Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ताकमगाउँमा चलचित्र ‘माइतीघर’को छायांकन
ताकमगाउँमा चलचित्र ‘माइतीघर’को छायांकन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १९, २०८२

म्याग्दी- गुर्जा चुरेन र धौलागिरि हिमालको लस्करलाई नजिकबाट देख्न सकिने म्याग्दीको पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’ को छायांकन सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–७ ताकमगाउँ धौलागिरि पदमार्गअन्तर्गत पहिलो पर्यटकीय बस्तीका रुपमा परिचित छ । यहाँ पहिलोपटक चलचित्रको छायांकन गर्न थालिएको हो । 

गाउँमा ठूलो पर्दाको चलचित्र छायांकन गर्न निर्माता र कलाकारहरुको टोली आएपछि स्थानीयवासीले बाजागाजा र नाचगान गरेर स्वागत गरेका छन् । त्यस अवसरमा स्थानीय मन्दिरमा पूजापाठ गरेर धवलागिरि गाउँपालिका अध्यक्ष प्रेम पुनले र वडाध्यक्ष अशोक खत्रीले छायांकन कार्यको शुभारम्भ गरे । 

चक्रिय धौलागिरि पदमार्ग, गुरिल्ला पदमार्ग र ढोरपाटन जलजला जाने पदमार्गले समेटिएको यस गाउँमा चलचित्रको छायांकनले देश–विदेशमा परिचित गराउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष पुनले बताए । आँखै अगाडि ठोकिन आउने हिमाल र परम्परागत ढुङ्गे घरहरूमा मिलेर बसेको ताकमगाउँ मनमोहक देखिन्छ । चलचित्रका निर्माता रोहित अधिकारीले छायांकन गरिने ४० दिनमध्ये २० दिन ताकम र धारापानीगाउँमा छायांकन हुनेछ भने बाँकी दृश्य म्याग्दीकै दरबाङ, तातोपानी क्षेत्रमा छायांकन गरिने जानकारी दिए ।

Hardik health

आगामी दसैँको फूलपातीमा प्रदर्शनमा ल्याउने लक्ष्यसहित छायांकन सुरु गरिएको चलचित्रमा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देललगायत कलाकारको प्रमुख अभिनय रहेको छ । मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्ने जनाइएको छ । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा अधिकारी, रबिन शेरचन र धीरज तामाङ रहेका छन् भने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै शुक्रबार, असोज ३१, २०८२
‘काठमाडौँ  हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि
‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP