काठमाडौं - नेपाली बजारमा सुनको मूल्य एक सयले बढेकाे छ ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएकोमा एक सयले बढेर सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँमा कायम भएको महासंघले जनाएकाे छ ।