Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • कुवेतसँग ३ रनले पराजित
कुवेतसँग ३ रनले पराजित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३१, २०८१

काठमाडौं- बसिर अहमदले करियरकै सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि खेल फिनिसिङ गर्न नसक्दा नेपाल नेपाल हङकङ टी२०आई सिरिजमा उपविजेतामा सीमित भएको छ ।हङकङ मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा आइतबार भएको फाइनलमा नेपाल कुवेतसँग ३ रनको झिनो अन्तरले पराजित भएको हो ।

कुवतेले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भयो । नेपालले लिग चरणमा कुवेत विरुद्ध टी२०आई कै ठूलो लक्ष्य पछ्याएर जित हात पारेको थियो । तर फाइनलमा भने कुवेतले ेनपाल विरुद्ध बदला लियो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो । कुवेतका अनुदिन चिन्थामारा बलिङ रग्न आएका थिए । पहिलो बलमै उनले नो बल फाले जसमा बसिरले छक्का हानेका थिए । त्यसपछि नेपाललाई ६ बलमा ४ रन आवश्यक थियो । तर उनले लगातार दुई बल डट खेलेपछि तेस्रो बलमा आफैँ क्याच भएपछि नेपाललाई जिताउने अवसर गुमाए ।

बसिरले ४३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ८० रन बनाए । यस्तै नन्दनले १४ बलमा २ चौका र ४ छक्का मदतमा ३७ रन योगदान गरे । ओपनर बसिफ शेखले २१ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।ब्याटिङमा अराब सुरुवात गरेको ९२ रनमै ८ विकेट गुमाइसकेको थियो ।

Hardik health

तर बसिर र नन्दन यादवले नवौँ विकेटका लागि कीर्तिमानी ७२ रनको साझेदारी गर्दै नेपालको आशा कायम राखेका थिए । टी२०आईमा नवौँ विकेटका लागि नेपालको यो अहिेसम्मकै उच्च साझेदारी हो भने पाँचौ उच्च साझेदारी हो । बेल्जियमका साबेर जाखिल र सक्लाइन अलीले सन् २०२१ मा अष्ट्रिया विरुद्ध नवौँ विकेटका लागि अविजित १३२ रनको साझेदारी गरेका थिए ।

नेपालका ब्याटरहरुको लज्जादपद प्रदर्शनलाई छोप्दै बसिरले आक्रमक इनिङ्स खेलेका थिए । उनलाई नन्दन यादवले पनि गतिलो साथ दिँदा नेपालले अप्रत्यासित जित निकाल्ने सम्भावना बढेको थियो । तर नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।

अन्तिममा फिनिसिङमा चुक्दा नेपालले उपाधि जित्ने राम्रो अवसर गुमायो ।कुवेतले ब्याटिङ र बलिङ दुवैमा सानदार सुरुवात गरेको थियो । नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गरेपनि कुवेतले राम्रो लक्ष्य दिन सफल भएको थियो ।ब्याटिङमा खराब सुरुवात गरेको नेपालले पछि पुनरागमन पनि गरेको थियो तर पिनसिङमा चुक्यो ।

नेपाललाई जितबाट रोक्न कुवेतका लागि बलिङमा कुवेतका लागि अनुदिपले सर्वाधिक ३ विकेट लिए । यस्तै यासिन पटेल र नभिनराज राजेन्द्रनले समान २ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो ।कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरेपछि स्कोरमा रोकियो । पावर प्लेमै ७१/१ रन बनाएको कुवेतले ९ ओभरमा १००/२ रन बनाएको थियो ।

नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । यसअघि १९औं एसियन गेम्समा भारतले नेपाल विरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो ।कुवेतको आक्रमक सुरुवात गर्दै २०० रनमाथि स्कोर गर्ने संकेत गरेको थियो । तर नेपाली बलहरुले पुनरागमन गरेपछि कुवेतले अन्तिम ११ ओभरमा ७४ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले ३६ बल खेल्दै ६ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे । मिट भवसारले ८ बलमा १६ रन बनाए । नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
बुढासुब्बा गोल्डकप आजदेखि सुरु, धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा
बुढासुब्बा गोल्डकप आजदेखि सुरु, धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा बिहीबार, माघ २२, २०८२
साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित
साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित बुधबार, माघ २१, २०८२
नेपालले आइसिसी टी–२० अन्तिम अभ्यास क्यानडासँग खेल्ने
नेपालले आइसिसी टी–२० अन्तिम अभ्यास क्यानडासँग खेल्ने बुधबार, माघ २१, २०८२
साफ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै
साफ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै बुधबार, माघ २१, २०८२
धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै
धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै बुधबार, माघ २१, २०८२
साफ यु-२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
साफ यु-२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक मंगलबार, माघ २०, २०८२
कोशी पाथीभरा इण्डो नेपाल टी-२० च्याम्पियनसीपको तयारी पूरा
कोशी पाथीभरा इण्डो नेपाल टी-२० च्याम्पियनसीपको तयारी पूरा मंगलबार, माघ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP