Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘भूठान’ले नेपाली चलचित्रलाई उकास्ने
‘भूठान’ले नेपाली चलचित्रलाई उकास्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १०, २०८२

काठमाडौं -  हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो ।

प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो । सिनेमा हेरिसकेपछि ‘भूठान’ले नेपाली चलचित्रलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने आफ्नो माटो गुमाउनुको पहिचान गुमाउनुको देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छ कुनै दिन मैले त्यसैगरी आफ्नो पहिचान गुमाउनु पर्‍यो भने के होला भन्ने असाध्यै गम्भीर प्रश्नले उसको हृदय कतिसम्म हल्लाउँछ कथाको विषयवस्तु अनुसारले हरिवंशजी लगायत कलाकारहरूले उत्कृष्ट अभिनयको प्रस्तुतिले र सुन्दर निर्देशकीय पाटोले भुठान एक उत्कृष्ट फिल्म बनेको छ। सबैलाई हेर्नको निम्ति म आग्रह गर्दछु।'

साम्बालाका निर्देशक मीनबहादुर भामले भने, ''मलाई चाहि यो फिल्म एकदमै रमाइलो लाग्यो। अनि यो फिल्मको कथावस्तु यस्तो मर्मस्पर्शी सँगै प्राविधिक पक्ष पनि एकदमै राम्रो छ। र यो फिल्मको कलाकारहरूको काम एकदमै राम्रो छ। मलाई यो फिल्म एकदमै मनपर्यो। र निर्देशकको काम पनि एकदमै मनपर्यो।''

Hardik health

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले भने, ''एकैचोटि यो फिल्मले चाहिँ धेरैको कथा बोल्छ भन्ने मलाई लाग्छ। देश छोडेर आफ्नो देशभन्दा बाहिर देश गुमाउनु परेकाहरूको पीडा भुटानी नागरिकहरूले जसरी बेहाेरेको छ ।  त्यस्तै दुनियाको कथा बोल्छ र अहिले भर्खरै पनि भुटानबाट नेपाल आएर नेपालबाट शरणार्थी जीवन बिताएर अमेरिका गएर बसेका मान्छेलाई अमेरिकाले डिपोट गर्दै गर्दाको भर्खरकै कथा हामीले केही दिन अगाडि पढेका पनि छौँ।''

''सबै परिचय खोसियो। फेरि भारतको बाटो हुँदै नेपाल आइपुगे नेपालमा पनि फेरि गिरफ्तारीमा पुगे त्यो उनीहरुले भोगिरहेको पीडा छ त्यो उनीहरूको पीडा फिल्ममार्फतबाट जीवन्त प्रस्तुत गर्ने प्रयास गरिएको छ। ''उनले निर्देशकलाई राम्रो निर्देशनको लागि बधाई दिए। क्यामरा चलाउनेदेखि लिएर डायलग लेख्नेदेखि अभिनय गर्नेदेखि सबैको प्रस्तुति साँच्चै नै अत्यन्तै राम्रो  रहेकाे उनकाे टिप्पणी रहेकाे छ।

एकदमै राम्रो फिल्म बनेकाे गायिका आनी छोइङ डोल्माले बताइन् । '' फिल्ममा यति धेरै कुरा छन् कि हाम्रा नेपालीहरूको जनमानसले यो फिल्मको स्वाद लिन सक्ला कि नसक्ला भन्ने मेरो चिन्ता छ यसको स्वाद लिन जान्यो भने यो फिल्मले धेरै कुराहरू प्रस्तुत गरेको छ  '' उनले भनिन् ,''अब हेर्ने मान्छेहरूको आफ्नो आफ्नो दृष्टिकोण मा भर पर्छ। कुन चाहिँ कुरा सिक्ने भन्नेमा  । म एक धर्मकर्ममा समावेश भएको हिसाबले चाहिँ कुनै पनि धर्मले विभाजन चाहिँ ल्याउनु हुँदैन मानवीय संवेदनालाई समग्र प्राथमिकता राख्नुपर्छ सिक पाइने अरु त अब फिल्मको कथा व्यथा यस्तै हो।'' पहिलोचोटि हरिवंशला  फरक चरित्रमा हेर्न पाउँदा  एउटा साँच्चिकै रियल एक्टरको दर्शन चाहिँ यो मुभीबाट पाएकाे उनले बताइन् । 

अभिनेत्री मनिषा कोइरालाले भनिन् , 'चलचित्र असाध्यै मनपर्यो र अब कनटन्टवाइज हेर्यो भने असाध्यै राम्रो चलचित्र बनेको छ । मेरो विचारमा टेक्निकल्ली सिनेमाटोग्राफी स्टोरी लाइन डायलग डायलग पनि पोएट्री जस्तो छ। पेनफुल पोएट्री छ तर पोएट्री छ यो एकदमै राम्रो छ।'

यो चलचित्र अरुभन्दा केही फरक र गहिरो रूपमा बुझ्दाखेरि अन्तिम अवस्थामा के हुन्छ भन्ने कुरा  नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेलले बुझेकाे बताए । यस्तै क्रिकेटर सोमपाल कामीले भने,'चलचित्र हेर्दा एकदमै रमाइलो लाग्यो ।  सबै रुपमा हेर्दाखेरि भावुकता झल्काउने कथा थियो तर मलाई एकदमै मनपर्यो र मलाई विश्वास छ यो मुभीले एकदमै राम्रो काम गर्छ।' उनका अनुसार अझै यस्तै यस्तै फिल्महरू आएमा नेपाली सिनेमाले अझै धेरै माया पाउने छ । 

निर्देशक एवम् अभिनेता निश्चल बस्नेतले  यो चलचित्र एकदमै मनपरेकाे बताए । उनले भने ,'साम्बालाई हेरिसकेपछि पछाडि आज भुटान हेरिरहँदा एउटा अनुभव आएको थियो कि एउटा क्रिएटरले चाहिँ कसरी आफूलाई लागेको कुरा एकदमै हतार नगरिकन सबैजनाले जोडेर मजाले चाहिँ प्ले गरेकाे  छ, मलाई उत्सुकता लागेको पार्ट पनि त्यही थियो र पर्फमेन्स पनि सबै एकदमै राम्रो रोल देखिएकाे छ।'

अडियन्सहरुलाई हुन्छ नि जसरी तिमीलाई बुझ्न मन लाग्छ बुझ भन्ने एकदमै सुन्दर फिल्म बनेको अभिनेत्री स्वस्तिमा खड्काले बताइन् । यो फिल्म हेर्न पाउँदा मलाई धेरै धेरै खुसी लाग्यो। हरिवंश आचार्यको फरक अवतार हेर्दा मलाई एकदमै मज्जा लागेकाे वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले बताए । अझै भुटानी नागरिकहरुले त आफ्नो कथा सम्झिँदै रुँदै हेर्छन् होला भन्ने लाग्छ मलाई त्यहाँको सरकारले कसरी लिन्छ , मानवताको मन पग्लिन्छ कि पग्लिँदैन त्यो हेर्न बाँकी रहेकाे उनले बताए  । 

उनले भने ,'हामीबाट हरिवंश र मदनकृष्णबाट दर्शकले हाँसो खोज्दथे तर यसमा हाँसो केही पनि छैन। हँसाइराखेको मान्छेले सुरुदेखि नै गम्भीरता प्रस्तुत गरेको राम्रो छ र सबैजनालाई धेरै धेरै बधाई छ। '

विनोद पौडेलले निर्देशन गरेको ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो ।अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र यही वैशाख १२ गते रिलिज हुँदैछ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् ।

अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP