारमा ‘प्लेसमेन्ट’को अधिकार दिने हो भने प्रत्येक वर्ष ५० हजारदेखि एक लाख रोजगार सिर्जना गर्न सक्ने उनको दाबी छ । तर, सरकारले आफूहरुसँग समन्वय नगरेको खत्रीले गुनासो गरे ।

तराई वैदेशिक रोजगार व्यवसायी समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले सरकारको नीति तथा कार्यक्रममा आन्तरिक रोजगारीलाई प्राथमिकता दिइनु स्वाभाविक भएको बताए । ‘नीति तथा कार्यक्रममा वैदेशिक रोजगार फोकस गर्ने कुरा पनि होइन । यो त बाध्यता हो,’ उनले भने । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कुरामा सरकारले ध्यान दिनुपर्ने हुसेनको धारणा छ ।

शुक्रबार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रलाई प्राथमिकताबाहिर राखेको छ । सरकारले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेको छ । वैदेशिक रोजगारीका क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सीमित योजनामात्र बनाएर मूलतः मुलुकभित्रैको रोजगारी सिर्जनामा सरकार केन्द्रित भएको छ ।

नीति तथा कार्यक्रममा वैदेशिक रोजगार ‘फोकस’ गर्ने कुरा पनि होइन । यो त बाध्यता हो । फोकस आन्तरिक रोजगारीलाई नै गर्ने हो । तर वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कुरामा सरकारले ध्यान दिनुपर्छ ।
अख्तर हुसेन
वरिष्ठ उपाध्यक्ष, तराई वैदेशिक रोजगार व्यवसायी समाज

गत फागुनमा घोषणा भएको आन्तरिक रोजगार दशकलाई सार्थकता दिने खालका कार्यक्रमहरु सार्वजनिक गरिएका छन् । देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्नेे सरकारको घोषणा छ । पछिल्लो समय उद्यमी बन्नेभन्दा पनि जागिर खाने प्रवृत्ति बढेको भन्दै सरकारले चिन्ता व्यक्त गर्दै आएको छ । 
स्वरोजगारी तथा ज्याला रोजगारी दुवैको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारले बताएको छ । युवाहरुका लागि मुलुकमै रोजगारीमा आकर्षित गर्नका लागि इन्टर्नलाई पनि स्टार्टअपमा समावेश गरिने भएको छ । उनीहरुलाई काम गरेको समयमा आधारित भएर ज्याला दिने प्रणाली लागू गरिने जनाइएको छ । मुलुकमा केही छैन भनेर दक्ष जनशक्ति पलायन भइरहेको अवस्थालाई रोक्न विगतमा भएका तर हाल रोकिएका श्रम प्रोत्साहनका अभ्यासलाई निरन्तरता दिइने सरकारको घोषणा छ ।

त्यस्तै आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गर्न श्रम अडिटको व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेहरुलाई अन्तर्राष्ट्रिय श्रमबजारको मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा आवश्यकताअनुसार ऐन, कानुन, नीतिको संशोधन गरेर समयसापेक्ष बनाउँदै अघि बढ्ने घोषणा पनि सरकारको छ ।
 


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य मंगलबार, चैत २४, २०८२
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य मंगलबार, चैत २४, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ सोमबार, चैत २३, २०८२
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन सोमबार, चैत २३, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP