Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • महानिर्देशकको कुर्दै वैदेशिक रोजगार विभाग मन्त्रालयको काम सकेर जान्छु : भुसाल 
महानिर्देशकको कुर्दै वैदेशिक रोजगार विभाग मन्त्रालयको काम सकेर जान्छु : भुसाल 
ममता थापा
ममता थापा आइतबार, वैशाख १४, २०८२

काठमाडौं– गत चैत अन्तिम सातादेखि वैदेशिक रोजगार विभाग नेतृत्वविहीन छ । निवर्तमान महानिर्देशक सूर्यबहादुर खत्री मन्त्रालय तानिएपछि विभाग महानिर्देशकविहीन बनेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैत २१ गते विभागका महानिर्देशक र निर्देशकको सरुवा गर्ने निर्णय गरेको थियो । निर्वतमान महानिर्देशक खत्रीको स्थानमा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई पठाउने निर्णय भएको थियो । तर शुक्रबारसम्म भुसाल विभागमा हाजिर भएका छैनन् । अहिले विभागको सबै कामकारबाही उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले हेरिरहेका छन् । शिवाकोटी भर्खरै मात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विभागमा केही दिनमै महानिर्देशक हाजिर हुने जनाएका थिए । तर हप्तौ बित्दा पनि मन्त्रीको भनाइ पूरा भएको छैन ।महानिर्देशक नहुँदा विभागमा कर्मचारी अभिभावक नभएको महसुस गर्न थालेका छन् । कामकारबाही नरोकिएको तर अभिभावक भएजस्तो नहुने उनीहरुले बताएका छन् ।

Hardik health

‘अभिभावक नहुँदा कर्मचारीले आफूखुसी काम गर्ने हुन्छ । हामी उहाँको प्रतीक्षामा छौं । छिट्टै आउनुहुन्छ होला,’ एक कर्मचारीले भने । नेतृत्वको अभावमा विभागको कामकारबाही ठप्पै नभए पनि महानिर्देशकले गर्ने सबै काम उपमहानिर्देशकले गर्न नमिल्ने उनले बताए ।

‘उपमहानिर्देशकसँग अधिकार नै नहुने भन्ने त होइन । तर अलिअलि हुन्छ । निर्णायक काम त प्रभावित भइहाल्छ नि,’ उनको भनाइ थियो । सोमबार महानिर्देशक आउने सम्भावना रहेको ती कर्मचारी बताउँछन् । महानिर्देशक नभएदेखि कतिपय महŒवपूर्ण कामहरु अलपत्र परेको जनाइएको छ । कुनै पनि संस्थाको कारोबार रोक्का या फुकुवा गर्नेलगायत आर्थिक कारोबारको विषय, कर्मचारीको परिचालन, अन्य निकायसँगको सम्झौता, सम्पादित कार्यको अनुगमन गर्नेलगायत भएका सम्पूर्ण कार्यको निर्णायक भूमिका महानिर्देशकलाई दिइएको हुन्छ । उनको अनुपस्थितिमा महŒवपूर्ण निर्णय र कामकारबाही हुन पाएका छैनन् ।

विभागकाको महानिर्देशकको जिम्मेवारी तोकिएका भुसालले भने मन्त्रालयमा कतिपय कामकारबाही सम्पादन गर्न बाँकी भएकाले विभाग नगएको बताएका छन् । ‘यहाँ महाशाखामा मान्छे नआएर छोडेर हिँड्न मिल्ने अवस्था नभएको हो,’ उनले प्रभावसँग भने । मन्त्रालयका बाँकी कामहरु पनि सक्नुपर्ने भएकाले ती कामहरु पूरा गरेर यही हप्ताभित्र विभाग गइसक्ने भुसालले बताए । आफ्नो कारणले कुनै पनि काम नरोकिएको उनको तर्क छ । ‘सहसचिवसँग समन्वयमा नै काम भइरहेको छ । उहाँलाई फुल फेजमा अधिकार दिएका छौं,’ भुसालले भने । 

मन्त्रालयका दुई सहसचिवलाई विभागमा ल्याउने निर्णय भएसँगै निवर्तमान महानिर्देशक खत्री र निर्देशक गुरुदत्त सुवेदीलाई अन्यत्र सरुवा गरिएको थियो । खत्री मन्त्रालयमा तानिएका छन् भने सुवेदीलाई वैदेशिक रोजगार बोर्डको निर्देशकको जिम्मेवारी दिइएको छ । मन्त्रालयले गरेको जिम्मेवारी हेरफेरसँगै विभागमा उपमहानिर्देशकको पद थप गरिएको छ । 


 


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह शुक्रबार, जेठ १५, २०८३
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो शुक्रबार, जेठ १५, २०८३
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट शुक्रबार, जेठ १५, २०८३
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न शुक्रबार, जेठ १५, २०८३
चुनावमा जान संघलाई प्रशासनको अनुमति
चुनावमा जान संघलाई प्रशासनको अनुमति बिहीबार, जेठ १४, २०८३
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं'
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं' बिहीबार, जेठ १४, २०८३
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP