काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ।
लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।
उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ। खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक-एक अंक बाँडेका छन्।
क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपराह्न ४:३० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ।
यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।